रुकुम, ४ वैशाख। रुकुममा भएको गाडी दुर्घटनामा चौरजहारी नगरपालिकाका मेयरसहित ७ जना घाइते भएका छन् ।
चौरजहारी नगरपालिका ५ को आबी लहरे सिमलमा रहेको विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गर्न गएकाहरु चढेको भे १ ज २४३ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मा, वडा नम्बर – ३ का लेखापाल लोकेन्द्र परियार, पार्वती न्यौपाने, तेजबहादुर बटाला, भरत शर्मालगायत रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्