ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भौतिक संरचना भत्काउन एक साताको समय


admin

वीरगञ्ज, २८ चैत। वीरगञ्जलाई समुन्नत शहर बनाउन व्यापारिक मार्ग योजना कार्यालय सिमराले गण्डक चोकदेखि पथलैयासम्म २० किलोमिटर सडक विस्तार गर्ने योजनाअन्तर्गत सो क्षेत्रमा रहेका निजी घर, उद्योग तथा भौतिक संरचना भत्काउन एक साताको समय सीमा तोकेको छ ।

आगामी सोमबारसम्म सडकको केन्द्रविन्दुबाट दायाँबायाँ २५÷२५ मिटर जग्गा अधिग्रहण गर्न सो क्षेत्रमा रहेको निजी घर, उद्योगलगायत भौतिक संरचना तोकिएको समयभित्र भत्काउन घरधनीलाई सो समय सीमा दिइएको योजनाका इञ्जिनियर अशोक यादवले जानकारी दिनुभयो ।

तोकिएको समय सीमाभित्र घरधनीले स्वेच्छाले आ–आफ्नो घर उद्योगलगायत भौतिक संरचना नभत्काएमा जिल्ला प्रशासन कार्यालय पर्सा तथा बाराको सहयोगमा भत्काइने इञ्जिनियर यादवले बताउनुभयो ।

रजतजयन्ती चोकदेखि सीमावर्ती मितेरी पुलसम्म सडक विस्तार गर्ने योजना रहेको र सो सडक विस्तार गर्ने जिम्मा डिभिजन सडक कार्यालय हेटौँडा तथा नेपाल आयल निगम अमलेखगञ्जको जिम्मा रहेकाले सम्बन्धित निकायले निकट भविष्यमै सडक विस्तार गर्ने भएको छ । सो बाटोबाट पाइपलाइन बिच्छ्याउने योजना रहेकाले पनि त्यस क्षेत्रमा सडकको दायाँबायाँ २५÷२५ मिटर सडक अधिग्रहण गर्न लागिएको बताइएको छ ।

गण्डकचोकदेखि वीरगञ्जको रजतजयन्ती चोकसम्म सडक विस्तार गर्ने योजना चालु आर्थिक वर्षमा नरहे पनि आउँदो आर्थिक वर्षमा उक्त योजनाले गति पाउने बताइएको छ । गण्डकदेखि पथलैयासम्म चार लेन सडक विस्तार गर्ने काम अघि बढी सकेकाले स्थानीय प्रहरी र प्रशासनको सहयोग लिएर भएपनि सो क्षेत्रमा घर भत्काउने योजना रहेको योजना प्रमुख रवीन्द्रलाल दासले बताउनुभयो ।

आर्थिक वर्ष २०६२÷६३ भन्दा अगाडि बनेको घर, जग्गा भएको व्यक्तिलाई क्षतिपूर्ति दिने भएपनि त्यसपछि बनेका घर जग्गाधनीलाई कुनै मुआब्जा भने दिइने छैन । सरकारले सडक ऐन २०३१ र जग्गा प्राप्ति ऐन २०३४ अन्तर्गत क्षतिपूर्ति दिनेछ । पथलैयादेखि परवानीपुर हुँदै अलौ र आइसिपीसम्म ६ लेन सडक विस्तार भइसकेको अवस्थामा परवानीपुरदेखि वीरगञ्ज मेनरोड हुँदै मितेरी पुलसम्म सडकको दायाँबायाँ २५÷२५ मिटर सडक विस्तार कार्यले प्राथमिकता पाइसकेको समेत बताइएको छ ।

आयोजनाले पावरहाउसदेखि वीरगञ्जको घण्टाघरसम्म सडकको मध्यबिन्दुबाट दायाँबायाँ २५÷२५ मिटर सडक फराकिलो बनाउन कुनै समस्या नरहेको र घण्टाघरदेखि दक्षिण माइस्थान, आदर्शनगर, अलखियामठ चोक, बिर्ता चोक, छपकैया हुँदै रजतजयन्ती चोकसम्म मात्र समस्या रहेकाले त्यसको समाधान खोज्न सम्बन्धित निकायले गृहकार्य गरिरहेको बताइन्छ ।

यता, वीरगञ्ज महानगरपालिकाले वीरगञ्जको बजार क्षेत्रमा २५÷२५ मिटर जग्गा अधिग्रहण गरेको खण्डमा धेरै संरचना भत्काउनु पर्ने र स्थानीयवासी सुकुम्बासी हुने भएकाले सो क्षेत्रमा १५÷१५ मिटर मात्र सडक विस्तार गर्नुपर्ने धारणा अघि सारेको छ । तर, सडक विभाग हेटौँडाले सो क्षेत्रमा पहिले कै नापनक्सा अनुसार मेनरोडमा रहेको मुख्य बजारलाई समेत तोडफोड गरी २५÷२५ मिटर सडक फराकिलो पार्ने आफ्नो अडानलाई दोहो-याउँदै आएको छ ।

सडकका लागि २५÷२५ मिटर जमिन लिइए वीरगञ्ज शहर उजाड हुने र यसको ऐतिहासिकता र व्यापारिक पहिचान समाप्त भएर जाने भएकाले सरकार यसप्रति गम्भीर बन्नुपर्ने वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले बताउनुभयो । यदि सरकारले २५÷२५ मिटर नै लिने हो भने पीडितलाई मुआब्जा दिनुपर्ने उहाँको माग छ ।

यता, वीरगञ्ज बजारलाई परवानीपुरदेखि गण्डकचोकसम्म जोड्न अर्को ६ लेन सडक निमार्णको काम तीव्रगतिमा अगाडि बढाइएको छ । पूर्व–पश्चिम राजमार्गको पथलैयादेखि परवानीपुर र अलौ हुँदै आइसिपीसम्म जोड्ने व्यापारिक मार्ग विस्तार योजनाअन्तर्गत ६ लेन सडकको निमार्ण कार्य थालिएको छ । नेपालको ६० प्रतिशत भन्दा बढी व्यापार हुने वीरगञ्ज नाकालाई त्रिभुवन राजपथ सडकखण्डसँग जोड्न उक्त ६ लेन सडक निमार्ण गर्न लागिएको बताइएको छ ।

रु ४० करोड ३१ लाख ८० हजार को लागतमा यसको निर्माण कार्य शुरु गरिएको हो । पहिलो चरणअन्तर्गत निर्माण शुरु भएको ६ लेन सडकका लागि नेपाल सरकारले रु तीन अर्ब ५० करोड रकम विनियोजन गरिसकेको छ ।

नेपाल अधिराज्यमा बन्न लागेको चारवटा व्यापारिक मार्गमध्ये योे मार्गको नाम वीरगञ्ज व्यापारिक मार्ग नामकरण गरिएको छ । यो मार्ग सञ्चालनमा आएपछि ट्राफिक जाम र ओभरटेक जस्ता कारणले हुने सवारी दुर्घटना न्यून हुने विश्वास लिइएको छ । सडक विभागले पटकपटक सडक विस्तारको कार्यक्रम अघि सारे पनि राजनीतिक स्थायित्व नहुँदा काम अगाडि बढ्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि रातमा १२ घण्टा गाडी चलाउन रोक

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई दिने सुविधामा पुनर्विचार गर्दैछौँ – गृहमन्त्री

फिनल्यान्ड र आयरल्यान्डका लागि गैरआवासी राजदूत नियुक्त

च्यासलमा एमाले सचिवालय बैठक

उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ

वाइसिएललाई प्रचण्डको निर्देशन- तयार रहनू

धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदल मार्ग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com