ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाइलटलाई उडानको क्रममा फोटो खिच्न निषेध


एबीसी न्यूज


काठमाडौं, ७ वैशाख । पछिल्लो समयमा नेपाल एयरलाइन्सको एयरबस उडाउने पाइलटले यात्रु उडानमा रहेका बेलामा खिचेका सेल्फी तस्बिर सामाजिक आउन थालेपछि उनिहरुलाई सचेत गराएको छ । फलाइट डेकमा युनिफर्ममा रहेका पाइलट तथा पाइलट र उडानकर्मीहरूसँग यात्रुले जहाजभित्र मात्र नभई हवाई सुरक्षाका हिसाबले संवेदनशील मानिने ककपिटमै पुगेर खिचेका तस्बिर फेसबुकलगायत सामाजिक सञ्जालमा अत्याधिक देखिन थालेपछि नागरिक उड्डयन प्राधिकरण यो विषयमा गम्भीर भएको हो । प्राधिकरणभित्रको नियमनकारी निकाय फ्लाइट सेफटी स्टयान्डर्ड विभाग नेपालमा दर्ता भएका सबै २१ वटा हेलिकप्टर तथा वायुसेवा कम्पनीलाई फोटोग्राफीबारे सचेत गराएको हो।

त्यसैगरी नेपालभित्रका हिमाली तथा पहाडी विमानस्थलमा बादल लागेको अवस्थामा विमान उडाउने नियम छैन। उपकरणको सहायतामा हुने (आईएफआर) उडान नियम दुर्गम भेगमा हुँदैनन्। स्पष्ट देखिने अवस्थामा हेरेर मात्रै उडान (भीएफआर फ्लाइट) भर्नुपर्छ। कतिपय पाइलटले ती रुटमा निकैबेर बादलभित्र जहाज उडाउने गर्छन्। यो पनि कानुन विपरीत हो। वायुयान तथा पाइलटको अनुमतिपत्र नियमन गर्ने यस निकायले ‘कुनै पनि प्रकारका नागरिक उडानमा फोटोग्राफी नगर्न’ सचेत गरेको हो। विभागका उपनिर्देशक दीपककुमार लामाद्वारा जारी गरिएको परिपत्र २१ वटै हवाई सेवा कम्पनीभित्र चालकदलको कार्यतालिका हेर्न अपरेसन (सञ्चालन विभाग) तोकेरै पठाइएको छ। ‘सम्बन्धित सबै उडानकर्मीलाई कुनै पनि उडान अवस्थामा फोटोग्राफीमा लिप्त नहुन गम्भीरतापूर्वक सचेत गराइएको छ,’ परिपत्रमा लेखिएको छ।

प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार यस्ता गतिविधिले उडान र हवाई सुरक्षामा असर पर्न सक्ने भएकाले सचेत गराइएको हो। ‘नियमनकारी निकायको परिपत्र उल्लंघन गरिए चालक र अन्य उडानकर्मीलाई जरिवानासमेत ग्राउन्डेड निश्चित समयका लागि उडानमा रोकसम्म गर्नेछौं,’ नागरिक उड्डयन सुरक्षा नियमन निर्देशनालय प्रमुख पोखरेलले भने।

उडिरहेको जहाजमा शौचालय जाँदै गरेका फलाइट डेकका पाइलटले यात्रुसँग फोटोग्राफी गर्दा कमजोर मनोबल भएका यात्रुमा असर पर्छ। ‘यस्ता गतिविधिले उड्डयनसम्बन्धी जानकारी नभएका, पहिलोपटक उडान अनुभव बटुलिरहेका यात्रुको मनोबल कमजोर बन्न सक्छ,’ प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘कतिपय यात्रु आत्तिन सक्छन् भने कतिपयले सहज महसुस नगर्न सक्छन्। यो उडान सुरक्षाका लागि राम्रो होइन।’ त्यसैगरी नेपालबाहिर हुने अन्तर्राष्ट्रिय रुटमा अर्को डयुटीका लागि यात्रुसँगै सिटमा बसेर उडान भरिरहेका पाइलट तथा क्याबिन क्रुले पनि फोटोग्राफी गर्दा कपितय यात्रु त्रसित हुने, आत्तिने गरेको गुनासो आउने गरेको विभागका एक अधिकारीले बताए।

‘हाम्रो वेबपेजमार्फत थुप्रैले स्वतस्फूर्त इमेल उजुरीरगुनासो गरिरहेका हुन्छन्। हामी सम्बन्धितलाई कारबाही पनि गरिरहेका हुन्छौं। तर, यस्ता कारबाहीमा संलग्नलाई सार्वजनिक गर्न मिल्दैन र गर्दैनौं पनि,’ उपमहानिर्देशक पोखरेलले भने। प्राधिकरणमा यस्ता गतिविधिबारे त्यही विमानमा रहेका कुनै पनि एक पाइलट, एयरहोस्टेस, इन्जिनियर, यात्रु, एयर ट्राफिक कन्ट्रोलर ९एटीसी० वा अन्य विमान कम्पनीले गोप्य जानकारी दिन्छन्। यस्ता घटनाको प्राधिकरणले आन्तरिक रूपमै छानबिन गरी कारबाही गर्छ। तर, कारबाही हुने र उजुरी गर्नेको नाम सार्वजनिक गर्दैन। यसबारे नियमावली नै रहेको छ। अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) तथा युरोपियन युनियन (ईयू) लगायतलाई बेलाबेला के कसरी कारबाही गरियो भनेर प्राधिकरणले जानकारी पनि गराउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com