बाजुरा ७ बैशाख । कर्णाली नदिमा एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुरा जिल्ला हिमाली गाउपालिका– ४ का २१ वर्षिया बिस्नु कार्कीको नदिमा पानी खान गएका उनको मृत्यु नदिमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृतक कार्की बाजुराको कवाडीबाट ५ किलोमीटर टाढा हुम्लाको बलाडी भन्ने ठाउमा बिहिवार सडक खन्न गएका थिए ।
उनको मृत्युपछि अहिले १९ वर्षिय श्रीमती र ८ महिनाको नाबालक छोर रहेका छन्। मृतक काकीको पोष्टमाटमका लागी जिल्ला स्वास्थ्यकार्यालय कोल्टीमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्