ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प विश्वमा मिसाइलहरुको नाटक, युद्धबाट बाहिर निस्कने मार्ग


शुभशंकर कँडेल

एबीसी विश्लेषणः १० असार । वास्तवमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक साइटमा हमला गर्नु र इरानले त्यसको जबाफमा कतारमा रहेको अमेरिकी सैन्य अखडामा मिसाइल प्रहार पूर्वनियोजित आपसी सल्लाहअनुसारकै ब्यालिस्टिक मिसाइलहरूसहितको वैश्विक नाटक भएको प्रमाणित भएको छ । जुन २३ मा इरानले कतारको अल–उदेइद हवाई अड्डामा १४ वटा प्रोजेक्टाइलहरूको सल्भो प्रहार गर्ने वित्तिकै ट्रम्पले इरानप्रति कृतज्ञता व्यक्त गर्दै आह्वान गरेको युद्धविरामको संकेत के हो ? सन् १९९६ देखि कतारमा रहेको अमेरिकाको सेन्ट्रल कमान्डको क्षेत्रीय मुख्यालयले मध्यपूर्वमा अमेरिकी वर्चस्वको निगरानी गर्दछ । अमेरिकाको मध्यपूर्वी तथा एशियालाई समेत त्रासमा राख्ने अखडामा हानिएको यो ब्यारेज इरानको अमेरिकाविरुद्धको पहिलो प्रतिशोधात्मक कारबाही थियो । एक दिनअघि मात्र इरानी आणविक सुविधाहरूमा भएको अमेरिकी आक्रमणको जवाफमा तेहरानले प्रतिउत्तर दिएको स्वयं ट्रम्पले सगौरव घोषणा गरेका छन् भने तेहारनले त्यसलाई स्वीकार गरेको छ । इरानी हमला स्पष्ट रूपमा हताहत टार्नका लागि डिजाइन गरिएको र ट्रम्पलाई थप कुनै सैन्य कदम नचाल्नका लागि मन्चन गरिएको वैश्विक सैन्यउन्मादी लघु नाटक भन्न पनि सकिन्छ । आक्रमणपछि ट्रम्पले यो “धेरै कमजोर प्रतिक्रिया“ भएको बताएर आफ्ना आकस्मिकताहरुका श्रृंखलामा नयाँ ट्रिक थपेका छन् । “म इरानलाई अग्रिम सूचना दिएकोमा धन्यवाद दिन चाहन्छु“ र “शायद इरान अब शान्तितर्फ अघि बढ्न सक्छ।“ मिसाइ प्रहारबाट अमेरिकी सैन्य अखडामा रमाइलो र कतार तथा मध्यपूर्वमा सन्त्रास बढिरहेको सममा ट्रम्पले इजरायल र इरानले आगामी घण्टाहरूमा सुरु हुने युद्धविराममा सहमति जनाएको घोषणा गरिदिए । यस्तै घोषणा उनले अघिल्लो महिना भारत–पाकिस्तानबीचको तनावका बेलामा पनि गरेका थिए । आशा गरौं अब यो युद्धको नाटक यही समापन हुनेछ ।
इरानी शासनलेसप्ताहान्तमा तीनवटा आणविक साइटहरूमा भएको अमेरिकी बमबारीको जवाफमा केही गर्नुपर्ने महसुस गर्नु आश्चर्यजनक होइन। तेहरानले स्पष्ट रूपमा विश्वको सबैभन्दा सुरक्षित अमेरिकी सैन्य अड्डाहरूमध्ये एकमा कमजोर मिसाइल प्रहार गर्ने योजना बनायो । तेहरानले कतारीहरूलाई आक्रमण आउँदैछ भनेर चेतावनी दियो, जसले गर्दा उसका छोटो र मध्यम दूरीका ब्यालिस्टिक मिसाइलहरू अमेरिकी हवाई रक्षा प्रणालीद्वारा अवरोध हुने सुनिश्चित गरिएको स्पष्ट भएको छ ।
सामाजिक सञ्जाल पोस्टमा, ट्रम्पले इरानको “धेरै कमजोर प्रतिक्रिया“ लाई विनाशकारीभन्दा प्रतीकात्मकको रूपमा प्रस्तुत गर्ने अवसरलाई समात्न पुगे ।
अल–उदेइदमा भएको आक्रमणको प्रकृतिले तनाव कम गर्न ट्रम्पलाई सजिलो बनायो। इरानले कतारलाई स्वभाविक रुपमा अग्रिम सूचना दिएको सहजै बुझ्न सकिन्छ । त्यसलगत्रै कतारले अमेरिकालाई सूचित गर्नु उसको धर्म हो । कतारले आक्रमणको करिब एक घण्टाअघि आफ्नो हवाई क्षेत्र बन्द गरेर वाणिज्यिक हवाइजहाजहरूलाई सुरक्षा प्रदान गरेको थियो । अन्तराष्ट्रिय सन्चार माध्महरुका अनुसार २३ जूनको दिनको विहानैबाट दोहामा रहेको अमेरिकी दूतावासले अमेरिकीहरूलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिइसकेको थियो ।
अमेरिकी हवाई रक्षा प्रणालीले केही इरानी मिसाइल प्रोजेक्टाइलहरू खसालेको जस्तो देखिन्छ। मिसाइल र अवरोधकहरूका टुक्राहरू दोहा वरपरका सडक र आँगनमा खसेको टेलिभिजन दृश्यमा देखाइएको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले कुनै पनि व्यक्तिलार्य चोटपटक नलागेको तुरुन्तै प्रतिक्रिया दिएका छन् । जस्तो कि नाटक हेरिरहेका दर्शकलाई वियोगान्त दृश्यले दर्शकलाई सुँक्सुँकाउन नपरोस् । क्षेत्रमा तनावका कारण अमेरिकी सैन्य अड्डालाई पहिले नै खाली गरिएको थियो । ट्रम्पको सोसल ट्रुथ घोषणा लगत्तै अमेरिकी सैन्य अधिकारीहरुले पनि आफ्ना कुनै सैनिक घाइते नभएको दावी गरेका छन् । यद्यपि अड्डामा कति क्षति भयो भन्ने अझै स्पष्ट छैन । यस प्रहारका कारण इरानले क्षति “नष्ट भएको“ दाबी गरेको छ भने ट्रम्पले “लगभग कुनै“ विनाश नभएको घोषणा गरेका छन् ।किन कि उनले कुनै मिडियासँग भन्दा पनि निरन्तर सोसल ट्रुथबाट अपडेट गराइरहेका छन् । उनी कुनै युद्ध रिपोटर नभएर अमेरिकी राष्ट्रपति भएकाले यसलाई विश्वले घोषणा नै भन्नु उपयुक्त हुन्छ ।


अर्को तरिकाले हेर्दा यसपटकका हवाई हमलाको पटाक्षेप २०२० को पुनरावृत्ति जस्तो देखिन्छ । त्यतिबेला यिनै ट्रम्पले इरानी जनरल कासेम सुलेमानीको हत्याको आदेश र उनको हत्यापछि इरानले इराकमा रहेको अमेरिकी अड्डामा मिसाइल प्रहार गरेको थियो। त्यसबेलाको लक्ष्य पश्चिमी इराकको आइन अल–असद अड्डा थियो। त्यतिबेला पनि पर्याप्त चेतावनीका कारण कुनै अमेरिकी सैनिक नमारिए पनि धेरैलाई चोट लागेको थियो ।
इरानले सम्भवतः आफ्नै भूमिमा भएको आक्रमणले ठूलो प्रतिक्रिया जनाउनै पर्ने वाध्यतालाई सगर्व ट्रम्पले नै अनुमोद गरिदिएकाले विश्व नेताहरु चकित परेको हुनुपर्छ । यद्यपि यसपटक कतारलाई लक्ष्य बनाउनका लागि उसका धेरै कारणहरू हुन सक्छन्। पहिलो कारण प्रतीकात्मक हमला थियो। यो पटक, इरानले कम्तीमा आफ्नो लक्ष्यको छनोटमा, अलि महत्वाकांक्षी देखियो। मध्य पूर्वको सबैभन्दा ठूलो अमेरिकी सैन्य स्थापना, अल उदेइद एयर बेस, तेहरानका लागि स्वाभाविक लक्ष्य अनुमानि थियो। कतारी अखडामा १० हजार अमेरिकी सेना, लडाकु जेट, बमवर्षक विमान र अन्य सैन्य विमानहरूको घुम्ती समेत रहेको छ ।
यद्यपि अमेरिकाले इरानको आणविक सुविधाहरूमा आक्रमण गर्न अल–उदेइद प्रयोग गरेको थिएन । तथापि मध्य पूर्वमा अमेरिकाको सबैभन्दा ठूलो अड्डा यही भएकाले इरानी जनतालाई हामी जेपनि गर्न सक्छौं भन्ने त्यहाँका शासक आयोतोत्ललाहा खामेनीलाई देखाउनु थियो । अर्कातिर इरानले अमेरिकी गठबन्धनहरूलाई कमजोर पार्ने भन्दा बढी ट्रम्पलाई तर्साउन पनि गरेको हुन सक्छः यदि अमेरिकी सैनिकहरूको युद्ध आमन्त्रणलाई खाडी देशहरूले धेरै पटक सोच्न सक्छन्।
मध्य पूर्वमा अमेरिकाका सबै हवाई मिशनहरू कतारकै यही अड्डाको बीचमा रहेको कम्बाइन्ड एयर अपरेसन्स सेन्टर भनिने भवनबाट सञ्चालित हुन्छन्। यो झ्यालरहित, बहुतले संरचना किल्ला हो । यो भवनलार्ई रेजर तारले घेरिएको छ । यसभित्र, अमेरिकी र सहयोगी कमान्डरहरू कम्प्युटर स्टेशनहरूमा बसेर ठूलो कोठामा टिभी स्क्रिनहरूको वरिपरि बसेर नक्शा, विमान स्थानहरू र मध्य पूर्वमा उड्ने ड्रोनहरूबाट प्रत्यक्ष भिडियो फिडहरूको अवलोकन गर्दछन् । इरानका तीन आणविक साइटहरूमा भएको आक्रमण लगभग निश्चित रूपमा त्यहाँ सञ्चालन गरिएको हुनु पर्छ ।

कतारमा अमेरिकी जतिसुकै ठूलो हवाइ अड्डा भए पनि साउदी अरबिया वा संयुक्त अरब इमिरेट्स (यूएई) जस्तो वाशिंगटनमा धेरै न्यानो समर्थन प्राप्त गर्दैन। प्यालेस्टिनी लडाकु समूह हमासलाई समर्थन गरेको कारण अक्टोबर ७ देखियता विशेष रूपमा अमेरिकाले दोहालाई विवादास्पद बनाउँदै आएको छ छ। अर्कातिर कतारको इरानसँग मैत्रीपूर्ण सम्बन्ध छ, जसले प्रतीकात्मक आक्रमणलाई समन्वय गर्न सजिलो बनाएको हुन सक्छ।

प्रतीकात्मक भए पनि, यो ब्यारेजले खाडीभरि चर्को त्रास भने अवश्य नै पैदा गरेको हुनुपर्छ । छिमेकी बहराइनमा एयर–रेड साइरन बज्नु, विश्वको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल दुबईका लागि भएका उडानहरू डाइभर्ट हुनुले स्वभाविक सन्त्रास अनुमान गर्न सकिन्छ । यसबाट मध्यपूर्वी देशहरुले थप लडाइँ नहोस् भन्ने दिशामा काम गर्ने आशा गरिएको हुनसक्छ ।

युद्धविराम भए पनि, द्वन्द्व पूर्ण रूपमा समाप्त भएको घोषणा गर्नु धेरै हतार हुनसक्छ । स्वभाविक रुपमा राष्ट्रपतिको ट्रम्पका अडान र घोषणा अप्रत्याशित छन् । उनले इरानले आफ्नो आणविक कार्यक्रमलाई प्रतिबन्धित गर्ने सम्झौताको लागि वार्ता नगरेमा थप आक्रमणहरूको संकेत गरेका थिए । “भविष्यका आक्रमणहरू धेरै ठूला र धेरै सजिलो हुनेछन्,“ उनले जुन २२ मा गरेको घोषणाको अर्थमा विश्व घोत्लिइरहँदा उनले अर्को चक्मा दिएका छन् । इरानले सम्झौताको लागि आवश्यक शर्तहरू मान्ने कुनै इच्छा देखाएको छैन।
यदि ट्रम्प घोषित युद्धविराम कार्यान्वयन भएन भने ट्रम्पले भविष्यमा थप आक्रमणहरूको आदेश दिन सक्छन् । त्यसको जबाफमा इरानले सम्भवतः आफ्नो प्रतिक्रियालाई बढाउनेछ। थप प्रतिक्रियामा तेहरानले साउदी अरबिया वा यूएई, क्षेत्रका दुई ठूला अर्थतन्त्रहरूमाथि आक्रमण गर्न पनिसक्छ। इरानले सवै विकल्पहरू खुला राखेको देखिन्छ। जुन २२ मा इरानको संसदले होर्मुज स्ट्रेट बन्द गर्ने सुझाव दिएको छ। तेहरानको शासनले यसलाई कार्यान्वयन गरेमा फारसी खाडीलाई हिन्द महासागरसँग जोड्ने साँघुरो जलमार्ग बन्द हुनेछ। विश्वको समुद्री मार्गबाट ढुवानी हुने क्रूड तेलको करिब एक तिहाइ यही स्ट्रेटबाट पार हुन्छ। इरानले यो स्ट्रेटलाई माइन राखेर आवागमन गर्न नसकिने बनाउन सक्छ। इरानले यस्तो पहिले पनि गरेको थियो । तेहरानले १९८० को दशकको तथाकथित “ट्यांकर युद्धहरू“ मा खाडीमा माइन राखेको थियो । त्यसपछिका विभिन्न द्धन्द्धमा पनि अमेरिकामाथि दबाव बढाउन पानी जहाजहरू नियन्त्रणमा लिने उपक्रम गर्दै अएको उदाहरण छ । पछिल्लो पटकको चर्चित घटना भनेको २०१९ मा एक बेलायती ट्यांकर तेहरानले कव्जा र विस्फोट गराएको निकट विगत उदाहरण स्मरण गर्न सकिन्छ ।
यद्यपि केही खाडी देशहरूले त्यसयता होर्मुजलाई बाइपास गर्ने तरिकाहरू विकास गरेका छन्। साउदी अरबियासँग देशभरि पाइपलाइन छ । यसले प्रति दिन ५ मिलियन ब्यारेल (बीपीडी) तेललाई आफ्नो पश्चिमी तटमा ढुवानी गर्ने र यूएईसँग पनि पाइपलाइन छ । तर कुनै पनि अवरोधले ऊर्जा मूल्यहरूमा चर्को बृद्धि हुनेछ । ३ मिलियन बीपीडी उत्पादन गर्ने कुवेतलाई भने होर्मुज स्ट्रेटको विकल्प छैन। यही कुरा विश्वको सबैभन्दा ठूलो तरल प्राकृतिक ग्यास निर्यातकर्तामध्ये एक कतारका लागि पनि लागू हुन्छ।
हाल इरान प्रतिशोधबाट पछि हट्दा पनि, धेरै ठूलो निर्णय नजिकिँदैछः इजरायली र अमेरिकी आक्रमणहरूले ध्वस्त भएको आफ्नो आणविक कार्यक्रमलाई पुनर्निर्माण गर्ने कि नगर्ने, र कसरी गर्ने भन्ने गम्भीर प्रश्न खडा हुने । पहिले नै आणविक हतियार बनाउन उसमाथि चर्को दबाव छ । जसले गर्दा भविष्यका आक्रमणहरूलाई रोक्न सकियोस्। इरानी संसदले सरकारलाई गैर–प्रसार सन्धि (एनपीटी) त्याग्न आह्वान गरेको छ। यदि इरानले यस्तो ग¥यो, र संयुक्त राष्ट्रको परमाणु निगरानी निकायका निरीक्षकहरूलाई निस्काशित गरिदियो भने कार्यक्रमको अनुगमन असम्भव हुनेछ।
इरानको कमजोर आक्रमण बाहिर निस्कने बाटो

अमेरिकी सैन्य अखडामा कुनै अमेरिकी हताहत वा गम्भीर क्षति नभएकाले राष्ट्रपति ट्रम्पलाई सट्टापट्टाको तनावबाट बाहिर निस्कने अवसर दिएको देखिन्छ नै । वास्तवमा अब कुनै पनि पक्षलाई शत्रुता बढाउनुको सट्टा कूटनीतिक प्रयासहरू पुनः सुरु गर्ने अवसर हुन पनि सक्छ।
क्षेत्रमा रहेका अमेरिकी सेनाहरू सतर्क रहनुपर्छ, निश्चित रूपमा। तर यदि सोमबारको आक्रमण कुनै संकेत हो भने, तेहरान संयुक्त राज्यसँग व्यापक युद्धमा प्रवेश गर्न चाहँदैन, र यसका नेताहरूले पनि संयुक्त राज्यसँग आफ्नो आणविक कार्यक्रमको भविष्यबारे छलफल गर्न कूटनीतिक प्रयासलाई पछ्याउन सक्छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

काम नगर्ने ठेकेदार कम्पनीहरूलाई धमाधम कालोसूचीमा राख्दै छौँ- मन्त्री दाहाल

प्रचण्डलाई ओलीको जवाफ– ‘तपाईंका न कुनै वाचा, न कुनै निर्णय, न कुनै काम’

विपक्षीको बहिष्कारबीच मधेशको बजेट पारित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

प्रधानमन्त्रीलाई गगन थापाको आग्रह- सामान्य प्रशासन मन्त्रीलाई तत्काल बर्खास्त गर्नुस्

कांग्रेस परेर स्वर्ग र नर्ककै गोलचक्करको पासोमा आफ्नो जनमतलाई समर्पण गर्यो- अध्यक्ष प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com