ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आचार्य गोली प्रहार घटनामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन


admin
चैत्र २७, २०७४ मंगलबार  ७ : ४९ बजे

काठमाडौँ, २७ चैत । धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले गरिएको गोली प्रहार घटनामा संलग्नको खोजी गर्न माग गर्दै विभिन्न संघ संस्था तथा नागरिक समाजले आज साँझ माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

योगी नरहरिनाथ आध्यात्मिक परिषद्, नेपाल विश्व हिन्दू महासंघ, श्रीमद्भागवत तथा गौ–संरक्षण केन्द्र, हिन्दू जागरण नेपाललगायत संस्थाले गत शनिबार विराटनगरमा सुनियोजित रुपमा गुरुमाथि भएको घटनाको अविलम्ब छानबिनको माग गरेका हुन् ।

नेपाल विश्व हिन्दू महासंघकी महासचिव अस्मिता भण्डारीले हिन्दू धर्मगुरु आचार्य श्रीनिवासमाथि गोली चलाएर धार्मिक संघसंस्थालाई भयभीत तुल्याउने उद्देश्यले उक्त घटना घटाइएकामा चिन्ता व्यक्त गर्दै धार्मिक गुरु एवं अभियन्ताको सुरक्षाको प्रबन्ध गर्न सरकारसँग माग गर्नुभयो ।

एकीकृत राप्रपा (राष्ट्रवादी) का उपाध्यक्ष तरानाथ लुईंटेलले दण्डहीनताले अपराध बढ्दै गएको बताउँदै अपराधिको पहिचान गरी कानुनी सजाय दिन आग्रह गर्नुभयो ।

हिन्दू जागरण अभियानका प्रदीपविक्रम राणाले गुरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस प्रकारको घटना दोहोरिन नदिन उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

अभियन्ता शीरु वाग्लेले ‘हिन्दू धर्म, वैदिक संस्कृति र परम्परालाई कमजोर पार्ने उद्देश्यले घटना भएको भन्दै घटनामा संलग्न अभियुक्तलाई खोजी गरी कडा कानुनी कारवाही गर्न सरकारसंग माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

निर्वाचनपछि सरकारमा नेकपाको भूमिका महत्वपूर्ण हुनेवाला छ : प्रचण्ड

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

इरानमा अमेरिकी हमलाको आशंका तीव्र, कूटनीतिज्ञलाई फर्कन आदेश

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com