ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली युद्धोन्मादी खुशी कसरी उत्सवमा परिणत हुन्छ त ?


शुभशंकर कँडेल

एबीसी विश्लेषण: इजरायलले शुक्रबार ‘सर्पको टाउको’ भनेर दुत्कार्दै आएको लक्ष्यमा निर्णायक आक्रमण गर्‍यो — इरानका वरिष्ठ सैन्य कमान्डरहरू र वैज्ञानिकहरूको हत्या गर्‍यो, जसले तेहरानको आणविक कार्यक्रम र प्रोक्सी शक्तिहरूलाई निर्देशन गर्ने शीर्ष अधिकारीहरुको हत्याले सिंगो विश्वलाई हल्लाउन पुग्यो । आक्रमणको शुरुका केही घण्टामा यो आक्रमणलाई ‘डिक्यापिटेशन’ (नेतृत्वविहीन बनाउने) हमलाको रूपमा हेरिएको थियो । यस्तो आक्रमण गत शरदमा लेबनानमा रहेका हिजबुल्लाहविरुद्ध इजरायलको विनाशकारी आक्रमण देखिएको थियो ।नेतन्याहूले लामो समयदेखि इरानी “अक्टोपस” – गाजामा हमास, लेबनानमा हिजबुल्लाह, सिरियाका पूर्व नेता बशर अल-असदको शासन र यमनका हुथी लडाकूसहितको क्षेत्रीय सञ्जाललाई नष्ट गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।


अमेरिकी रणनीतिकारहरुकै शव्दमा यो सर्पलाई मार्न गाह्रो छ(वाशिंगटन पोष्ट। जून १३)।अमेरिकीहरुले नै आरोप लगाइरहेका छन् इजरायलको सबैभन्दा नजिकको सहयोगी देशका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्नेक चार्मर(सर्पप्रति तमासे) को भूमिका निभाइरहेका छन्। आक्रमण लगत्तै युद्धन्मोदी प्रहसन शैलीमा ट्रम्पले भनेका छन् ‘मैले इरानलाई सम्झौता गर्न एकपछि अर्को अवसर दिएँ’ भन्दै उनले इजरायलबाट ‘अझ धेरै कुरा आउन बाँकी छ’— ‘केही पनि बाँकी नरहँदासम्म सम्झौता गर्न’ र ‘एक समय इरानी साम्राज्य भनेर चिनिने कुरालाई बचाउन’ समेत ट्रम्पले आफ्नै स्वामित्वको सोसल साइट ट्रुथ सोसलमा लेखेका छन् । कुनै अमेरिकी राष्ट्रपतिको यो भनाई सवैभन्दा बढी भविष्यमा उद्धृत हुने निश्चित छ ।’इजरायलले इरानमाथि गरेको आकस्मिक हमलाले संयुक्त राज्य अमेरिकाले महिनौंदेखि खोजिरहेको आणविक सम्झौताको सम्भावनालाई लगभग पूर्ण रूपमा नष्ट गरेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले क्षेत्रमा तैनाथ ४०,००० अमेरिकी सैनिकहरूलाई पनि लापरवाहीपूर्ण ढङ्गले खतरामा पारेका छन्, जसले उनीहरूलाई इरानको जवाफी हमलाको तत्काल जोखिममा राखेको छ, जसले अमेरिकालाई इरानसँग युद्धमा तान्न सक्छ'(रोजमरी क्लेनाइक, न्युयोर्क टाइम्स, जून १४)।
विगतका दशकहरूमा, मध्यपूर्व (पश्चिम एशियालाी) क्षेत्रका अन्य सबै देशहरूले इजरायलसँग कुनै न कुनै रूपमा सम्झौता गरेका छन् । इजरायलको शक्तिशाली अमेरिका–समर्थित सेनाले प्रभाव पारेको छ भने अर्कोतर्फ त्यही सेनाबाट विकसित भएको सुरक्षा–केन्द्रित प्रविधि क्षेत्रले समेत। इरान भने फरक थियो र छ । तेहरानले इजरायललाई मुस्लिमहरुको एममात्र मध्यपूर्वको एकीकृत शत्रुको रूपमा चित्रण गर्दै आएको छ । ‘जायोनिस्ट इकाई’ को उन्मूलनलाई अयोताल्लाहा खोमेनीले करिब १ हजार माइल टाढाबाट मूल आधार बनाउँदै आएको परिवेशमा यसपटक सैन्य झडप कुनै नौलो परिघटना भने होइन ।

ट्रम्पको कूटनीतिले के साँच्चिकै उनले सन् १९७९ को क्रान्ति र ‘अमेरिकालाई मृत्यु’ भन्ने नियमित नाराबाट शुरू भएको इरानसँगको शीतयुद्ध समाप्त गर्न खोजेका हुन् भन्ने गम्भीर चुनौती खडा भएको छ । धेरै दशकहरूले संयुक्त राज्य अमेरिका र इजरायल दुवैले गम्भीर पाठ सिक्नु पर्ने कुरा के हो भने इरानसँगको सङ्घर्ष शुरू गर्न सजिलो छ, तर समाप्त गर्न निकै गाह्रो छ।

इरानी मिसाइल तेलअभिवको आकाशामा


ट्रम्पको इरानप्रतिको कूटनीतिक पहल, वास्तवमै इजरायलको जबरदस्त सैन्य शक्तिद्वारा समर्थित हुनुका साथै उनको राष्ट्रपतित्वको सबैभन्दा महत्वाकांक्षी कदमहरू मध्ये एक समेत हो। तर इरानसँग प्रतिशोधका लागि उपलब्ध गुप्त उपकरणहरू — विशेषगरी यमन र अफगानिस्तानमा अल–कायदा सञ्चालकहरूसँगको सम्बन्ध — लाई ध्यानमा राख्ने हो भने ट्रम्पको क्यारोट एण्ड स्टिक नीति मध्यपूर्वमा उपयोगी हुने सम्भावना शून्य बराबर छ । इरानलाई गलत अनुमान र अनावश्यक उत्तेजित गर्ने सिलसिलेवर कदमहरले विनाशकारी परिणामहरू निम्त्याउन सक्छ।
इजरायल शुक्रबार इरानको जवाफी आक्रमणको लागि तयार नै थियो । तेहरानबाट प्रक्षेपित १०० भन्दा बढी ड्रोन हमलालाई तेलअभिभ मात्र नभएर सिंगो इजरायलले नै स्वागत गर्ने विष्मयकारी स्थिति प्रतित भएको छ । यतिबेला दुवै पक्षले गोलीबारी जारी राख्दै गर्द दुवै देशमा दर्जनौं हताहत हुनुका साथै मध्यपूर्वमा पूर्णस्तरको युद्धतर्फको सङ्कट खडा भएको छ ।
ट्रम्पको दोस्रो कार्यकामा मध्यपूर्व
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आशा गरे अनुसार शुक्रबार शुरू भएको र केही दिनसम्म चल्न सक्ने यो हमला, सन् २०२३ अक्टोबर ७ मा इरान समर्थित हमास आतङ्ककारीहरूले गाजा सीमामा आक्रमण गर्दा शुरू भएको युद्धको अन्तिम अभियान हुनेछ। सम्भवतः नेतन्याहूले अहिले कारबाही गर्न समय रोज्नुको कारण उनले इरान कहिल्यै यति कमजोर नभएको विश्वास गरेको हुनुपर्छ । सायद ट्रम्पको कूटनीतिक प्रयासलाई समेत उनका ‘पागल साथी’ विबीले ट्रम्पलाई विफल पार्न पनि चाहेको जस्तो देखिन्छ ।
यो सङ्घर्षको ‘वाइल्ड कार्ड’ के भयो भने वाशिंगटनपोष्टका लागि स्तम्भकार डेभिड इग्नाटियसले लेखेका छन्ः इजरायलको महाशक्ति सहयोगी, संयुक्त राज्य अमेरिका, हाललाई तटस्थ रहन खोजिरहेको छ। शायदै कुनै अमेरिकी विदेशमन्त्रीले आक्रमणको शुरुका घण्टामा मार्को रुबियोले जस्तो निष्पक्षताको चिसो बयान दिएका होलान्ः ‘हामी इरानविरुद्धको हमलामा संलग्न छैनौं र हाम्रो मुख्य प्राथमिकता क्षेत्रमा अमेरिकी सेनाहरूको सुरक्षा गर्नु हो।’ इरानी जवाफी हमला बढ्दै जाँदा, ट्रम्पले इजरायलको पक्षमा हस्तक्षेप गर्न बढ्दो राजनीतिक दबाबको प्रतिरोध गर्न गाह्रो हुने कल्पना गर्न सकिन्छ, र शुक्रबार ढिलो हुँदा, एक्सिओसले अमेरिकी सेनाले इजरायललाई अस्पष्ट तरिकाले सहयोग गरिरहेको रिपोर्ट गरेको थियो ।
ट्रम्प र नेतन्याहू ट्रम्पको शपथपछि धेरै चाँडै अन्योलपूर्ण मतभेदमा रहेका थिए । नेतन्याहू फेब्रुअरीमा वाशिंगटन गएर इरानी आणविक सुविधाहरूविरुद्ध बमबारी अभियानको लागि ट्रम्पको समर्थन प्राप्त गर्न खोजेका थिए । तर ट्रम्पले अस्वीकार गरे, र अप्रिलमा ओभल अफिसको बैठकमा, नेतन्याहू असहज रूपमा उनको छेउमा बसेका बेला, ट्रम्पले तेहरानसँग वार्ता शुरू गर्ने घोषणा गर्दा बिबी चकित परेको घटनाक्रम स्मरण गर्नु उपयुक्त हुनेछ ।
नतिजा हालका हप्ताहरूमा त्रियामिक ‘चिकन गेम’ भएको छ — इजरायलले इरानसँग युद्धको धम्की दिँदा अमेरिकाले शान्तिको लागि अम्मानमा वार्ता गरिरहेको छ। ट्रम्पको कूटनीतिले इजरायललाई इरानका मिसाइलहरू जति नै खतरा महसुस भएको जस्तो देखिन्छ। नेतन्याहूले यो हप्ता अब धेरै पर्खन नसकिने निर्णय गरिसकेका छन् ।
इजरायलले शुक्रबार एक उत्कृष्ट र सटिक हमला गरेर तेहरानलाई उत्तेजित बनाएको छ । पहिलेदेखि तेहरानमै छद्म रुपले राखिएका ड्रोन र अन्य हतियारहरू प्रयोग गर्दै शुक्रबार विहानीनको झिसमिसे नहुँदै इरानी सैन्य प्रमुख मोहम्मद बघेरीको घर र अन्य तीनजना शीर्ष जनरलहरूको घरमा सटीक हमला गर्‍यो। तेहरानको उत्तरपूर्वमा वरिष्ठ कमान्डरहरूको अपार्टमेन्टहरूमा विस्फोट शुरू हुँदा बिहानको ३ पनि बजेको थिएन। इरानले इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्सका प्रमुख, अन्य दुई वरिष्ठ कमान्डरहरू, र इजरायलले लक्षित गरेको बताइएका २५ आणविक वैज्ञानिकहरूमध्ये कम्तीमा दुई जनाको हत्या गर्ने सफलता पाएको मा खुशी मनाएको छ । तेहरानबाट सार्वजनिक गरिएका भिडियो फुटेजले हमलाको सटीकतालाई स्पष्ट गरेको छ । कतिसम्म भने एक अपार्टमेन्ट भवनको एक तल्ला मात्रै प्रभावित भएकोछ भने अन्य तल्लाहरू सुरक्षित रहेको देखायो।
मोसादले तेहरानको मुटुमा ड्रोन आधार बनाएको इजरायली पत्रकार अमित सेगलले हार्टेजमा उल्लेखख गरेका छन् । सेगलका अनुसार इजरायलले तेहरानभित्रका हतियारहरूलाई एन्टिएयरक्राफ्ट कम्प्लेक्सहरूको छेउमा र विशेष घुम्ने सवारी साधनहरूमा राखेको थियो जसले गर्दा हमला शुरू हुँदा इरानी रक्षालाई निष्क्रिय गर्न सकियोस्।
इजरायलले २०० भन्दा बढी लडाकु विमानहरू प्रयोग गरेको दावी गरेको भन्दै धेरै चरणमा हमला गरेको थियो । इजरायलले नातान्ज, इस्फाहान र फोर्डोमा रहेका इरानी आणविक सुविधाहरूलाई निशाना बनाउन सफल हुनु यी दुई देशबीचको सैन्य द्धन्द्धमा सवैभन्दा उत्कृष्ट निशाना पक्कै पनि बन्न पुग्यो । हमलाको दायरा हेर्दा इजरायलले, अक्टोबरमा र शुक्रबारको अन्तिम चरणमा इरानी वायु रक्षालाई धेरै हदसम्म नष्ट गरेको थियो। शुक्रबारसम्म, इरान गाजाको जस्तै इजरायली हवाई हमलाको लागि कमजोर देखिएको अमेरिकी विश्लेषणलाई भने शनिबारबारको जबाफी आक्रमणले गलत सावित गरिदिएको हुनसक्छ ।
गत शरदसम्म, इरानको मुख्य प्रोक्सी बल हिजबुल्लाहको लेबनानमा रहेको विशाल रकेट भण्डार इजरायली हमलाहरूले धेरै हदसम्म निष्क्रिय भएको छ । त्यसमाथि आक्रमण लगत्तै लेबनानी राष्ट्रपति जोसेफ आउनले शुक्रबार यो सङ्घर्षमा नपर्ने प्रतिज्ञा गरेका छन्(न्यूयोर्क टाइम्स, जून १३)।
तर इरानसँग जवाफी हमला गर्ने अन्य उपायहरू मध्ये धरेरैले कमै ध्यान दिएको अलकायदा सहायकहरूसँगको सम्बन्धलाई पश्चिमा रणनीतिकारहरुले उल्लेख गर्न थालेका छन् । केही अमेरिकी प्रतिआतङ्कवाद विरोधी अधिकारीहरूका अनुसार, तेहरानले नयाँ डी–फ्याक्टो अलकायदा ‘एमिर’ सैफ अल आदेल, सँग राम्रो सम्बन्ध बनाएको छ । आदेलले सन् २०२४ मा आयमान अल जवाहिरीको मृत्यु पछि नेतृत्व गर्दै आएको मानिन्छ । आदेलले ओसामा बिन लादेनको लागि अमेरिकामाथि आक्रमण गरिएका बेला त्यसको योजना व्यवस्थापनमा सहयोग गरेको बताइन्छ (वाशिंगटनपोष्ट, जून १३) ।
हुथी विद्रोही नियन्त्रित यमनमा अलकायदाको सहायक समूहको साद बिन आतिफ अल अलाकीले नेतृत्व गर्छन् । यो समूह इजरायलका लागि घातक हुनसक्ने अनुमान गरिंदै छ । यही महिनामा अलाकीले अमेरिकी अधिकारीहरूलाई धम्की दिने एक डरलाग्दो भिडियो पोस्ट गरेका थिए। ‘पृथ्वीको कचरा र यसका ठूला अपराधीहरूलाई पछ्याऔं ‘ भन्दै उनले आफ्ना अनुयायीहरूलाई ट्रम्प, उपराष्ट्रपति जेडी भान्स, रक्षा मन्त्री पिट हेग्सेथ, र पूर्व डोज प्रमुख इलन मस्कलाई पछ्याउन आदेश दिएका थिए । ‘गाजामा हाम्रा मानिसहरूलाई भएको सबै कुराका पछि कुनै रातो रेखा छैन,’ अलाकीले भनेका थिए । अब यो निशाना मध्यपूर्वमा रहेका अमेरिकी सैन्य सम्पत्ति वा तेलअभिव वा अन्य पश्चिमी राजधानी बन्न सक्ने सन्त्रासमा पेन्टागन जुधिरेहको देखिन्छ (फरेन अफेयर्स, १४ जून) । इजरायको एक पत्रिका यरूशलेम पोस्टका अनुसार, अलाकीले युरोप र अमेरिकामा मुस्लिमहरूलाई यहूदीहरूका लागि ‘एउटा पनि सुरक्षित ठाउँ’ नहोस भन्ने सुनिश्चित गर्न आफ्ना लडाकुहरुलाई अपिल गरेका छन् ।

इजरायलका आक्रमणहरूले हालसम्म इरानको परमाणु कार्यक्रमको लागि आवश्यक धेरै पावर स्टेशनहरू, भवनहरू, र पूर्वाधारहरू नष्ट गर्नमा सफलता प्राप्त गरेका छन्। इजरायलले इरानमा लक्ष्यहरूमा इच्छानुसार आक्रमण गर्ने क्षमता पनि प्रदर्शन गरेको छ। तर इरानको रक्षात्मक किल्लाहरूमा ठूलो लगानी, कार्यक्रमप्रतिको प्रतिबद्धता, अतिरिक्त प्रणालीहरू, र इजरायलको कार्यको अन्तर्निहित कठिनाइलाई ध्यान दिँदा सफलता कुनै पनि अर्थमा सुनिश्चित छैन । कोलम्बिया विश्वविद्यालयको ग्लोबल इनर्जी पोलिसी केन्द्रमा वरिष्ठ अनुसन्धान स्कलर र वाशिंगटन इन्स्टिट्यूट फर नियर इस्ट पोलिसीमा बर्नस्टिन एड्जन्क्ट फेलो तथा बाइडेन प्रशासनमा इरानका लागि उपविशेष दूतको रूपमा र ओबामा प्रशासनमा राष्ट्रिय सुरक्षा परिषद र विदेश विभागमा काम गरेका रिचर्ड नेफ्यूले गरेको यो विश्लेषणलाई अविश्वास गर्न सकिने अवस्था छ्रैन (फरेन अफेयर्स, जून १४) । इरानले विश्वको २०–२५ प्रतिशत तेल र तरल प्राकृतिक ग्यास ढुवानी हुने होर्मुज स्ट्रेट बन्द गर्ने क्षमता प्रदर्शन गनसक्ने तथा महत्वपूर्ण रूपमा, इरानको रुस र चीनसँग रणनीतिक साझेदारीले पश्चिमी शक्तिहरुलाई हैरान पार्दै आएको परिवेश छँदैछ ।

इजरायलको सामरिक निपुणता निर्विवाद छ। तर इरानमाथिको यो पछिल्लो हमलामा — गाजा, लेबनान, सिरिया र यमनमा पहिलेका अभियानहरूमा जस्तै — इजरायलले ‘आगामी दिन’ का बारेमा तुलनात्मक रूपमा कम सोचेको देखिन्छ। के इजरायलले इरानमा शासन परिवर्तन चाहेको हो ? यदि यस्तो गर्न सकेमा इरानलाई यसको चरमपन्थी मार्गबाट स्थायी रूपमा टाढा पुर्याउन सम्भव हुनसक्छ । यस्तो उद्धेश्य प्रष्टै रुपमा नेतन्याहूको शुक्रबार रातको टेलिभिजन सम्बोधनमा इरानी जनताप्रतिको सन्देश नामक भिडियोमा देखिन्थ्यो। ‘यो तपाईंहरुका लागि अवसर हो, उठ्नुहोस् र आफ्नो आवाज सुनाउनुहोस्,’ नेतान्याहूले अपिल गरेका छने । शायद यस्तो भन्नुमा न्यूर्योक टाइम्समा जोनाथन एल फरिदम्यानले विश्लेषण गरेजस्तै तेहारानका राजनीतिक नेता वा सैन्य अधिकारीहरु दुई जना बसेर योजना बनाउँदा एकले अर्कोलाई मोसादको जासूस भएको आशंका गर्ने अवस्थाप्रतिको अधिका विश्वासले पनि हुनसक्छ । नेतन्याहूले इरानी आणविक खतरा केही वर्षको लागि निष्क्रिय पार्ने उद्धेश्य राखेको हमलामा सम्झौता गर्नुपर्ने हुन सक्छ, तर नेतान्याहूको यो पहलले भविष्यमा झनै डरलाग्दो सङ्घर्षको बीउ रोपिएको हुन पनि सक्छ।
न्यूयोर्क टाइम्समा फरिदम्यानले लेखे झैं यो घटनालाई ‘शुक्रबार इजरायलले इरानको आणविक पूर्वाधारमा गरेको पूर्ण(स्तरीय आक्रमणलाई मध्यपूर्वलाई पुनर्जनन गर्ने महत्त्वपूर्ण, खेल–परिवर्तनकारी युद्धहरूको सूचीमा थप्नुपर्छ, जुन हो दोर्सो विश्व युद्दपछि केवल तिनीहरूका मितिहरू — १९५६, १९६७, १९७३, १९८२, २०२३ — र अब २०२५ ले चिनिने’ त निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

काम नगर्ने ठेकेदार कम्पनीहरूलाई धमाधम कालोसूचीमा राख्दै छौँ- मन्त्री दाहाल

प्रचण्डलाई ओलीको जवाफ– ‘तपाईंका न कुनै वाचा, न कुनै निर्णय, न कुनै काम’

विपक्षीको बहिष्कारबीच मधेशको बजेट पारित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

प्रधानमन्त्रीलाई गगन थापाको आग्रह- सामान्य प्रशासन मन्त्रीलाई तत्काल बर्खास्त गर्नुस्

कांग्रेस परेर स्वर्ग र नर्ककै गोलचक्करको पासोमा आफ्नो जनमतलाई समर्पण गर्यो- अध्यक्ष प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com