काठमाडौ, जेठ २४ गते । अर्थ , राजनीतिक विश्लेषक डा. गोपीलाल न्यौपानेले प्रधानमन्त्री बालेन साहको अभिब्यक्तिको आलोचना गरेका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले प्रधानमन्त्री बालेन साहको आलोचना गरेका हुन । विश्लेषक डा. न्यौपानेले सरकारको कार्यशैलीमा स्पिड भएपनि स्पष्ट भिजन र उदेश्य नभएको भन्दै आलोचना गरेका हुन । उनले पैसा बिना दुनिया चल्दैन’ भन्ने प्रधानमन्त्रीको भनाई अनुचित रहेको टिप्पणी गरेका छन । नेपालले भारतको सीमा मिचेको प्रधानमन्त्रीको भनाई सरासर गलत र झुटो भएको बताएका छन ।



















प्रतिक्रिया दिनुहोस्