ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनकपुरमा जानकी नवमीको भव्य तयारी


abc

 

धनुषा, ६ वैशाख ।  त्रेतायुगमा आदर्शनारी भगवती सीताको जन्म भएको संस्मरणमा जनकपुरमा जानकी जयन्ती अर्थात् जानकी नवमी विशेष रुपमा मनाउन तयारी थालिएको छ ।

जानकी नवमीको १४ दिने महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि जनकपुर आउने कार्यक्रम रहेको बताइएको छ । जानकी नवमीका अवसरमा यस वर्ष जनकपुरमा विशेष कार्यक्रम गरिने भएको छ । यही वैशाख ३ देखि १६ गतेसम्म जानकी मन्दिरको आयोजनामा जानकी नवमी मनाइने तयारी भइरहेको छ । जानकी नवमीका अवसरमा अतिथिलाई स्वागत, दूधमती नदीमा शाही स्नान, शोभा यात्रा, बधाई, झाँकी प्रदर्शनलगायतका कार्यक्रम तय गरिएको छ जसअनुसार वैशाख १० गते रामायण मेला र रामायण सत्रको उद्घाटन तथा ११ गते दूधमती नदीमा शाही स्नानको कार्यक्रम तय भएको छ ।

जनकपुरसहित मिथिलाञ्चल सीताको जन्मभूमि रहेकाले यहाँ ‘जानकी नवमी’ धुमधामका साथ मनाउने परम्परा छ । ‘जानकी नवमी’का अवसरमा मिथिलाञ्चलमा दीपावलीसमेत गर्ने गरिन्छ भने मैथिली भाषा अनुयायी यस दिनलाई मैथिली दिवसका रुपमा समेत मनाउने गर्दछन् । जानकी नवमी मनाउने तयारीस्वरुप विभिन्न निकायसँग समन्वयका लागि जानकी मन्दिरमा बैठक सम्पन्न भएका छन् । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार रामायण मेलामा राष्ट्रपति भण्डारीलाई सरिक हुन विशेष आमन्त्रण गरिएको छ । महन्थ दासले भन्नुभयो, “जानकी नवमीको मुख्य दिन अतिथिका रूपमा राष्ट्रपतिलाई निमन्त्रणा गरेको छौँ । जानकी मन्दिरको मुख्य कार्यक्रम जानकी नवमी हो । यसमा नेपाल र भारतका हजाराँै पर्यटक सहभागी हुनेछन् ।”

उहाँले नेपालमा सीताको जन्म भएको अवसरलाई मुख्य प्राथमिकतामा राखेर पर्यटक भित्र्याउन जानकी नवमी मनाउने तयारी गरिएको बताउनुभयो । यस महोत्सवलाई सफल बनाउन जनकपुर उपमहानगरपालिकाले शौचालयको व्यवस्था तथा नगर सरसफाइ गर्नुपर्ने, विद्युत् प्राधिकरणले उत्सव अवधिमा सकभर विद्युत्भार कटौती नहुने गरी व्यवस्था मिलाउनुपर्ने, जिल्ला समन्वय समितिले जानकी मन्दिर क्षेत्र सजाउने, खानेपानी तथा सरसफाइ कार्यालयले अस्थायी खानेपानीको व्यवस्था मिलाउने र हुलाकी सडक कार्यालयले जनकपुर–भिठामोड तथा नगरपालिकाले नगरभित्रको सडक व्यवस्थित गर्नेलगायत जिम्मेवारीसमेत तोकिएको छ । सीताको जन्मोत्सवमा मनाउन जानकी मन्दिरलाई नव दुलही झैँ सिँगारिएको छ । मन्दिरको बाहिरी र भित्री परिसरमा पन्डालको निर्माण गरिएको छ जहाँ धार्मिक प्रवचन र पूजापाठको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उमेर समूहका आधारमा निर्वाचित जनप्रतिनिधिको सङ्ख्या यस्तो छ

काठमाडौं, ९ जेठ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा हालसम्म निर्वाचित जनप्रतिनिधिहरू सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन् । निर्वाचन

मेयरमा रेनु र उपमेयरमा चित्रसेनको जित सुनिश्चित

चितवन ९ जेठ । भरतपुर महानगरपालिकामा ११ हजार १७३ मत गन्न बाँकी रहँदा नै मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदेवार रहेका रेनु दाहाल र

जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

काठमाडौं, ९ जेठ । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुडी विजयी भएका छन् ।घण्टाघर चुनाव चिह्नबाट निर्वाचन लडेका साहले १३४६५ मत पाए

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

उमेर समूहका आधारमा निर्वाचित जनप्रतिनिधिको सङ्ख्या यस्तो छ

मेयरमा रेनु र उपमेयरमा चित्रसेनको जित सुनिश्चित

नबिल बैँकको सीईओमा ज्ञानेन्द्र ढुंगाना

जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

२२ सयमा झर्‍यो सेयर बजार

स्थानीय तह निर्वाचन गठबन्धनलाई अगाडि बढाउने मजबुत आधार बन्यो : प्रवक्ता महत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...