ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकाबाट ५१ मेट्रिक टन फोहर व्यवस्थापन


एबीसी न्यूज

 

काठमाडौँ, ८ वैशाख।  उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ५१ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

वाग्मती सफाइ महाअभियानको २५८ औँ हप्तामा आज बानेश्वर क्याम्पस अघिको नदी क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाइलगायत संस्थाका गरी ५०० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

रोयल सहकारीले आफ्नो २१ औँ वार्षिकोत्सव वाग्मती सफाइ गरेरै मनाएको छ । ठकुरी समाजका पदाधिकारी एवं सदस्य पनि सफाइमा सक्रिय रुपमा सहभागी हुनुभएको थियो । सफाइमा नायिका एवं वाग्मती सफाइ दूत मनिषा कोइराला, अधिकार सम्पन्न वाग्मतीका अध्यक्ष नरेन्द्रराज बस्नेत, डा प्रज्ज्वलमान श्रेष्ठलगायत अभियन्ता सक्रिय हुनुहुन्थ्यो ।

वाग्मती सफाइमा ब्लु क्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह पनि परिचालन गर्दै आएको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २१९ औँ हप्ताको कार्यक्रम मुहान अर्थात् सुन्दरीजलदेखि नै शुरु भएको छ । सुन्दरीजल क्षेत्रमा कुहिने फोहर, नकुहिने र पुनःप्रयोग हुनसक्ने चीजबीजलाई छुट्याएर राखिएको सफाइ अभियन्ता उत्तम पुडासैनीले जानकारी दिनुभयो । पुनःप्रयोग हुने चीजबीज यससम्बन्धी काम गर्नेलाई निःशुल्क दिइने उहाँले बताउनुभयो ।
सफाइमा पुडासैनी मैत्री समाज, ‘राम्रो जोरपाटी, हाम्रो जोरपाटी’ लगायत स्थानीयवासी गरेर १०० भन्दा बढीको सहभागिता थियो । सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । गुह्येश्वरीमाथिको सफाइ अभियान गोकर्णेश्वर महादेव मन्दिरमाथिको भागमा सफा गर्न गएको यो पहिलो पटक हो ।

रुद्रमती सफाइको २१३ औँ हप्तामा रातोपुलबाट कमलपोखरीसम्म जनचेतनामूलक सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रुद्रमती सरोकार समाज, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायतको संस्थागत सहभागिता थियो । सफाइमा २०० भन्दा बढी अभियन्ता सक्रिय थिए ।

तिलगंगा खण्डको वाग्मती सफाइको १६१ औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सो अवसरमा घर घरमा गएर जनचेतनामूलक अभियान समेत गरिएको थियो ।

विष्णुमती सफाइ अभियानको १८५ औँ हप्तामा टोखा र तारकेश्वर नगरपालिकाको सीमास्थित मनमैँजु पुल क्षेत्र सफाइ गरियो । आजको सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता अनिल धरेलले बताउनुभयो ।
सफाइमा १२० भन्दा बढी अभियन्ताको सहभागिता थियो । कार्यक्रममा अभियन्तालाई ज्याकेट पनि वितरण गरियो ।

मनोहरा सफाइको ५७ औँ हप्तामा महानगरपालिका–३२ स्थित जडीबुटी पुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता चन्द्र दंगालले सुनाउनुभयो ।

चक्रपथ सफाइको ५४ औँ हप्तामा आज गौशालाबाट तिलगंगासम्म सफाइ गरियो । सफाइमा क्रममा सडक र सार्वजनिक जग्गा मिचेर बनाइएका ५० भन्दा बढी टहरा भत्काइयो ।
चक्रपथ सफाइमा द्वन्द्वमा परी घाइते र अपांग भएका उपस्थित भई सिटी बजाउने र मास्क वितरण गर्न सहयोग गरेको सफाइ संयोजक लोकबहादुर टण्डनले बताउनुभयो । सहभागीलाई पूर्व स्वास्थ्यमन्त्री एवं सांसद गगनकुमार थापाले सम्मान गर्नुभयो ।

सफाइमा महिलाको सहभागिता उल्लेख्य रहेको अभियन्ता सिर्जना रुपाखेतीले बताउनुभयो । चक्रपथ सफाइबाट १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको जनाइएको छ । काठमाडौँ महानगरपालिका–३१ स्थित आलोकनगर सफाइको ५४ औँ हप्तामा मातृशक्ति सफाइ समूहले डष्टबिन व्यवस्थापन, गाँजाको बोट उखल्नेलगायत सफाइ अभियान सञ्चालन ग¥यो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक प्रमिला पौडेलले राससलाई जानकारी दिनुभयो ।
चक्रपथ बाफल खण्ड सफाइको ३६ औँ हप्तामा स्यूचाटार पुलबाट सोल्टीमोडसम्म सफाइ गरी १५मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा मिस नेवा इञ्जिनियर जुनु तोयना लगायत ३०० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले सुनाउनुभयो ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हालसम्म देशका ४५ भन्दा बढी स्थानमा सफाइ अभियान शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्ध – भारतका वातावरण मन्त्री यादव

राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमण सम्पन्न, भव्य स्वागत र अर्बौं डलरका व्यापारिक सम्झौतामा हस्ताक्षर

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्ध – भारतका वातावरण मन्त्री यादव

राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमण सम्पन्न, भव्य स्वागत र अर्बौं डलरका व्यापारिक सम्झौतामा हस्ताक्षर

काठमाडौंमा तीव्र गतिको हावाहुरी, जनजीवन प्रभावितः तीन जनाको मृत्यु

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमै बिजुली गएपछि

जलवायु संकट न्यूनीकरणमा योगदान दिन प्रतिबद्ध छौँ- भारतीय वनमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com