ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्षेत्रीय परिस्थिति र शान्ति प्रयासबारे पाकिस्तान र इरानका विदेशमन्त्रीबीच छलफल


एबीसी न्यूज
बैशाख २२, २०८३ मंगलबार  १२ : २७ बजे

काठमाडौं २२ वैशाख । पाकिस्तानका उपप्रधानमन्त्री एवं विदेशमन्त्री मोहम्मद इसाक डार र इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीबीच टेलिफोन वार्ता भएको छ । सो वार्तामा क्षेत्रीय पछिल्ला घटनाक्रम र शान्ति स्थापनाका लागि भइरहेका प्रयासहरूका बारेमा विस्तृत छलफल भएको पाकिस्तानको परराष्ट्र मन्त्रालयले सोमबार जानकारी दिएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, दुई मन्त्रीबीचको छलफल मुख्यतया क्षेत्रीय तनाव कम गर्न र कुटनीतिक माध्यमबाट संवादलाई अगाडि बढाउन पाकिस्तानले निर्वाह गरिरहेको भूमिकामा केन्द्रित थियो । वार्ताका क्रममा इरानी विदेशमन्त्री अराघचीले क्षेत्रीय तनाव न्युनिकरणका लागि पाकिस्तानले खेलिरहेको रचनात्मक भुमिका र सरोकारवाला पक्षहरूबीच गरेको मध्यस्थता प्रयासको प्रशंसा गर्नुभयो । उहाँले क्षेत्रीय स्थिरता प्रवद्र्धनमा इस्लामावादको सक्रिय संलग्नताको महत्त्वलाई स्वीकार गर्नुभयो । 
सो अवसरमा पाकिस्तानी विदेशमन्त्री डारले रचनात्मक कुटनीतिक संलग्नताका लागि पाकिस्तानको निरन्तर प्रतिवद्धता दोहो¥याउनु भयो । उहाँले विद्यमान विवादहरूको शान्तिपूर्ण समाधान र दीर्घकालीन क्षेत्रीय स्थिरताका लागि संवाद र कुटनीति नै एक मात्र निर्विकल्प मार्ग भएकोमा जोड दिनुभयो ।
दुवै पक्षले वर्तमान चुनौतीहरूलाई सम्बोधन गर्न र क्षेत्र तथा विश्वमै स्थायी शान्ति कायम गर्न निरन्तर कुटनीतिक प्रयास आवश्यक रहेको कुरामा सहमति जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

सम्बन्धित

युएईको सरकारी तेल ट्यांकरमा आक्रमण : खाडी क्षेत्रमा तनाव बढ्यो

सीको अनन्त शुद्धीकरण: चीनको ‘आत्म-क्रान्ति’ पछाडिको वास्तविक लक्ष्य

गाजाको भोकमरीदेखि ट्रम्पको गोपनीयतासम्म: यी हुन् यस वर्षका पुलित्जर विजेताहरू

होर्मुज जलसन्धिमा ‘प्रोजेक्ट फ्रीडम’: अलपत्र जहाज निकाल्न ट्रम्पको नयाँ सैन्य कदम

लिपुलेक विवाद: नेपालको कूटनीतिक ‘नोट’ र छिमेकीको बेवास्ता

चीन र अमेरिका आणविक विनाशको जोखिम निम्त्याउँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com