१९३७ मा एक राष्ट्रपति सम्बोधनले अमेरिकी रणनीतिक चिन्तनमा अप्रत्याशित मोड ल्यायो।
अक्टोबर ५, १९३७ मा, राष्ट्रपति फ्र्याङ्कलिन डी. रुजवेल्टको अमेरिकी इतिहासमा सबैभन्दा अविस्मरणीय विदेश नीति सम्बोधन मध्ये एक यियो । उनले शिकागोमा आफ्नो समय विश्व सङ्कटको बारेमा कुरा गर्न प्रयोग गर्ने योजना बनाएका थिएनन्। वास्तवमा, उनी त्यहाँ शिकागो नदीमाथि नयाँ पुलको उद्घाटन गर्न गएका थिए जसले आउटर ड्राइभ (पछि लेक शोर ड्राइभ भनेर चिनियो) को उत्तरी र दक्षिणी भागलाई पहिलो पटक जोड्यो। र शिकागोका जनताका लागि, बाहिरी लिङ्क पुलको उद्घाटन विदेशमा उब्जिरहेको युद्धभन्दा धेरै ठूलो कुरा थियो।
तर शिकागोमा रुजवेल्टको सम्बोधनले अमेरिकी रणनीतिक चिन्तनमा क्रान्तिको वैचारिक आधार तयार ग¥यो। त्यस दिन, रुजवेल्टले सामाजिक आर्थिक कल्याण र राष्ट्रिय आत्मरक्षाको विचारलाई एकसाथ बुन्न थाले, जुन चाँडै “राष्ट्रिय सुरक्षा“ को रूपमा चिनिने नयाँ सिद्धान्त बन्यो।
यो नयाँ अवधारणा अन्तर्गत, राष्ट्रिय रक्षाको आधारभूत विचार क्षेत्रीय आत्मरक्षाको साँघुरो परिभाषाबाट धेरै व्यापक परिभाषामा परिवर्तन भयो, जसमा सुदूर खतराहरूले संयुक्त राज्यको आधारभूत सुरक्षालाई वैचारिक र आर्थिक रूपमा, साथै शारीरिक रूपमा पनि हानि पु¥याउन सक्छ भन्ने उच्च जागरूकतामा आधारित थियो।
रुजवेल्ट र उनलाई समर्थन गर्ने अन्तर्राष्ट्रियवादीहरूले प्रेरित गरेर, १९३० को दशकको अन्त्यतिर, अमेरिकीहरूले राष्ट्रिय रक्षालाई विश्वमा आफ्नो सामान्य स्थानको संरक्षण र अन्ततः आफ्नो जीवनशैलीको संरक्षणको रूपमा कल्पना गर्न थाले। सुरक्षा वैचारिक र क्षेत्रीय, मानक र शारीरिक, विश्वव्यापी र केवल महादेशीय मात्र नभई समग्र बन्यो—र एक अर्थमा, यो विचार शिकागोमा शुरू भएको थियो।
१९३७ को शरदमा, राष्ट्रको स्थिति र विश्वको स्थिति विपरीत दिशामा गइरहेको देखिन्थ्यो। घरेलु रूपमा, त्यस वर्षको शुरूमा भएको तीव्र मन्दीको बाबजुद, न्यू डिलले मन्दी नियन्त्रणमा ल्याएको जस्तो देखिन्थ्यो। यद्यपि अर्थतन्त्र पूर्ण रूपमा पुनःप्राप्त भएको थिएन, सङ्कटको सबैभन्दा खराब अवस्था समाप्त भएको अनुभव थियो। तर विदेशमा, अवस्था बिग्रँदै गइरहेको थियो। युरोपमा, नाजी जर्मनी पुनः हतियार उठाउँदै थियो, इटालीले इथियोपिया कब्जा गरेको थियो, र स्पेनको प्रजातन्त्र सङ्कटमा थियो, जबकि एसियामा, जापानी सेनाले भर्खरै चीनमाथि आक्रमण गरेको थियो।
विश्व सङ्कटको वृद्धिले रुजवेल्टलाई चिन्तित तुल्यायो, तर उनले चाहे जति केही गर्न चाहन्थे, उनलाई घरेलु जनमतले बाध्य बनायो। थोरै अमेरिकीहरूले जर्मनी वा जापानप्रति सहानुभूति राख्थे; तिनीहरूलाई रोक्न अमेरिकाले हस्तक्षेप गरोस् भन्ने चाहनेहरू झनै कम थिए। तर जापानको चीनमाथिको आक्रमणले रुजवेल्टलाई कार्यमा उत्रन प्रेरित ग¥यो।

अगस्त १९३७ मा, शाङ्घाईको युद्धमा जापानी रणनीतिहरू—चिनियाँ नागरिकहरूलाई जानाजानी निशाना बनाउने र शहरका युरोपेली र अमेरिकी साम्राज्यवादी क्षेत्रहरूप्रति थोरै जवाफदेहीता—ले अमेरिकीहरूलाई स्तब्ध बनायो। जापानीहरूले कडा प्रतिरोधको सामना गरे, र तिनीहरूको घेराबन्दी सेप्टेम्बर र अक्टोबरसम्म लम्बियो। त्यस बिन्दुमा, रुजवेल्ट राष्ट्रिय सम्बोधन यात्रामा थिए, र उनले शिकागोमा रोकिएर चिनिया सङ्कटलाई सम्बोधन गरे।
शिकागोको आउटर लिङ्क पुल वर्षौंदेखि निर्माणाधीन थियो, तर रुजवेल्टले १९३३ मा ह्वाइट हाउस प्रवेश गर्दा, यो र शहरका अन्य स्थानीय रूपमा वित्त पोषित पूर्वाधार परियोजनाहरू अवरुद्ध थिए । तर रुजवेल्टको निर्वाचन र न्यू डिलको आगमनले कुराहरू बदलिदियो। गृह मन्त्री ह्यारोल्ड इक्स, जो स्वयं शिकागोका थिए, नेतृत्वको पब्लिक वक्र्स एडमिनिस्ट्रेशनले वित्तीय खाडल पूरा ग¥यो र पुल पूरा हुने सुनिश्चित ग¥यो।
उद्घाटन हेर्न आएका हजारौं मानिसहरूका लागि, यो पुलले रुजवेल्टले अमेरिकी जनतालाई गरेको वाचाको सारलाई समेट्योः न्यू डिलले केवल पुरानो अर्थतन्त्रलाई पुनर्जनन गर्न प्रतिचक्रिय उपायहरू प्रयोग गरेन—यसले साधारण अमेरिकीहरूको दैनिक जीवन सुधार्ने तरिकाले ग¥यो।
वास्तवमा, रुजवेल्टले त्यस शरदमा व्योमिङबाट शुरू भई इलिनोइसमा समाप्त हुने पश्चिमी राज्यहरूको सम्बोधन यात्रामा निस्कनुको कारण न्यू डिलका योजना उपलब्धिहरूलाई उत्सव मनाउनु थियो। उनले १९३४ मा पनि यस्तै यात्रा गरेका थिए, जब न्यू डिलले पहिलो गम्भीर आलोचनाको सामना गरिरहेको थियो। हालको मन्दीले देशलाई फेरि यस्तै मनस्थितिमा पु¥याएकाले, उनको लागि न्यू डिलका ती कार्य परियोजनाहरूमा फर्कन स्वाभाविक थियो जसले “राष्ट्रिय भलाइ“ गरिरहेका थिए—जस्तै ओरेगनको बोन्नेभिल र वाशिङ्टनको ग्रान्ड कुलीमा विशाल जलविद्युत बाँधहरू—जसको निर्माण उनले केही वर्षअघि मात्र शुरू गरेका थिए।
सेप्टेम्बर १९३७ को अन्त्यतिर रुजवेल्ट शिकागोतर्फ पूर्व लाग्दा, वाशिङ्टनदेखि मिनेसोटासम्म हरेक उत्तरी राज्यमा ¥याली, सम्बोधन र बैठकहरूको थकानपूर्ण १० दिनमा, उनले न्यू डिलको भावुक, कहिलेकाहीं चुनौतीपूर्ण प्रतिरक्षा गरे।
सामाजिक प्रजातन्त्रको केन्द्रमा रहेको उदारवादले रुजवेल्टलाई उनको शिकागो सम्बोधनको शुरूआत र विश्व सङ्कटतर्फको सेगवे प्रदान ग¥यो। आफ्नो पश्चिमी यात्रामा, उनले “हाम्रो विशाल भूमिमा फैलिएको सुख, सुरक्षा र शान्ति देखेका थिए,“ र न्यू डिलले अमेरिकी जनतालाई सुरक्षा बनाउन गरेको भूमिकामा गर्व गर्दै, उनले विश्वका अन्य भागहरूसँग तुलना गर्न पनि सकेनन्। पहिलेका युगहरूमा, अमेरिकीहरूले विदेशी सङ्कटहरूलाई टाढाबाट हेर्न सक्थे, तर उनले भने, “आधुनिक परिस्थितिहरूमा“ तिनीहरूले “आफ्नो भविष्यको खातिर विश्वको बाँकी भागमा विचार गर्नुपर्छ।“
असामान्य रूपमा कडा शब्दहरू प्रयोग गर्दै, सामान्यतः न्यू डिलका घरेलु विरोधीहरूका लागि राखिएको भाषा प्रयोग गर्दै, रुजवेल्टले विश्वलाई सताइरहेको “आतङ्कको शासन“ को निन्दा गरे। अन्तरमहादेशीय सैन्य प्रविधिहरू र सामूहिक सर्वसत्तावादी आन्दोलनहरूको अन्तरनिर्भर युगमा, “कसैले पनि नसोचोस् कि अमेरिका बच्नेछ, कि अमेरिकाले दया पाउने आशा गर्न सक्छ, कि यो पश्चिमी गोलार्धमा आक्रमण हुने छैन र यो शान्तिपूर्ण र सभ्यताको नैतिकता र कलालाई निरन्तरता दिन सक्छ।“ विश्व अब “अन्तर्राष्ट्रिय अराजकता र अस्थिरताको अवस्थामा“ थियो जसबाट “मात्र अलगाव वा तटस्थताबाट कुनै बाटो थिएन।“
सम्बोधनको सबैभन्दा अविस्मरणीय खण्डमा, रुजवेल्टले युद्धलाई भाइरससँग तुलना गरे र चेतावनी दिए “विश्वमा कानूनविहीनताको महामारी फैलिरहेको छ।“ जब रोग अनियन्त्रित रूपमा फैलिन्छ, सामान्य सरकारी प्रतिक्रिया “रोगको फैलावटबाट समुदायको स्वास्थ्य जोगाउन बिरामीहरूलाई क्वारेन्टाइन गर्नु“ हो। अब समय आएको थियो, रुजवेल्टले निष्कर्ष निकाले, जापान जस्ता आक्रामक राष्ट्रहरूलाई क्वारेन्टाइन गर्नु, ताकि तिनीहरूले युद्ध र विजयको भाइरसलाई अन्तर्राष्ट्रिय समुदायमा फैलाउन नसकून्। अघिल्लो विश्व सङ्घर्षमा, राष्ट्रपति वुड्रो विल्सनको युद्धको अनियन्त्रित शक्तिहरूसँगको तुलना आगोसँग थियो। रुजवेल्टको तुलना रोगसँग थियो।
“आधुनिक विश्वमा एकता र अन्तरनिर्भरता छ,“ रुजवेल्टले शिकागोको भीडलाई भने, जसले “कुनै पनि राष्ट्रलाई विश्वको बाँकी भागमा हुने उथलपुथलबाट पूर्ण रूपमा अलग गर्न असम्भव बनाउँछ।“ तसर्थ, इतिहासकारहरूको निर्णयको विपरीत, सम्बोधनको विदेश नीति केन्द्रितता पुलको समर्पणसँग “असबंन्धित“ थिएन, न त रुजवेल्टले “विषयलाई अचानक परिवर्तन गरेका थिए।“ यो पूर्ण रूपमा सान्दर्भिक थियो।
यसको सांस्कृतिक र वैचारिक उत्पत्ति जे भए पनि, अक्टोबर १९३७ को क्वारेन्टाइन सम्बोधनलाई मिश्रित प्रतिक्रिया प्राप्त भयो र यसले कडा तटस्थताको अवस्थित विदेश नीतिमा थोरै परिवर्तन ग¥यो; कङ्ग्रेसका केही सदस्यहरूले सम्बोधनलाई महाअभियोगको अपराध भने, र न त जर्मनहरूले न त जापानीहरूले यसलाई गम्भीरतापूर्वक लिए।
तर यसले रुजवेल्टले केही वर्षपछि शुरू गरेको अमेरिकी युद्ध र कूटनीतिमा क्रान्तिको राजनीतिक र वैचारिक आधारहरू स्थापित ग¥यो, जसले अमेरिकी रक्षाको पहिलो रेखालाई भौगोलिक, अवधारणात्मक र राजनीतिक रूपमा विस्तार ग¥यो।
शिकागोमा वास्तविक पुलमा व्यक्त यो सरकारको दृष्टिकोणले पुरानो व्यवस्थाबाट नयाँतर्फको रूपकात्मक पुललाई चिन्हित ग¥योः राष्ट्रिय अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा सीमित राज्य हस्तक्षेपको पुरानो अवधारणाहरूबाट घरेलु अर्थतन्त्र र विश्व व्यवस्थालाई व्यवस्थापन गर्न राज्यको सक्रिय, प्रायः अप्रतिबंधित भूमिकाको नयाँ अवधारणाहरूतर्फ । राष्ट्रिय सुरक्षा सन्दर्भमा, न्यू डिल शीतयुद्ध सहमतिको अग्रदूत थियो, जबकि क्वारेन्टाइन नियन्त्रणको अग्रदूत थियो।
तर आउटर लिङ्क पुलको के भयो? दोस्रो विश्वयुद्धको समयमा, जसले “राष्ट्रिय सुरक्षा“ को निर्माणमा प्रमाणित ग¥यो, शिकागोवासीहरू त्यसमा उभिएर “ग्रेट लेक्सका धेरै जहाज निर्माण यार्डहरूमा निर्मित युद्धका जहाजहरू मिसिसिपी हुँदै खाडीतर्फ जानका लागि शिकागो प्रवेश गरेको“ हेर्ने गर्थे, त्यसपछि ती जहाजहरू एट्लान्टिक वा प्यासिफिकमा लड्न जान्थे। पछि, शीतयुद्धको समयमा, शिकागोका शहरका नेताहरूले यसलाई पूर्ण रूपमा उपयुक्त नामले औपचारिक रूपमा पुनः नामकरण गरेः फ्र्याङ्कलिन डेलानो रुजवेल्ट मेमोरियल ब्रिज।
एन्ड्र्यू प्रेस्टन क्याम्ब्रिज विश्वविद्यालयमा अमेरिकी इतिहासका प्राध्यापक र क्लेयर कलेजका फेलो हुन्। उनी द वार काउन्सिलः म्याकजर्ज बन्डी, द एनएससी, र भियतनाम र पुरस्कार विजेता स्वर्ड अफ द स्पिरिट, शिल्ड अफ फेथः रिलिजन इन अमेरिकन वार एन्ड डिप्लोमेसीका लेखक हुन्।)
मे ३०, २०२५, फरेन पोलिसीबाट








प्रतिक्रिया दिनुहोस्