काठमाडौँ, २ वैशाख । काठमाडौंको सतुंगलमा जीपको ठक्करबाट धादिङ गल्छी गाउँपालिकाका सोमबहादुर तामाङको मृत्यु भएको छ ।
विहान सबेरै तामाङलाई बा १७ च ९३३० नम्बरको जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।तामाङ चढेको बा ८० प ९२२३ नम्बरको मोटरसाइकललाई जीपले ठक्कर दिएको थियो ।
धादिङ घर भई नैकाप बस्ने तामाङको ओम समाज अस्पतालमा साढे चार बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्