ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामेछापमा वन अधिकृतलाई कसले थुन्यो ?


admin
चैत्र २७, २०७४ मंगलबार  ८ : ५६ बजे

रामेछाप, २७ चैत । रामेछापका जिल्ला वन अधिकृतलाई मंगलबार कार्यकक्षमै थुनेर कोठामा ताला लगाई दिईएको छ ।

खयर जातको गोलिया काठ वाह्य जिल्लामा लैजाने अनुमति दिने भन्दै सेवाग्राहीसँग ५ लाख घुस लिएर काठ लैजान अनुमति नदिएका जिल्ला वन अधिकृत रामविचारी ठाकुरलाई उनकै कार्यकक्षमा सेवाग्राहीले दिउँसो थुनिदिएका हुन् ।

जिल्ला वन कार्यालयले व्यक्तिका कान्लाका काठहरु काट्नको लागि हिमाली कच्चा उद्योग हाँसखोसा इटहरीलाई २०६८ सालमा खयर जातको काठ काट्ने अनुमति दिएको थियो ।

काठ काट्ने अनुमति पाएपछि हिमाली कच्चा उद्योगका कर्मचारीहरुले जिल्लाको साविक मन्थली गाविस वडा नं १, २ र ३ त्यसैगरी साविक भटौली गाविस, भिरपानी, मझुवा, पकरवासलगायतका स्थानमा व्यक्तिहरुको कान्लाका काठ कटान गरेको थियो ।

कटान गरिएको काठहर मध्ये ४ सय ९० क्युफिट गोलिका काठ कम्पनिलाई लैजान वन कार्यालयले इजाजत दिएपछि ती काठहरु २०६८ सालमा नै लगिएको थियो ।

पछि वन कार्यालयले विभिन्न अखडा बनाएर काठ लैजाने अनुमति रोकेको थियो ।

काठ लैजान नपाएपछि कम्पनीले महोत्तरी जिल्ला बर्दिवास नगरपालिका वडा नम्बर १ का रुपनारायण गौतमलाई बाँकी रहेको काठ लैजान अनुमति दिएको थियो । तर जिल्ला वन कार्यालयले भने काठ लैजाने अनुमति दिएको थिएन ।

व्यवसायी गौतमले बाँकी रहेको काठ लैजान पटक–पटक वन कार्यालयमा धाउँदा पनि वन कार्यालयले काठ लैजान अनुमति दिन १० लाख रुपैयाँ वन अधिकृतले मागेका थिए ।

सुरुमा ५ लाख रुपैयाँ गौतमसँग लिएर क्षेत्रीय वन कार्यालय हेटौंडामा कागजात मिलाउनु पर्ने भन्दै वन अधिकृत ठाकुरले व्यवसायी गौतमको सवारीसाधन १४ पटक हेटौंडा र रामेछाप ओहोरदोहोर गराएको थिए ।

पछि वन विभाग र अख्तियारको टोलीसमेत रामेछाप आउने र उनीहरुलाई पनि खानपानको व्यवस्थापन गर्नुपर्ने भन्दै उल्टै वन अधिकृतले १२ हजार मूल्य पर्ने रक्सीसमेत व्यवसायीलाई किन्न लगाएर होटलको १ लाख २५ हजार बिलसमेत तिर्न लगाएको सेवाग्राही रुपनारायण गौतमले जानकारी दिनुभयो ।

यसरी पटक–पटक काठ लैजान पूर्जी दिने भन्दै वन अधिकृत ठाकुरले १५ लाख रुपैयाँ खर्च लिएका थिए । रकम लिएर पनि अधिकृत ठाकुरले विभिन्न वाहाना बनाएर थप ५ लाख रुपैयाँ मागेपछि गौतमले जिल्ला वन कार्यालय रामेछापमा पुगेर वन अधिकृत ठाकुरलाई कार्यकक्षमा नै ढोका थुनेर बाहिरबाट ताल्चा लगाइदिएका हुन् ।

सेवाग्राहीले उनको कार्यकक्षमा ताल्चा लगाइदिएपछि वन अधिकृत ठाकुर डाँको छाडेर रोएका थिए ।

गौतमले वन कार्यालयलाई सेवाग्राहीले बुझाउनुपर्ने १ लाख ७० हजार रुपैयाँ राजश्व समेत तिरिसकेको बतानुभयो । राजश्व तिरिसके पनि वन कार्यालयले काठ लैजाने अनुमति भने अहिलेसम्म नदिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

निर्वाचनपछि सरकारमा नेकपाको भूमिका महत्वपूर्ण हुनेवाला छ : प्रचण्ड

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

इरानमा अमेरिकी हमलाको आशंका तीव्र, कूटनीतिज्ञलाई फर्कन आदेश

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com