ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रातिको २ बजे कुवाको पानी खोज्दै स्थानीय


एबीसी न्यूज

पाल्पा, १८ वैशाख । पाल्पाको रामपुर नगरपालिका दर्छाका वडा नं ३ र ४ का माथिल्लो भेगका स्थानीयवासी वर्षौंदेखि चरम खानेपानीको समस्यामा छन् तर अहिलेसम्म उनीहरुको गुनासो सुनिदिने कुनै निकाय छैन ।  स्थानीयवासीले रातिको २ बजे नै उठेर कुवाको पानी खोजेर जीविका चलाउन बाध्य छन् ।

गाउँमा रहेको एक मात्र धबादी कुवाबाट मौलाथर, बाँभmोबारी, टुभाक, पुरनथर लगायतका २०० एक घरपरिवारका स्थानीयवासीले निकै कष्टसँग खानेपानी उपभोग गर्दै आइरहेको वडा नं ४ का वडासदस्य तीर्थबहादुर रानाले बताउनुभयो ।

उहाँ आफैँ पनि खानेपानीको लागि गाउँगाउँमा पुगेर कुवामा पानी खोजेर जीविका चलाउँदै आउनुभएको छ । नगरपालिकामा खानेपानी समस्याका विषयमा कुरा उठाए पनि अहिलेसम्म यस सम्बन्धमा सुनुवाइ हुन नसकेको उहाँको गुनासो छ ।

“नगरपालिकामा खानेपानीको समस्या समाधानबारे जानकारी गराउँदा सानो रकमले अपुग हुने भन्दै यसको वैकल्पिक व्यवस्थाका लागि केन्द्रबाट बजेट माग गर्ने भनेर आश्वासन दिइएको छ, यहाँका स्थानीयवासी भने खानेपानीले तड्पिरहेका छन्” उहाँले भन्नुभयो ।

गाउँमा बिजुलीको सुविधा पुगेको छ, लिफ्टिङ गरेर पानीको व्यवस्था गर्न सकिन्छ तर यस विषयमा जनप्रतिनिधि भने मौन रहेको स्थानीयवासी रामबहादुर राना बताउनुहुन्छ ।

एक गाग्री पानीकै लागि दुईदेखि तीन घण्टाको समय बिताउनुपर्छ । खानेपानीको हाहाकारले घरायसी कामकाजमा निकै समस्या झेल्नु परेको मिट्ठु मल्लको भनाइ छ । बिहान उज्यालो नहँुदै कुवा वरिपरि पानी खोज्नेको ठूलो ताँती देखिन्छ । पानीको समस्याले एक अर्काबीच गाउँमा छिमेकीबीच झैझगडा समेत हुने गरेको रामपुर नगरपालिका–३, गैलुकका दुर्गाबहादुर मल्ल बताउनुुहुन्छ ।

निर्वाचनमा भोट माग्न गाउँगाउँमा पुगेका दलका नेताले भोट देऊ खानेपानी ल्याइदिन्छु भनेर ठूलो आश्वासन दिएका थिए । हरेक वर्ष यहाँका स्थानीयवासीले नेता कार्यकर्तासँग सधैँ खानेपानीको जोहो गर्न माग गरे पनि अहिलेसम्म कहीँकतैबाट राहत पाउन सकिरहेका छैनन् ।

चुनाव आउँदैपिच्छे खानेपानीको एजेण्डा पहिलो प्राथमिकतामा राखेर गाउँगाउँमा पुगेका राजनीतिक दलका नेता कार्यकर्ता विजय हासिल गरेपछि गाउँमा फर्कँदैनन् । अहिले स्थानीय सरकार जनप्रतिनिधिको हातमा छ तर यहाँका जनताले भने खानेपानीको केही राहत नपाउँदा आक्रोशित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com