ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले र माओवादी केन्द्रबीच हुन लागेको एकतामा चीन खुशी छ : नेता नेपाल


admin

काठमाडौँ, २७ चैत । नेकपा (एमाले) नेता माधवकुमार नेपालले चीन सरकारसँग भएका सहमति र सम्झौता पूर्णरुपमा कार्यान्वयन हुने बताउनुभएको छ ।

नेपाल सांघाइ को–अपरेशन अर्गनाइजेसन (एससिओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना भएको ‘क्षेत्रीय शान्ति प्रवद्र्धनः मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिन चीन जानुभएका नेता नेपालले चिनियाँ उच्च अधिकारीसँग छलफल गर्दै चीनसँग नेपालले गरेका सहमति र सम्झौताको कार्यान्यवन गर्ने बताउनुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

‘वान बेल्ट एण्ड रोड’ मा नेपालले सम्झौता गरिसकेको उल्लेख गर्दै एमाले विदेश विभागका प्रमुखसमेत रहनुभएका नेता नेपालले यसबाट नेपालले लाभ लिने बताउनुभयो ।

उच्च अधिकारीसँगको भेटमा नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र नेकपा (माओवादी केन्द्र) बीच हुन लागेको एकताले चीन खुशी भएको उहाँले बताउनुभयो । “दुई पार्टीबीचको एकताको कुरालाई उहाँहरु निकै खुशी हुनुभयो । एकता घोषणासभाका लागिसमेत चिनियाँ प्रतिनिधिलाई निम्ता दिएका छौँ”, उहाँले भन्नुभयो, “उहाँहरु एकताको बेला नेपाल आउने कुरा गर्नुभएको छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएको नेता नेपालले चिनियाँ राष्ट्रपतिको भ्रमणका बारेमा पनि चिनियाँ उच्च अधिकारीसँग छलफल भएको जानकारी दिनुभएको सचिवालयले जानकारी दिएको छ ।

यस्तै नेता नेपाललाई नेपाल–चीन सम्बन्धमा अतुलनीय योगदान पु¥याएबापत त्यहाँको नर्थ वेष्ट विश्वविद्यालयले मानार्थ प्राध्यापक (प्रोफेसर) को उपाधिसमेत प्रदान गरेको छ । नेता नेपालले सो अवसरमा सान्सी प्रान्तको सियान विश्वविद्यालयमा रहेको नेपाल अध्ययन केन्द्रको उद्घाटनसमेत गर्नुभयो ।

उहाँले नेपाली युवाले वाल छिमेकी राष्ट्र चीनमा गरेको प्रगतिबारे खुशी व्यक्त गर्नुभयो । नेता नेपाल शुक्रबार स्वदेश फर्कने एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समिति बैठक

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समिति बैठक

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

तीनकुने घटनामा १०८ विरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

रवि लामिछानेको मुद्दामा सर्वोच्चले आदेश सुनाउने भएपछि रुपन्देही कारागार अगाडि समर्थक भेला

वृद्धभत्ता पाउने न्यूनतम उमेर ७० वर्ष पुर्‍याउने र राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com