कपिलवस्तु, ५ बैशाख । कपिलवस्तुको सुरही खोलामा मापदण्ड विपरित नदिजन्य पदार्थको उत्खनन् गरेको समाचार सार्वजनिक गरेको भन्दै ठेकेदार सरोज जिसीले पत्रकार सनिउल्ला धोवीमाथि दुव्र्यवहार गरेका छन ।कपिलवस्तुको शिवराज नगरपालिका अन्तरगत पर्ने सुरही खोलाबाट ठेकेदार पक्षले मनपरी नदी जन्य पर्दाथ निकासी भइरहेको समाचार स्थानिय पत्रकारहरुले प्रसारण गरेको भन्दै ठेकेदार जीसीले पत्रकारलाई ज्यानमार्ने धम्की दिएका हुन । शिवराजबाट पत्ता साफ गरिदिन्छु भन्दै ठेकेदार जिसीले आफुलाई बारम्बार धम्की दिएको पत्रकार धोवीले बताए ।
धम्की पछि धोवीले जिउधनको सुरक्षाको माग गर्दै वडा प्रहरी कार्यालय चन्द्रौटामा लिखित निवेदन दिएका छन् । कपिलबस्तुको चन्द्रौटास्थित शिवराजका स्टेशन म्यानेजर समेत रहेका धोवीलाई आइको धम्कीप्रति एफएमले प्रेस स्वतन्त्रता माथीको यस्तो ठाडो हस्तक्षेपको निन्दा गरेको छ ।
खोलानाला बाट ढुगांगिट्टी निकासी सरकारले तोकेको मापदण्ड अनुसार निकाल्नु पर्नेमा नदिजन्य प्रदार्थ दिपिका सप्लायर्स मोतिपुर ४ कपिलवस्तुले अझै मनपरी निकासी गरीरहेको भएपनि सुरही खोलाबाट ठेकेदार जीसीले मनपरी नदी जन्य पर्दाथ लिकालिरहेका छन । यसरी दिन दहाडै अबैध निकासी हुदा समेत स्थानिय प्रसासन अझै मौन रहनुले मिलोमतोका ठुलौ चलखेल भएको अनुमान गरिएको छ।



















प्रतिक्रिया दिनुहोस्