ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सफाइमा ‘मेरो संकल्प अधिकारसहितको कर्तव्य’ अभियान शुरु


एबीसी न्यूज

काठमाडौँ, १ वैशाख ।  नयाँ वर्षको पहिलो दिनको अवसर पारेर ‘मेरो संकल्प अधिकारसहितको कर्तव्य’ मूल नाराको कार्यक्रम घोषणा गरिएको छ ।

सांसद गगनकुमार थापाले घोषणा गर्नुभएको कार्यक्रमको शताब्दी पुरुष सत्यमोहन जोशीले आज ज्ञानेश्वरमा उद्घाटन गर्नुभयो । महिनामा एक दिन सामाजिक कामका लागि छुट्याउन कार्यक्रम अघि सारिएको पूर्व स्वास्थ्यमन्त्रीसमेत रही सक्नुभएका सांसद गगन थापाले सुनाउनुभयो ।

अभियानअन्तर्गत प्रत्येक महिनाको पहिलो शनिबार सरसफाइ कार्यक्रम गरिने उहाँले बताउनुभयो । संस्कृतिविद् जोशीले अधिकार मागसँगै कर्तव्य पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

रुद्रमती सफाइ अभियानको २१२ हप्ताको कार्यक्रम पनि सोही कार्यक्रममा समाहित भएको रुद्रमती सरोकार समाजको उपाध्यक्ष रोहित गिरीले राससलाई जानकारी दिनुभयो ।

ज्ञानेश्वरबाट चाबहिलसम्म भएको जनचेतनामूलक सफाइ ¥यालीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, लुम्बिनी विकास बैंक, काठमाडौँ उपत्यका विकास प्राधिकरण, ट्यांकर एशोसियशन नेपाललगायत संस्थाको सहभागिता थियो । कार्यक्रमका लागि प्राधिकरणले फोहर उठाउन गाडीको व्यवस्था गरेको थियो भने ट्यांकर एशोसियशनले सफा गरेको सडकमा पानी हालेका थिए ।

अभियानमा प्रदेशसभा सदस्यत्रय राधा घले, नरोत्तम वैद्य र न्हुच्छेनारायण श्रेष्ठ, रुद्रमती समन्वय समितिका संयोजक पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, काठमाडौँ महानगरपालिका वातावरण विभागका प्रमुख हरि कुँवर, महानगर–३० का अध्यक्ष दलबहादुर कार्की, वडा नं ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठलगायतको सक्रियता थियो ।

सफाइमा तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सांसद थापाले आगामी जेठ ५ गते शनिबार कमलपोखरी परिसरमा सफाइ गरी कवि गोष्ठी, सांगीतिक कार्यक्रमलगायत गरिने जानकारी सो अवसरमा दिनुभयो ।

यसैगरी तिलगंगाबाट शुरु भएको चक्रपथ सफाइ अभियानको ५३ औँ हप्ताको सफाइ पनि गौशालाबाट सांसद थापाको नेतृत्वमा शुरु भएको अभियानमै सहभागी भयो । चक्रपथ सफाइका क्रममा १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले राससलाई जानकारी गराउनुभयो ।

बौद्ध फूलबारी क्षेत्रबाट फोहर संकलन गरेर ल्याउने राजेश कटुवालले गोपीकृष्ण हल अघिको रुद्रमति पुलमुनिबाट नदीमा हालेर मिसाउने गरेको भेटिएको उहाँले सुनाउनुभयो । कटुवालले फोहर संकलन गरेबापत प्रत्येक घरबाट रु ५०० देखि रु एक हजारसम्म उठाउने गरेका छन् ।

वाग्मती सफाइ महाअभियानको २५७ औँ हप्तामा आज बानेश्वर क्याम्पस अघिको नदी क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा शाखा अधिकृतको तालीम लिइरहेका १०० जना प्रशिक्षार्थी, सिस्नुपानी नेपाल, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाईलगायत संस्थाका गरी ४५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २१८ औँ हप्तामा गोठाटार पुलमुनि सफाइसँगै नयाँ वर्ष मनाइयो । सफाइमा प्रदेशसभा सदस्य रामेश्वर फुयाँलसहित १०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

नदीमा सौन्दर्यीकरणको कार्यक्रम चलिरहे पनि आजभित्रै छिरेर सफाइ गरिएको पुडासैनीमैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो । नदी किनारमा रोपिएका बिरुवा पनि सो अवसरमा गोडिएको थियो ।

तिलगंगा खण्डको वाग्मती सफाइको १६० औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । घर घरमा गएर जनचेतनामूलक अभियानसमेत गरिएको थियो ।

विष्णुमती सफाइ अभियानको १८४ औँ हप्तामा टोखा र तारकेश्वर नगरपालिकाको सीमास्थित मनमैँजु पुल क्षेत्रको वरपरको घरघरमा पसेर नव वर्षको शुभकामना दिँदै प्रत्येक हप्ता शनिबारको सफाइमा सहभागी हुन अनुरोध गरिएको अभियन्ता अनिल धरेलले बताउनुभयो ।

मनोहरा सफाइको ५६ औँ हप्तामा महानगरपालिका– ३२ स्थित जडीबुटी पुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता चन्द्र दंगालले सुनाउनुभयो ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाभियानबाट प्रभावित भई हालसम्म देशका ४५ भन्दा बढी स्थानमा सफाइ अभियान शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com