ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशसभा सदस्यद्वारा प्रदेश सरकारको आलोचना


एबीसी न्यूज
बैशाख १३, २०७५ बिहीबार  ६ : ५४ बजे

 

 

धनुषा, १३ वैशाख । प्रदेश नं २ को बुधबार बसेको प्रदेशसभा बैठकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाबारे व्यवस्था गर्न लागेको विधेयक र प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिकोे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरियो ।

मुख्यमन्त्रीका तर्फबाट स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाबारे व्यवस्था गर्न लागेको विधेयक र कानूनमन्त्रीको तर्फबाट प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिकोे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भूमि, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र यादवले बैठकमा पेश गर्नुभयो ।

बैठकमा बोल्ने अधिकांश सदस्यले प्रदेश सरकार गठन भएको दुई महिना बितिसक्दा पनि कुनै ठोस काम गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले यस प्रदेशमा रेल्वे र छ लेनको सडक निर्माण भइरहेकामा अनुगमन अभावमा ढिलासुस्ती र गुणस्तरहीन काम भइरहेकाले विकास निर्माणको कामको अनुगमन गर्न अविलम्ब अनुगमन समिति निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य प्रह्लाद गिरीले पनि सरकारको कामप्रति असन्तुष्टि व्यक्त गर्दै यो प्रदेश अभिभावकविहीन जस्तो लागिरहेको बताउनुभयो । उहाँले निजगढमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा वन फँडानी गरेर काठ काठमाडौँ लगिरहेकामा प्रदेश सरकारलाई ध्यानाकर्षण गराउनुभयो । यस प्रदेशको काठ यहीँको हुनुपर्ने उहाँको कथन रहेको थियो ।

प्रदेशसभा सदस्य रवीन्द्र बैठाले मंगलबार प्रस्तुत गरिएको बजेटमा छुवाछूत प्रथाको अन्त्य गर्न प्रदेश सरकारले योजना नसमेटेको भन्दै उहाँले छुवाछूत अन्त्यका लागि जनचेतना अभियान चलाउन र कडा कानूनको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गर्नुभयो ।

सदस्य पारस साह र दिलीप साहले चुरे संरक्षण गर्न सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिँदै चुरे संरक्षण गर्न नसके मधेशका उब्जाउ जमिन मरुभूमिमा परिणत हुने बताउनुभयो । उहाँँहरुले चुरे अतिक्रमणका कारण ४६ हजार हेक्टरको वन हाल २६ हजार हेक्टरमा सीमित बनेको बताउनुभयो ।

अनिता यादवले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानको प्रशंसा गर्दै दहेज प्रथा अन्त्य नभएसम्म अभियान सफल नहुने तर्क गर्नुभयो । सुरेश मण्डलले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानसँगै विद्यालय भर्ना अभियान पनि सफल बनाउन जरुरी भएको बताउनुभयो । प्रदेशसभाको अर्को बैठक आज अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

भ्रष्टाचार मुद्दाबाट जोगिन अन्डरवर्ल्डदेखि तान्त्रिकसम्म प्रयोग गरेको आरोप

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com