काठमाडौं, ६ बैशाख– हिंसात्मक द्धन्द्धमा फसेको सिरियामा रहेका नेपाली महिला घरेलु कामदार (हाउसमेड) ले स्वदेश फर्कन अनिच्छा देखाएका छन् ।
सिरिया मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासका खोजी क्रममा सम्पर्कमा आएका उनीहरुले तत्काल स्वदेश फर्कन नचाहेका हुन् ।
सिरियाली द्वन्द्व हिंसात्मक बन्न थालेपछि परिवारजनको अनुरोधमा उनीहरुको उद्धार गर्न कन्सुलर विभागले इजिप्टस्थित नेपाली दूतावासलाई २० जनाको विवरणसहित नामावली पठाएको थियो । ‘उद्धार गर्न भनिएका महिलालाई सम्पर्क गरेका थियौं तर उनीहरुले आफूलाई समस्या नभएको भन्दै फर्किन मन गरेनन्’, दूतावासका प्रवक्ता सुजन बिडारीले भने, ‘उनीहरु अफ्नो काममा खुसी देखिन्छन् ।’
प्रतिक्रिया दिनुहोस्