ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको प्रसारण लाइनको कार्यप्रगति कछुवाको गतिमा


admin

काठमाडौँ, १२ चैत । नेपाल विद्युत् प्राधिकरणले रणनीतिक महत्वका २० प्रसारण लाइन निर्माणको काम आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेपनि कार्यप्रगति भने कछुवाको गतिमा रहेको पाइएको छ ।

राष्ट्रियरुपमा विद्युत् उपलब्ध गराउन र निर्माणाधिन आयोजनाको विद्युत् उपभोक्ताको घर, आवास तथा औद्योगिक क्षेत्रसम्म पु¥याउन महत्वपूर्ण मानिएका त्यस्ता प्रसारण लाइनमा साझा समस्या रहेका छन् । पटक÷पटक सरकारको तर्फबाट भएका प्रयाससमेत साकार बन्न सकेको छैन ।

वन क्षेत्रको जग्गा प्रयोग, स्थानीय प्रभावितको जग्गा प्राप्तिजस्ता विषयमा अधिकांश आयोजना फसेका छन् । वन तथा भू–संरक्षण मन्त्रालयले कतिपय स्थानमा रुख कटानको अनुमति नदिँदा पनि धेरै आयोजना समस्यामा परेका हुन् ।

रणनीतिक महत्वका मानिएका आयोजनाको समस्या साझा नै भएपनि त्यसलाई समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, प्राधिकरणलगायतले गरेको प्रयाससमेत साकार हुनसकेको छैन ।

प्राधिकरणले हेटांैँडा–ढल्केबर– दुहवी ४०० केभी क्षमताको प्रसारण लाइन आगामी एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । एघार जिल्ला समेटने सो प्रसारण लाइन वन क्षेत्रको जग्गा प्रयोगमा नै रुमल्लिएको छ । कूल २८५ किलोमिटर लामो सो परियोजनामा विश्व बैंक, नेपाल सरकार र प्राधिकरणको लगानी रहेको छ ।

यस्तै तामाकोशी–काठमाडौँ ४०० केभी क्षमताको प्रसारण लाइन पनि आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अरु आयोजनाभन्दा यो आयोजनाको काम अघि बढेको भएपनि सोचेजति प्रभावकारी छैन । कूल १०० किलोमिटर लामो सो प्रसारण लाइनलाई माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ जोड्ने आयोजनाको रुपमा पनि लिइन्छ ।

यस्तै समस्यामा फसेको अर्को प्रसारण लाइन हो भरतपुर–बर्दघाट २२० केभी, हेटौंडा–भरतपुर प्रसारण लाइन । विश्व बैंक, नेपाल सरकार र प्राधिकरणको लगानी रहेको सो प्रसारण लाइन आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने कार्यतालिका रहेको छ । निर्माण व्यवसायीले समयमा काम नगरेको तथा वन क्षेत्रको जग्गा प्रयोगमा समेत सास्ती खेप्नु परेको सो आयोजना सम्पन्न गराउन प्राधिकरणलाई हम्मे÷हम्मे परेको छ ।

त्रिशुली थ्री बी हब–मातातीर्थ २२० केभी क्षमताको प्रसारण लाइन निर्माणले पछिल्लो समयमा गति लिएको छ । नुवाकोटको सामुदायिक वन क्षेत्रको जग्गा प्रयोगमा सहमति जुटेपछि सो आयोजनाले केही गति लिएको छ । माथिल्लो त्रिशुली थ्री ए, माथिल्लो त्रिशुली थ्री बीलगायतका आयोजनाबाट उत्पादित विद्युत् सोही प्रसारण लाइन भएर राजधानी भित्रने छ । माथिल्लो त्रिशुली थ्री एका आयोजना प्रमुख फणिन्द्रराज जोशीले जलविद्युत् आयोजनासँगै प्रसारण लाइन निर्माणको कामले समेत गति लिएको बताउनुभयो । सो प्रसारण लाइन ४६ किलोमिटर लामो रहेको छ ।

लेखनाथ दमौली २२० केभी प्रसारण लाइन आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कूल ४५ किलोमिटर लामो सो प्रसारण लाइन पनि वन क्षेत्रको जग्गा प्रयोगमा अल्झिएको छ । यस्तै दमौली भरतपुर २२० केभी क्षमताको प्रसारण लाइन ४५ किलोमिटर लामो रहेको छ । सो आयोजनाको कामसमेत प्रभावकारी देखिएको छैन ।

चिलिमे–त्रिशुली २२० केभी क्षमताको प्रसारण लाइनको समेत काम सुरु भएको छैन । आगामी एक वर्षभित्र सक्ने लक्ष्य राखिएको सो प्रसारण लाइन ४० किलोमिटर लामो छ ।

यस्तै ११० किलोमिटर लामो कोशी करिडोर २२० केभी प्रसारण लाइन पनि आगामी एक वर्षभित्र निर्माण सम्पन्न हुनुपर्नेछ । कालीगण्डकी २२० केभी प्रसारण लाइन आगामी दुई वर्षमा, मस्र्याङदी करिडोर २२० केभी र मस्र्याङदी काठमाडौँ २२० केभी प्रसारण लाइन पनि अगाडि बढ्न सकेका छैनन् । ती आयोनजना एक वर्षभित्र सम्पन्न गर्ने कार्यतालिका रहेका आयोजना हुन् ।

यस्तै इलामको श्रीथुम्का र पाँचथरको जोरसल्लामा समस्यामा फसेको काबेली करिडोर प्रसारण लाइनको काम अगाडि बढ्ने सम्भावना बढेर गएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोलीले केही दिन पहिले स्थलगत अवलोकन गरी समस्या समाधानको पहल गरेको थियो । सो प्रसारण लाइनमा २२ वटा टावर निर्माण गर्न बाँकी छ । आगामी छ महिनाभित्र सो प्रसारण लाइन सम्पन्न गर्ने सहमती प्राधिकरण र स्थानीयवासीबीच भएको छ ।

यस्तै १३२ केभी क्षमताको सोलु करिडोर प्रसारण लाइन आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना हेर्दै आउनुभएका प्राधिकरणका निर्देशक रञ्जन चालिसेकाअनुसार कूल ९० किलोमिटर लामो सो प्रसारण लाइनको काम भइरहेको छ ।

त्यस्तै कालीगण्डकी करिडोरको कामसमेत सोचेअनुसार अगाडि बढेको छैन । सो परियोजनामा दुई खण्ड रहेको छ । दाना कुश्मा, नयाँ बुटवल २२० केभी र नयाँ बुटवल–बर्दघाट ४०० केभी क्षमतामा प्रसारण लाइन रहेका छन् । अधिकांश आयोजनाको साझा समस्या भएपनि समाधानको प्रयास हुनसकेको छैन ।

सरकारले रणनीतिक महत्वका प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि प्रभावकारी कदम चाल्ने संकेत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले महत्वपूर्ण प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्ने तयारी गर्नुभएको छ । उहाँले वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको सबै आयोजनाको समस्या समाधान गर्ने जानकारी दिनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले कतिपय आयोजना निर्माण व्यवसायीको लापरवाहीका कारण पनि समस्यामा परेको जानकारी दिँदै अब कोही कसैलाई पनि छुट दिने अवस्थामा आफूहरु नरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com