ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राकृतिक स्रोत साधनको उत्खनन् बन्द गर्न मन्त्री जमरकट्टेलको निर्देशन


admin

चरिकोट, १३ चैत।  दोलखामा अवैध रुपमा भइरहेको बालुवा, गिटी, रोडाढुंगालगायत प्राकृतिक स्रोत साधनको उत्खनन् तथा मापदण्ड विपरितका क्रसर उद्योग तत्काल बन्द गर्न प्रदेश सरकारले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

प्रदेश नं ३ का आन्तरिक मामिला मन्त्री शालिकराम जमरकट्टेलले प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापालाई टेलिफोन गरेर प्राकृतिक स्रोत साधनको अवैध रुपमा भइरहेको दोहनको तत्काल अन्त्य गर्न निर्देशन दिनुभएको हो ।

जिल्लामा बालुवा, गिटी, रोडाढुंगा र अन्य प्राकृतिक सम्पदाको मनोमानी ढंगले उत्खनन् भइरहेको विषयलाई लिएर प्रदेशको गृह मन्त्रालय समेतको जिम्मेवारीमा रहेका आन्तरिक मामिला मन्त्री जमरकट्टेलले प्रमुख जिल्ला अधिकारी थापालाई आइतबार टेलिफोन गरेर निर्देशन दिनुभएको हो । उहाँले नियम विपरित सञ्चालित क्रसर उद्योग तथा बालुवा उत्खनन् बन्द गर्न निर्देशन दिनुभएको छ ।

जिल्लामा केही व्यापारी, राजनीतिक दलका नेता, जनप्रतिनिधि र प्रहरी प्रशासन समेतको मिलेमतोमा अवैध क्रसर सञ्चालन तथा बालुवा, गिटी र रोडाढंगाको मनपरी उत्खनन् तथा मनोमानी मूल्यमा बिक्री भइरहेको गुनासो आएको भन्दै मन्त्री जमरकट्टेलले यस्तो निर्देशन दिनुभएको हो ।

मन्त्री जमरकट्टेलले नियम विपरित सञ्चालित क्रसर उद्योग तथा बालुवा उत्खनन् बन्द गर्न निर्देशन दिनुभएको छ । उहाँले मापदण्ड पूरा गरेकालाई पनि व्यवस्थित ढंगले सञ्चालन गर्न निर्देशन दिनुभएको छ । बालुवा उत्खनन्को विषयलाई लिएर तामाकोशी गाउँपालिकास्थित भिरकोटको माझी वस्तीमा स्थानीय माझी समुदाय र प्रहरीबीच झडप भएको थियो ।

उहाँले चालु आवको असार मसान्तसम्म विद्यमान नियमानुसार नियमन गर्न र साउनबाट स्थानीय सरकार तथा प्रदेश सरकारले बनाउने ऐन र मापदण्डअनुसार क्रसर उद्योग तथा खानी सञ्चालन र व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको बताउनुभयो ।

भूकम्पपछि पुनःनिर्माणको बहानामा जिल्लामा तामाकोशीबाट जथाभावी उत्खनन् गर्नुका साथै मापदण्ड विपरित क्रसर सञ्चालन गरिँदैआएको छ । प्रमुख जिल्ला अधिकारी थापाले मन्त्री जमरकट्टेलले उक्त कार्य रोक्न निर्देशन दिनुभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com