ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समानुपातिक सांसदहरुसित प्रधानमन्त्रीः ५ घन्टा सुने, ५ मिनेट जवाफ दिए


एबीसी न्यूज
बैशाख २, २०८३ बुधबार  ८ : १३ बजे

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा रहेका सबै दलका समानुपातिक सांसदहरूसँग सामूहिक छलफल गरेका छन् ।

यसअघि उनले प्रत्यक्ष निर्वाचित सांसदहरूसँग प्रदेशगत रूपमा छुट्टाछुट्टै छलफल गरेका थिए भने समानुपातिक सांसदहरूलाई एकैपटक बोलाइएको हो।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दिउँसो १२ बजे सुरु भएको बैठक करिब ५ घण्टा चलेको थियो। ११० जना समानुपातिक सांसदहरूमध्ये अधिकांशको उपस्थिति रहेको थियो। प्रत्येक सांसदलाई बोल्नका लागि १ मिनेट समय दिइएको थियो।

छलफलका क्रममा सांसदहरूले उठाएका विषयहरू प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूले टिपोट गरेका थिए। साथै, सांसदहरूले ल्याएका लिखित सुझावहरू दर्ता गर्ने व्यवस्था पनि गरिएको थियो।

केही प्रतिपक्षी सांसदहरूले भने प्रत्यक्ष निर्वाचित सांसदहरूसँगै समानुपातिक सांसदहरूलाई पनि एउटै सत्रमा बोलाइएको भए अझ प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए। उनीहरूका अनुसार, प्रत्यक्ष सांसदहरूले के-के विषय उठाए भन्ने जानकारी पाउन नपाएको गुनासो थियो।

त्यस्तै, केही प्रतिपक्षी सांसदहरूले सरकारको १०० बुँदे कार्ययोजना र राष्ट्रिय प्रतिबद्धतापत्रमा भारतसँगको सीमा समस्यालाई समावेश नगरिएको विषयमा प्रश्न उठाएका थिए। सरकारका योजनाहरू कार्यान्वयन गर्न आवश्यक आर्थिक स्रोतको सुनिश्चितता कसरी गरिने भन्ने विषय पनि उनीहरूको चासोमा परेको थियो। मधेस, कर्णाली र सुदूरपश्चिम क्षेत्रका सांसदहरूले आफ्ना क्षेत्रीय मुद्दाहरू प्रस्तुत गरेका थिए।

सांसदहरूको कुरा करिब ५ घण्टा सुनेपछि प्रधानमन्त्रीले करिब ५ मिनेट मात्र प्रतिक्रिया दिएका थिए। उनले समानुपातिक सांसदहरूलाई आफूलाई कमजोर नठान्न आग्रह गर्दै, प्रतिनिधित्वका हिसाबले उनीहरूको भूमिका महत्वपूर्ण रहेको बताएका थिए। साथै, आफूले झापा–५ मा विशेष योगदान नदिएर पनि चुनाव जितेको उदाहरण दिँदै एउटै क्षेत्रसँग मात्र जोडिनुपर्ने बाध्यता नभएको उल्लेख गरेका थिए।

प्रधानमन्त्रीले सांसदहरूले उठाएका माग र सुझावहरूलाई सम्भव भएसम्म सम्बोधन गर्ने आश्वासन पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजारमा केराको हाहाकार, मूल्य प्रतिदर्जन ३ सय ५० रुपैयाँ

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

सम्बन्धित

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

गृहमन्त्रीमाथि प्रश्न- पहिले शेयर किन लुकाए ?, अहिले ऋण छ भनेर किन ढाँटे ?

तराईका विभिन्न ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने अनुमान : सतर्कता अपनाउन आग्रह

गृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि बोले झुट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com