रुपन्देही, ६ वैशाख । प्रदेश नम्बर पाँचमा मुख्यमन्त्रीको तलब ६० हजार ९७० प्रस्ताव गरिएको छ । त्यस्तै, मन्त्रीको तलब ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार प्रस्ताव गरिएको छ ।
त्यसैगरी प्रदेशका सभामुखका लागि ५३ हजार उपसभामुखको ५० हजार र सचेतकको ४८ हजार तलब प्रस्ताव गरिएको छ । प्रदेशसभा सदस्यहरुको तलब ४५ हजार प्रस्ताव भएको छ । मन्त्रिपरिषदबाट स्वीकृत भएको प्रदेश सभाका पदाधिकारी र सदस्यहरुको पारिश्रमिक तय गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भएपछि लागू हुने छ।
प्रतिक्रिया दिनुहोस्