ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुशासनको नारामाथि प्रश्न : गृहमन्त्रीको सम्पत्तिले सामाजिक तरंग


एबीसी न्यूज
बैशाख १, २०८३ मंगलबार   ९ : ३३   बजे

काठमाडौं, १ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरूको सार्वजनिक सम्पत्ति विवरणपछि राजनीतिक वृत्त र सामाजिक सञ्जालमा तीव्र बहस सुरु भएको छ। विशेषगरी गृहमन्त्री सुधन गुरुङ को सम्पत्ति विवरणलाई लिएर व्यापक संशय र प्रश्न उठ्न थालेका छन्।

सुशासन र भ्रष्टाचार नियन्त्रणको नारासहित सत्तामा आएको सरकारकै मन्त्रीहरूको अस्वाभाविक तथा विलासी सम्पत्ति देखिएको भन्दै आम नागरिकबाट पारदर्शिता र स्रोत खुलाउनुपर्ने माग उठिरहेको छ।

हदबन्दीभन्दा बढी जग्गा र सुनबारे प्रश्न

सार्वजनिक विवरणअनुसार गृहमन्त्री गुरुङको नाममा धनकुटा, चितवन र गोरखामा ठूलो परिमाणमा जग्गाजमिन रहेको उल्लेख छ। धनकुटाको कार्कीछापमा १९ रोपनी १५ आना, चितवनको भरतपुरमा ३० कठ्ठा तथा गोरखामा पैतृक नाममा २२१ रोपनी जग्गा रहेको विवरण सार्वजनिक भएपछि कानुनी हदबन्दीबारे प्रश्न उठेको हो।

यससँगै उहाँसँग ८९ तोला सुन र ६ किलो चाँदी रहेको विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना झन् चर्किएको छ।

भूमिसम्बन्धी कानुनको कार्यान्वयनको जिम्मेवारी सम्हाल्ने मन्त्रालयकै नेतृत्वमा रहेका व्यक्तिको नाममा हदबन्दीभन्दा बढी जग्गा देखिनुले नैतिक र कानुनी प्रश्न उठाएको सरोकारवालाहरूको भनाइ छ।

अभिव्यक्तिपछि थप विवाद

सम्पत्ति विवरण सार्वजनिक भएपछि गृहमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुभएको “गरिब जन्मिनु गल्ती होइन, तर गरिब मर्नु गल्ती हो” भन्ने अभिव्यक्तिले थप विवाद निम्त्याएको छ।

यस अभिव्यक्तिप्रति युवा अभियन्ता तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कडा आलोचना जनाएका छन्। गरिबीलाई व्यक्तिगत असफलतासँग जोड्नु जनभावनाविरुद्ध भएको टिप्पणी भइरहेको छ।

सडकदेखि संसद्सम्म चासो

अखिल क्रान्तिकारी लगायत विभिन्न विद्यार्थी तथा युवा संगठनहरूले माइतीघर मण्डला मा प्रदर्शन गर्दै गृहमन्त्रीको सम्पत्ति स्रोत छानबिन गर्न माग गरेका छन्।

यता सत्तारूढ दलभित्रै पनि यस विषयमा चासो देखिएको छ। बागमती प्रदेशका सांसदहरूसँगको छलफलमा प्रधानमन्त्रीसमक्ष गृहमन्त्रीको सम्पत्ति र पछिल्लो अभिव्यक्तिबारे प्रश्न उठाइएको स्रोतले जनाएको छ।

सरकारको बचाउ

सरकार पक्षका नेताहरूले भने सार्वजनिक सम्पत्ति विवरणलाई एकपक्षीय रूपमा नहेर्न आग्रह गरेका छन्। परराष्ट्रमन्त्री शिशिर खनाल ले मन्त्रीहरूको आम्दानीका स्रोत स्पष्ट रहेको दाबी गर्दै आवश्यक परे छानबिनका लागि सरकार तयार रहेको बताउनुभएको छ।

यसैबीच सार्वजनिक सम्पत्ति विवरण र कर चुक्ता अभिलेखबीच तुलना गरेर वास्तविक पारदर्शिता मूल्याङ्कन गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ।

सम्पत्ति विवरण सार्वजनिक भएसँगै सुरु भएको यो बहसले सरकारको सुशासन नारामाथि गम्भीर प्रश्न खडा गरेको विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

नियन्त्रणमुखी व्यवहार भएको भन्दै सरकारलाई ‘पापड’को खबरदारी

स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती, शौचालयबाट फ्याँकेको त्यो चिर्कटो खुल्यो रहस्य

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group