ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एचआइभी परीक्षण गर्नै मान्दैनन् सर्वसाधारण


एबीसी न्यूज

तेह्रथुम, ५ वैशाख।  जिल्लाका सर्वसाधारण आफूलाई एचआइभी रहे–नरहेको परीक्षण गर्नै नमान्ने गरेका चिकित्सकले बताएका छन् ।

जिल्ला अस्पतालसहित अन्य स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांशले एचआइभी परीक्षण गर्नु पूर्व जानकारी दिँदा परीक्षण गर्नै नमान्ने गरेका हुन् । जिल्लाभित्र ल्याब सेवा रहेको जिल्ला अस्पतालसहित वसन्तपुर र सक्रान्ति प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी परीक्षण गर्ने सुविधा छ ।

त्यसबाहेक हालैमात्र जिल्ला जनस्वास्थ्य कार्यालयको निर्देशनबमोजिम सबै स्वास्थ्य संस्थामा एचआइभी भए–नभएको परीक्षण गर्न गर्न थालेपनि जिल्लाका स्वास्थ्य संस्थामा आउने बिरामीले परीक्षण गर्नै नमान्ने गरेका जिल्ला जनस्वास्थ्य प्रमुख डा मुक्तिनारायण शाहले बताउनुभयो । “एचआइभी भन्ने सुन्नासाथ नकारात्मक सोच जन्मिएर होला, कसैले पनि परीक्षण गर्न मान्दैनन् ।” उहाँले भन्नुभयो, लाज, डर र त्रासका कारण परीक्षण गराउन नमान्ने गरेका होलान । ”

जिल्लामा गर्भवती महिलाको भने अनिवार्य एचआइभी परीक्षण हुने गरेको छ । अन्य व्यक्तिमा भने शंका लागेमामात्र परीक्षण गर्ने गरिएको छ । कार्यालयले हालै शुरु गरेको सेवाबाट विशेषगरी गर्भवती महिलामा एचआइभी भाइरस पोजेटिभ रहे÷नरहेको प्रारम्भिक जानकारी हुनेछ । सो सुविधा जिल्ला अस्पतालसहित ३२ वटै स्वास्थ्य चौकीमा शुरु भएको डा शाहले बताउनुभयो । जिल्ला अस्पतालको ल्याबमा हरेक दिन सयौँ बिरामी आउँछन् । धेरैजना बिरामीको रगत परीक्षण भइरहेको हुन्छ तर ती बिरामीको रगत परीक्षण गर्दा एचआइभी परीक्षण गर्न सुझाव दिए परीक्षण नै गर्न नमान्ने गरेका कार्यालयका सूचना अधिकारी लभरेञ्ज शाहले बताउनुभयो । एचआइभीको भाइरसले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा क्रमशः ह्रास ल्याउँदै मृत्युसम्म पु¥याउन सक्छ । यसको संक्रमणबाट जीवनभर मुक्त हुन सकिँदैन तर प्रारम्भिक अवस्थामै रोग पत्ता लगाई रोकथामका उपाय अपनाउन सके केही समयसम्म सहजै बाँच्न सकिने स्वास्थ्यकर्मी बताउँछन् । यो भाइरसबारे सर्वसाधारणमा चेतना नभएका कारण यस्तो भएको जिल्ला जनस्वास्थ्य प्रमुख डा शाहले बताउनुभयो ।
यो रोगबारे चेतना वृद्धि गर्न सरकारले वर्षेनी करोडौँ रुपैयाँ लगानी गरिरहे पनि त्यो लगानी नागरिकको तहसम्म पुग्न सकेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३÷७४ मा ४६४ जनाले एचआइभी परीक्षण गराएका छन् ।

यो संख्या आव २०७२–७३ मा १०९ मात्रै थियो । जिल्लामा अहिले नागरिकलाई त्यस्तो रोगको संक्रमणबाट बचाउन चेतनामुलक कार्यक्रम थालिएको डा शाहले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार हाल जिल्लामा पाँचजना एचआइभी रोगी छन् तर एचआइभी रोगीले सेवन गर्ने औषधि भने जिल्लामा पाइँदैन ।

जिल्लाका बिरामीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एआरटी सेवन गर्दै आएका कार्यालयका पोषण तथा एचआइभी कार्यक्रमका स्रोत व्यक्ति जितेन्द्र श्रेष्ठले बताउनुभयो ।

जिल्ला अस्पतालमा यौन रोगीलाई परामर्शका लागि छुट्टै कक्ष अर्थात् भिसिटी सेन्टरको व्यवस्था गरिएको छ । अस्पतालमा आउने यौन रोगीमा गरिएको परीक्षणबाट रोग पत्ता लागेकासंग परामर्श गरी औषधि सेवनका लागि पठाइने गरिएको छ तर यौन रोग लागेर परामर्शका लागि आउने बिरामीमध्ये धेरैले परीक्षण गर्नै नमान्ने गरेको उहाँले बताउनुभयो ।

परीक्षण गर्दा एचआइभी पोजेटिभ देखिए सार्वजनिक हुने त्रासका कारण कमैले मात्र परीक्षण गर्न सहमति दिने गरेको स्रोत व्यक्ति श्रेष्ठको दाबी थियो । एचआइभी रोगीलाई औषधि सेवनका लागि सहज होस् भन्ने ध्येयले सरकारले त्रैमासिक रुपमा रु दुई हजार सहयोग गर्दै आएको छ ।

नेपालमा सन् १९८८ देखि देखिएको एचआइभीबाट हाल ५० हजार २८८ जना संक्रमित छन् । विशेषगरी रगतको माध्यमबाट एकबाट अर्को व्यक्तिमा सर्ने भएकाले यो रोगको संक्रमण असुरक्षित यौन सम्पर्कबाट फैलिने गरेको चिकित्सक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com