काठमाडौ, बैशाख २२ गते । रास्वपा मधेष प्रदेशका महामन्त्री मनिष कुमार साहले जनहितमा काम गर्न सरकारले छोटो बाटो अध्यादेश रोजेको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । सर्भिस डेलिभरी लगायतका जनताका विषयमा छिटो र छरितोका साथ परिणाम दिने गरि काम गर्न अध्यादेश ल्याउनु परेको उनको भनाई छ । कार्यक्रममा उनले भने अध्यादेश मुलुक र जनताको हितमा रहेको हुदा अनावश्यक आलोचना नगर्न साहले आग्रह गरे । राम्रो काम गर्न र जनताका मुद्धा समाधान गर्नका लागि सरकार अध्यादेशको बाटोमा हिडेको उनको भनाई छ ।



















प्रतिक्रिया दिनुहोस्