ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानद्वारा छात्रवृत्ति दोब्बर गरिएको घोषणा


admin
चैत्र २७, २०७४ मंगलबार  ३ : ४६ बजे

काठमाडौँ, २७ चैत । पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति ‘सिट’ दोब्बरले वृद्धि गरिएको घोषणा गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्रीले हालै सम्पन्न आफ्नो औपचारिक नेपाल भ्रमणका क्रममा गर्नुभएको उक्त घोषणा बमोजिम यहाँस्थित पाकिस्तानी दूतावासले पनि स्थानीय तहमा उपलब्ध गराउँदै आएको छात्रवृत्तिको संख्यामा समेत दोब्बरले बढोत्तरी गरेको छ ।

पाँच वर्षयता उक्त दूतावासले वर्षेनी प्राथमिक, माध्यमिक र उच्चमाध्यमिक तहमा अध्ययनरत जेहेन्दार एवं प्रतिभाशाली विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्तिअन्तर्गत छैटौँ वर्षको छात्रवृत्ति प्रदान कार्यक्रम आज यहाँ सम्पन्न भयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल, नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेद र नेपाल–पाकिस्तान सांस्कृतिक तथा मैत्री संघका अध्यक्ष हिमालयशम्शेर जबराले संयुक्त रुपमा छात्रवृत्ति रकम प्रदान गर्नुभयो । सोअनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लासहित ४० जिल्लाका सामुदायिक एवं केही निजी विद्यालयका २५० विद्यार्थीले जनही रु १० हजार पाएका छन् ।

दोलखा, ओखलढुंगा, रामेछाप, गोरखा, काभ्रेपलाञ्चोक, सिन्धुली, चितवन, लमजुङ, सोलुखुम्बु, पाल्पा, धादिङ, पर्वत, तनहुँ, स्याङ्जा, धनकुटा, सप्तरी, सर्लाही, सुर्खेत, बर्दिया, कैलाली, डडेल्धुरा, रुकुम दार्चुलालगायत जिल्लाका छात्रछात्रलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

त्यस अवसरमा सचिव बरालले नेपालमा मानव संसाधन विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा पाकिस्तानबाट निरन्तर सहायता प्राप्त भएकामा आभार व्यक्त गर्दै नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशले अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चमा समान अवधारणा प्रस्तुत गर्दै आएका बताउनुभयो ।

राजदूत जाबेदले पाकिस्तान–नेपाल सम्बन्धलाई थप प्रगाढ तुल्याउने महत्वपूर्ण माध्यमका रुपमा शैक्षिक उन्नयन एवं छात्रवृत्ति हो भन्दै सरकारी निर्णयअनुरुप आगामी वर्षदेखि छात्रवृत्ति सिट र संख्या शतप्रतिशतले वृद्धि गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

इरानमा अमेरिकी हमलाको आशंका तीव्र, कूटनीतिज्ञलाई फर्कन आदेश

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

अमेरिकामा हिमपातले ५ हजारभन्दा बढी उडान रद्द, लाखौं प्रभावित

हाम्रो नेतृत्वमा शैक्षिक र प्रविधिक हब बन्दैछ दाङ– महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com