ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एआईले अमेरिकामा सीमा निगरानीको नयाँ लहर ल्याउँदै


पेट्रा मोल्नार


नयाँ प्लेटफर्मले सीमा निगरानीका लागि क्रिप्टो पुरस्कार दिंदै छ, र सबैलाई यस्तो शकारमा सामेल हुन आमन्त्रण गछ

एरिजोनाको सीमावर्ती क्षेत्रको, मरुभूमि पहिल्यै घातक छ। संयुक्त राज्य अमेरिकामा प्रवेश गर्ने मानिसहरूले तीव्र गर्मी, निर्जलीकरण र थकानको सामना गर्नुपर्छ। तर वर्षौंदेखि, यी मार्गहरूमा अर्को खतरा लुकेको छः सशस्त्र निगरानी समूहहरू जसले आफैंले सीमाको रक्षा गर्ने जिम्मा लिएका छन् — प्रायः हिंसात्मक रूपमा र कानुनभन्दा बाहिरबाट । उनीहरूले लामो समयदेखि मानवीय स्वयंसेवकहरूको जीवन बचाउने कार्यलाई कमजोर बनाएका छन्।

अब, नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) प्लेटफर्मले थप मानिसहरूलाई यस्ता समूहमा सामेल हुन सक्रिय रूपमा प्रोत्साहन गरिरहेको छ। हालै संयुक्त राज्य अमेरिकामा सुरु गरिएको ICERAID.COM ले सीमामा “शंकास्पद गतिविधि” को तस्बिर अपलोड गर्ने प्रयोगकर्ताहरूलाई क्रिप्टोकरेन्सी पुरस्कारको प्रलोभन बाँडिरहेको छ । यो प्लेटफर्मले नागरिकहरूलाई अग्रपंक्तिको खुफिया संकलकको रूपमा उभ्याएको छ–कानून प्रवर्तनको काम गर्न, तर कुनै निरीक्षण बिना।

यो वेबसाइट खुल्दा संयुक्त राज्य अमेरिकाको नक्शा देखिन्छ, जसमा प्रयोगकर्ताले पेश गरेका तस्बिरहरू चिन्ह लगाउने रातो र हरियो पिनहरू छन्। आगन्तुकहरूलाई आफ्नै तस्बिर थप्न आमन्त्रण गरिन्छ। “निगरानी मार्गदर्शन” दस्तावेजले सार्वजनिक स्थानमा बिना चेतावनी कानुनी रूपमा तस्बिर खिच्ने तरिका बताउँछ। “ब्रेकिङ न्यूज” खण्डले अपडेटहरू र नयाँ साझेदारीहरू साझा गर्छ। यो प्लेटफर्मको अगुवाइ एनरिके टारियोले गरेका छन् — जो पहिलो पुस्ताका क्यूबाली अमेरिकी, दक्षिणपन्थी व्यक्तित्व र स्व–घोषित “आइस रेड जार” जसले आफूलाई “अमेरिकी मूल्यहरूको कट्टर रक्षक” को रूपमा वर्णन गर्छन्।

मैले सन् २०१७ देखि सीमा निगरानीमा अनुसन्धान गरिरहेको छु। एरिजोना म बारम्बार फर्कने ठाउँ हो। मैले गैरसरकारी संस्थाहरूसँग काम गरेको छु र पूर्व अमेरिकी मरीन जेम्स होलम्यानले नेतृत्व गरेको बटालियन सर्च एण्ड रेस्क्यू जस्ता खोज र उद्धार टोलीहरूसँग मृत्यु भएका व्यक्तिहरूको अवशेष पुनः प्राप्त गर्ने मिशनहरूमा साथ दिएको छु। त्यस समयमा, मैले यो क्षेत्रलाई उच्च–प्रविधिको प्रवर्तनको प्रयोगशालाको रूपमा परिणत भएको पनि देखेको छुः इजरायली कम्पनीका एआई टावरहरूले अहिले मरुभूमिलाई स्क्यान गर्छन्; स्वचालित लाइसेन्स प्लेट रिडरहरूले टाढा–टाढासम्म गाडीहरूको निगरानी गर्छन्; र ठूला प्राविधिक कम्पनीहरूले विकास गरेका मेसिन–लर्निङ एल्गोरिदमहरूले आप्रवासन प्रवर्तन प्रणालीहरूमा सिधै डेटा प्रदान गर्छन्।

यो संयुक्त राज्य अमेरिकामा मात्र सीमित छैन। मेरो पुस्तक ‘द वाल्स ह्याभ आइजः सर्भाइभिङ माइग्रेसन इन द एज अफ आर्टिफिसियल इन्टेलिजेन्स’ मा, मैले युरोप र मध्यपूर्वमा यस्तै प्रविधिहरू प्रयोग भइरहेको दस्तावेज गरेको छु — ग्रीक शरणार्थी शिविरहरूमा जासुसी सफ्टवेयरदेखि युरोपेली संघको सीमा एजेन्सी, फ्रन्टेक्सद्वारा भविष्यवाणीमूलक सीमा प्रवर्तनसम्म। यी उपकरणहरूले निगरानी र नियन्त्रणलाई विस्तार गर्छन्। तिनले जवाफदेहीता वा सुरक्षा ल्याउँदैनन्।

सन् २०२४ मा डोनाल्ड ट्रम्पको पुनःनिर्वाचनपछि, यी प्रवृत्तिहरू तीव्र भएका छन्। निगरानीमा लगानी बढेको छ। निजी कम्पनीहरू फस्टाएका छन्। आइसीइले गैरकानुनी छापा, हिरासत र निर्वासनलाई समावेश गर्न आफ्नो शक्ति विस्तार गरेको छ। सैन्य एकाइहरू अमेरिका–मेक्सिको सीमामा तैनाथ गरिएका छन्। अब, क्ष्ऋभ्च्ब्क्ष्म् ले प्रवर्तनलाई जनतामा आउटसोर्स गरेर नयाँ तह थप्दैछ।

यो प्लेटफर्मले आठवटा कथित आपराधिक गतिविधिका श्रेणीहरूमा फोटोग्राफिक “प्रमाण” अपलोड र प्रमाणीकरण गर्ने प्रयोगकर्ताहरूलाई क्रिप्टो पुरस्कार प्रदान गर्छ। जति धेरै योगदान र स्थानहरू पेश गरिन्छ, त्यति नै धेरै टोकनहरू कमाइन्छ। निगरानी खेलजस्तो बन्छ। शंका आम्दानीको स्रोत बन्छ।
यो एरिजोनामा विशेष रूपमा खतरनाक छ, जहाँ निगरानी हिंसाको लामो इतिहास छ। अर्धसैनिक शैलीका समूहहरूले कानुनी अधिकार बिना सीमा पार गर्ने मानिसहरूलाई हिरासतमा लिएका छन्, कहिलेकाहीं उनीहरूलाई मेक्सिकोमा फिर्ता पठाउन बाध्य बनाएका छन्। यस्ता भेटहरूमा धेरै मानिसहरूको मृत्यु भएको जानकारी छ । ICERAID ले यो व्यवहारलाई रोक्दैन — यसले डिजिटल उपकरणहरू र वित्तीय प्रोत्साहनहरू प्रदान गरेर नागरिकहरूलाई प्रवर्तकजस्तो व्यवहार गर्नुलाई सामान्यीकरण गर्छ।

अझ चिन्ताजनक कुरा, प्रतिरोध पूर्वाधारको सह–उपयोग हो। ICERAIDको URL www.iceraid.us, People Over Papers को वेबसाइट WWW.iceraid.us सँग लगभग समान छ, जुन आइसीइछापाहरू ट्र्याक गर्ने र कागजातविहीन समुदायहरूलाई संरक्षण गर्ने समुदाय–नेतृत्वको पहल हो। यो समानता संयोगवश होइन। यो घाँसको जरा स्तरको प्रतिरोधलाई भ्रमित र कमजोर बनाउने जानाजानी चाल हो।

ICEraid असामान्य होइन। यो एक व्यापक प्रणालीको स्पष्ट प्रतिबिम्ब हो — जसले आप्रवासनलाई अपराधीकरण गर्छ, शंकालाई पुरस्कृत गर्छ, र निजी प्रविधि र सार्वजनिक डरमार्फत प्रवर्तनलाई विस्तार गर्छ। सार्वजनिक अधिकारीहरूले आतंक भड्काउँछन्। कर्पोरेसनहरूले उपकरणहरू बनाउँछन्। नागरिकहरूलाई यो काम गर्न भर्ती गरिन्छ।

प्रविधि कहिल्यै तटस्थ हुँदैन। यो विद्यमान शक्ति संरचनाहरूलाई प्रतिबिम्बित गर्छ र प्रवर्धन गर्छ। Iceraid ले सुरक्षा प्रदान गर्दैन — यसले एक विकेन्द्रीकृत निगरानी शासन निर्माण गर्छ जसमा नस्लीकृत शंकालाई नगदीकरण गरिन्छ र जीवनहरू डेटामा परिणत गरिन्छ। यो प्रणालीलाई चिन्नु र प्रतिरोध गर्नु यात्रामा रहेका मानिसहरूलाई संरक्षण गर्न मात्र आवश्यक छैन। यो प्रजातन्त्रको अस्तित्वका लागि पनि अनिवार्य छ।

:अलजजिराबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com