ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भैरबको रथ राति नै गःहिटी पु-याउनुपर्ने परम्परा यस वर्ष तोडियो


admin
चैत्र २८, २०७४ बुधबार  ३ : ३० बजे

भक्तपुर, २८ चैत । भक्तपुरमा मनाइने बिस्केट जात्राअन्तर्गत भैरबको रथ तान्ने क्रममा मध्यराति रथलाई अलपत्र छाडिएपछि स्थानीयवासीले आज रथ तानेर गःहिटी पु-याएका छन् ।

जात्राको परम्पराअनुसार रथलाई राति नै गःहिटी पु-याउनुपर्ने भए पनि राति ३ बजे रथ तान्ने जनशक्तिको अभाव भएकाले तौमढीमै छाडिएको स्थानीय तौमढी युवा क्लबका अध्यक्ष विजय धौभडेलले जानकारी दिनुभयो ।

विगतका वर्षहरुमा भने रथ तान्ने जनशक्तिको अभाव भए सुरक्षाकर्मीले रथ तानेर भए पनि गःहिटी पु-याउने परम्परा थियो । यस वर्ष भने जात्रालाई शान्तिपूर्ण बनाउन सुरक्षाकर्मीलाई रथ तान्न नदिएको र आज युवा क्लबको नेतृत्वमा तौमढीका स्थानीयवासीले रथ तानेर गःहिटी पु-याएको उहाँको भनाइ छ ।

राति नै रथलाई गःहिटी पु-याउनुपर्ने परम्परा भने यस वर्ष तोडिएको छ । यस वर्ष भने शुरुमै दुई दिन रथ तानिएको छ । रथ तान्ने क्रममा रथको गजुर भाँचिएको छ । तीन तले प्यागोडा शैलीको रथको गजुर भाँचिएको छ भने रथको छानोसमेत बिग्रिएको छ । तार व्यवस्थापन नहुँदा रथ गःहिटी पु-याएपछि गजुरमा तार बेरिएपछि गजुर भाँचिएको हो ।

रथको गजुर बनाउने र रथको मर्मत गर्ने कार्य आजैबाट शुरु हुने गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रथको गजुर भाँचिएको छ, रथको छानो पनि बिग्रिएको छ, रथको मर्मत आजैबाट गरेर ३० गतेसम्मलाई रथ तयार बनाउँछौ ।”

आगामी ३० गते रथलाई तानेर भेलुखेलस्थित ल्यासिंखेल पु-याएपछि इन्द्रध्वजा सहितको ५५ हात लामो लिङ्गो उठाउने गरिन्छ । वैशाख १ गते दिनभरि जात्रा चलाएर साँझ लिङ्गो ढाल्ने र वैशाख ५ गते अन्तिम दिन पुन गःहिटीबाट भैरब र भद्रकालीको रथलाई तानेर जात्रा सम्पन्न गर्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि दमक पुग्दा बालेन ‘गयल’ : आफ्नै क्षेत्रमा सभापति आउँदा इटहरी छिरे वरिष्ठ नेता !’

जेनजीको विद्रोह: : कांग्रेसले अँगाल्यो, एमालेले षड्यन्त्र ठहर्‍यायो !’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चिया इलाम–दमकको, तरकारी बोर्डर पारीको !’ इटहरीमा बालेनको व्यंग्यात्मक प्रश्न, रविको गगनलाई कटाक्ष : ‘२० वर्षपछि बल्ल ज्ञान आयो !’

रवि दमक पुग्दा बालेन ‘गयल’ : आफ्नै क्षेत्रमा सभापति आउँदा इटहरी छिरे वरिष्ठ नेता !’

जेनजीको विद्रोह: : कांग्रेसले अँगाल्यो, एमालेले षड्यन्त्र ठहर्‍यायो !’

निर्वाचनपछि सरकारमा नेकपाको भूमिका महत्वपूर्ण हुनेवाला छ : प्रचण्ड

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com