कसले डोनाल्ड ट्रम्पको शानदार विजय आउँदै गरेको देख्न सक्थ्यो ? आजकाल यो प्रश्न एक अमेरिकी बुद्धिजीवीलाई सोध्यो भने शायद कटु मौनताको सामना गर्नुपर्ने हुनसक्छ । एक युरोपेली बुद्धिजीवीलाई सोध्यो भने सम्भवतः वोल्फग्याङ स्ट्रिकको नाम लिनसक्छन् । जो एक जर्मन समाजशास्त्री र पूँजीवादका सिद्धान्तकार अर्थात कतिपयले एक्काइसौं शताव्दीका माक्र्स समेत भनेर अतिशयोक्ति गरिएका बुद्धिजीवी हुन् ।

वोल्फग्याङ स्ट्रिक
सम्भवत यस्तौ चिन्तका कारण मे १ को छापा संस्करणमा द न्यूयोर्क टाइम्सले ट्रम्पलाई रोक्ने हारगुहारपूर्ण सम्पादकीय लेखेको छ । विशेषगरी नवउदारवादी रुढीवाद कतिसम्म निकृष्ट छ भन्नेमा सम्पादकीयमा लेखिएको यो सन्दर्भले आजको नवउदारवादी चरित्र र शासनशैलीलाई बढी राम्रोसँग उजागर गर्न सक्छ : ‘ट्रम्पको सपटअघि, ट्रम्पहरूले दुई नयाँ क्रिप्टो सिक्काहरू, डलरट्रम्प र डलरमेलानिया, घोषणा गरे, जसले लगानीकर्ताहरूलाई ट्रम्प र उनको परिवारलाई गुमनाम रूपमा पैसा पठाउन अपिल गर्दछ । उनले यो योजनालाई क्रिप्टो नियमनको कमींसँग जोडेका छन्, यद्यपि यो क्षेत्रमा ठगीको इतिहास छ। उनले अन्य तरिकाले भ्रष्टाचारमा नरम व्यवहार गरेका छन्। आफ्नो पहिलो दिनमा, उनले बाइडेन प्रशासनको नीतिलाई रद्द गरे जसले कार्यकारी शाखाका कर्मचारीहरूलाई लबिइस्टहरूबाट ठूला उपहारहरू स्वीकार गर्न निषेध गरेको थियो, र उनले सरकारभरका अधिकारीहरूलाई हटाएका छन् जसको काम गल्तीहरू पत्ता लगाउनु थियो।’
हालका दशकहरूमा, स्ट्रिकले पपुलिस्ट आन्दोलनहरूको गुनासोलाई अतुलनीय शक्तिका साथ वर्णन गरेका छन्। त्यो किनभने उनले अमेरिका–प्रधान वैश्वीकरणको जटिल दौडमा के गलत भएको छ भन्ने बारेमा एक विश्वसनीय सिद्धान्त प्रस्तुत गरेका छन्, र उनले त्यसलाई स्पष्टताका साथ व्याख्या गरेका छन् । स्ट्रिक न्यू लेफ्ट रिभ्यूमा प्रकाशित निबन्धहरूका लागि सबैभन्दा प्रसिद्ध हुन सक्छन्, जसमा २००८ को आर्थिक संकट पछिको वित्तीय संकटहरूको शृंखलामा आधारित एक चहकिलो शृंखला समावेश छ। उनले कार्ल माक्र्ससँग समानता राख्छन् किनभने उनको विश्वास छ कि पूँजीवादमा केही आन्तरिक विरोधाभासहरू छन् जसले यसलाई दिगो बनाउन असम्भव बनाउँछ — विशेष गरी यसको वर्तमान “नवउदारवादी“ स्वरूपमा। उनको पछिल्लो पुस्तक, “टेकिङ ब्याक कन्ट्रोल? स्टेट्स एण्ड स्टेट सिस्टम्स आफ्टर ग्लोबलिज्म,“ सन् २०२४ को अन्तमा प्रकाशित भएको छ । यो पुस्तकले हालको वैश्विक अर्थतन्त्रको संरचना लोकतन्त्रसँग मिल्दोजुल्दो छ कि छैन भन्ने चिरफार गरेको छ ।
स्ट्रिकलाई बुझ्नका लागि उनको विश्वदृष्टिकोण साझा गर्ने वामपन्थी आन्दोलनहरू — ग्रीसको सिरिजा, स्पेनको पोडेमोस र जर्मनीको नयाँ साह्रा वागेनक्नेच्ट एलायन्स — बाट समेत धेरै कुरा बुझन् सकिन्छ । त्यही मेसोमा भिक्टर ओर्बान, ब्रेक्जिट र ट्रम्पलाई बुझ्नु त पर्ने नै भयो ।
हामीसँग अब लोकतान्त्रिक रूपमा व्यवस्थित आर्थिक नीति नभएकोले, यस्ता अनुचित परिणामहरू उत्पादन गर्नु आश्चर्यजनक मान्न सकिंदैन । न त यो त्यस्तो आश्चर्यजनक छ कि बंधक संकट, कोभिड, युक्रेन युद्ध र तथाकथित बाइडेनफ्लेशनको पछाडिका यस्ता अनुचितताले स्ट्रिकले औंल्याएजस्तै “वैश्वीकरण विरोधी प्रवृत्तिहरू“ भन्दै नोभेम्बर ५ मा आक्रोश पोखिएको नयाँखाले पुरानै संरक्षणवादी रुढीवादी दक्षिणपन्थ जसको कतै पनि लय नमिल्ने मालको जन्म हुन पुग्यो ।
स्ट्रिक (जसको नाम “केक“ सँग तुकबन्दी हुन्छ) तर्क गर्छन्ः आजको पूँजीवादका विरोधाभासहरू आधा शताब्दीदेखि निर्माण भइरहेका छन्। दोस्रो विश्वयुद्धको अन्त्य र १९७० को दशकको बीचमा, पश्चिमी देशहरूमा श्रमिक वर्गले बलियो आय र व्यापक संरक्षण प्राप्त गरे। निश्चित रूपमा, त्यसले नाफा अन्तरमा असर प¥यो, त्यसलाई स्ट्रिकले “युद्धपछिको समझौता“ मा वा त्यसको प्रकृतिमा थियो भन्ने बारेमा विस्तृत चर्चा गरेका छन् । अर्थतन्त्रले गतिशीलतामा जे गुमायो, त्यसले सामाजिक स्थिरतामा केही प्राप्त ग¥यो।
तर १९७० को दशकबाट, चीजहरू परिवर्तन हुन थाले। १९७३ को अरब तेल प्रतिबन्ध पछि कुनै समय, लगानीकर्ताहरू चिन्तित भएका थिए । अर्थतन्त्र ठप्प हुन थाल्यो। यसले राजनीतिज्ञहरूलाई कठिनाइमा पा¥यो। श्रमिकहरूबाट थप सेवाहरूको माग गर्ने आवाज चर्कन थाल्यो । तर त्यसका लागि व्यवसायमा माग गर्नु आवश्यक थियो, तर व्यवसायले त्यसलाई स्वीकार गरेन। राज्यहरूले मुद्रा आपूर्तिलाई विस्तार गर्न अनुमति दिएर यो मामिलालाई थामथुम पारे । छोटो समयका लागि, यो युक्तिले उनीहरूलाई मालिकहरूबाट थप माग नगरी श्रमिकहरूलाई धेरै कुरा प्रदान गर्न अनुमति दियो। मूलतः, सरकारहरूले अर्को पुस्ताबाट ऋण लिने प्रवृत्तिलाई अकल्पनीय रुपमा बढायो ।
त्यो नै रुबिकन थियो, स्ट्रिक विश्वास गर्छन्ः “युद्धपछिको वृद्धि अवधिपछि पहिलो पटक राज्यहरूले श्रम र पूँजी बीचको द्वन्द्वमा अझै नभएका भविष्यका स्रोतहरू प्रस्तुत गर्न थाले।“ उनीहरूले यो बानीलाई कहिल्यै तोडेनन्।
धेरै चाँडै उनीहरूका नीतिहरूले मुद्रास्फीति निम्त्यायो। लगानीकर्ताहरू फेरि पछि हटे। मूल्य स्थिर गर्न कठिन मुद्रा खिचाई आवश्यक बन्न पुग्ग्यो । रोनाल्ड रेगनको आपूर्ति–पक्षीय शासनले यो पीडालाई केही हदसम्म कम ग¥यो, तर केवल रेकर्डस्तरको सरकारी घाटा चलाएर । बिल क्लिन्टनले यी घाटाहरूलाई हटाउने केही हदसम्म सफलता पनि पाएका थिए । तर स्ट्रिकले देखाउँछन्, केवल निजी बैंकिङलाई नियमनमुक्त गरेर र उधारो लिएर उनले त्यो सफलता पाएका थिए । अर्को शब्दमा, खतरनाक ऋण जोखिमलाई ट्रेजरीबाट मध्यम वर्ग र श्रमिक वर्गका घरपरिवारका बैंक खाताहरूमा स्थानान्तरण गरियो। यसले अन्ततः २००८ को वित्तीय संकट निम्त्याउने मुख्य उत्तोलकको काम ग¥यो ।
स्ट्रिकको दृष्टिकोणमा, १९७० को दशक पछि अर्थतन्त्रलाई शान्त पार्ने मुख्यत अमेरिकी प्रयासहरूको शृंखलाले आम रुपमा अहिले अब नवउदारवाद भनेर चिन्ने प्रणाली उत्पादन ग¥यो। स्ट्रिकको तर्कमा नवउदारवाद, “सबैभन्दा पहिले, मुद्रास्फीतिपूर्ण राज्यलाई अन्त्य गर्न र पूँजीलाई युद्धपछिको समझौताको कैदबाट मुक्त गर्ने एक राजनीतिक–आर्थिक परियोजना थियो।“ यस परियोजनाका बारेमा कहिल्यै पुनर्विचार गरिएको छैन, यद्यपि अमेरिकामा एउटा प्रशासनको समाधान अर्को पुस्ताको संकटमा परिणत हुन्छ।
नवउदारवादको विकासको प्रत्येक चरणमा, स्ट्रिक जोड दिन्छन्, प्रमुख निर्णयहरू प्राविधिकहरू, विशेषज्ञहरू र अन्य अभिनेताहरूले गरेका छन् जो लोकतान्त्रिक जवाफदेहिताबाट अपेक्षाकृत अलग छन्। यसलाई ग्रिसका पूर्व अर्थमन्त्री फारुकोभिस प्रविधि सामन्तवाद भन्छन् । जब २००८ मा संकट आयो, केन्द्रीय बैंकरहरूले अर्थतन्त्रलाई नियन्त्रणमा लिन कदम चाले, मात्रात्मक सहजता र अन्य नवीन तरलता उत्पन्न गर्ने विधिहरूको आविष्कार गरे। २०२० र २०२१ को कोभिड आपतकालमा, पश्चिमी देशहरू पूर्ण रूपमा विशेषज्ञतन्त्रमा परिणत हुन बाध्य थिए, किनि कि उनीहरुले सिकेकै त्यही थियो । लोकतन्त्रलाई पूर्ण रूपमा बाइपास गरियो । एक सूक्ष्म प्रशासक वर्गले राष्ट्रिय जीवनको हरेक पक्षमा आदेशहरू जारी ग¥यो — मास्क, खोप, यात्रा, शिक्षा, चर्च खोल्ने — र रेगनवादीहरूले पनि अवास्तविक ठान्ने स्तरमा ऋण लिन कुनै अप्ठेरो मानिएन ।
स्ट्रिकसँग नवउदारवादी परियोजनाको बारेमा केही विरोधाभासपूर्ण दृष्टिकोण छः वैश्विक अर्थतन्त्र “स्वतन्त्र“ हुनको लागि, यसलाई बाध्य गर्नुपर्छ भन्ने तर्क त्यसैपनि विवादास्पद हुनसक्छ । नवउदारवादका समर्थकहरूले स्वतन्त्र बजार भनेको नियमनमुक्त बजार हो भन्ने बुझ्छन्। तर नियमनमुक्ततामा पुग्नु जति सजिलो देखिन्छ, त्यति सजिलो छैन किनभने स्वतन्त्र समाजहरूमा, नियमहरू वास्तवमा मानिसहरूले आफ्नै नियमहरू बनाउने सार्वभौम अधिकारको परिणाम हुन्। विश्वका समाजहरू जति लोकतान्त्रिक हुन्छन्, तिनीहरू त्यति नै विशिष्ट हुन्छन्, र तिनीहरूका आर्थिक नियमहरू त्यति नै फरक हुन्छन्। तर यो ठीक त्यही कुरा हो जुन व्यवसायहरूले सहन सक्दैनन् — कम्तीमा वैश्वीकरणमा त यसो गर्ने अनुमति नै हुँदैन । वैश्विक मञ्चहरु विश्व बैंक, आइएमएफ लगायतका प्राधिकारबाट निर्णयहरु थोपरिन्छ र अहिले थोपरिइरहेको छ । उल्लेखनीय रुपमा वैश्विक नियमहरुलाई आफ्नै रुढीवादी संरक्षणवादी लोकरिझ्याईंको शैलीमा चुनौती दिएको त राष्ट्रपति ट्रम्पले मात्र हो । अरु कसैले तत्कालै त्यसो गर्ने सामाथ्र्य राख्दैन र सम्भवत बांकी वैश्विक पुँजीवादी यतिसम्म कि चिनिया राज्य पुँजीवादी विश्व नेताहरुले पनि त्यसो गर्न चाहँदैनन् । पैसा र वस्तुहरू सीमापार बिना कुनै रोकावट र कुशलतापूर्वक चल्नुपर्छ। यसका लागि एकसमान कानूनहरूको सेट आवश्यक छ। कुनै न कुनै रूपमा, त्यसलाई लोकतन्त्रले बाटो दिनुपर्छ।
एकसमान कानूनहरूको सेटलाई एकल अन्तर्राष्ट्रिय मापदण्ड पनि आवश्यक पर्छ। तर कस्तो र कुन मापदण्ड? यो अर्को समस्या हो । यहींनेर स्ट्रिक भन्छन्ः हामीसँग भएको वैश्विक शासन अमेरिकी शासनको विश्वसनीय प्रतिलिपि हो। यसले व्यवस्था र दक्षता ल्याउँछ तर अमेरिकी निगमहरू, बैंकहरू र लगानीकर्ताहरूको पक्षमा खेल मैदानलाई झुकाउँछ । अर्थात् असन्तुलित पार्छ ।
सायद त्यसैले पश्चिमको रूससँगको सम्बन्ध बिग्रियो, जहाँ वैश्विक पूँजीवादमा संक्रमण “अमेरिकी सरकारी एजेन्सीहरू, फाउन्डेशनहरू र गैरसरकारी संस्थाहरूद्वारा कडाइका साथ नियन्त्रित थियो,“ स्ट्रिक भन्छन्, १९९० को दशकमा सरकार चलाउन उदाएका कुलीनहरूलाई “अमेरिकी निगमहरू र, कम्तीमा, लन्डन रियल इस्टेट बजारद्वारा खुला हातले स्वागत गरियो । एक भारतीय वा चिनियाँ व्यक्तिका लागि, यी सर्तहरूमा स्थापित “स्वतन्त्र बजारहरू“ ले साम्राज्यवादी हस्तक्षेप र आत्मनिर्णयको हानिको खतरा बोकेर आउन सक्छ। यस बारेमा बेइजिङ निकै सतर्क रहेको देखिन्छ तर दिल्ली वा जर्कार्ता जस्ता विशाल जनसंख्यका राजनीतिक राजधानीले त्यसो गर्न सम्भव छैन । किन कि उनीहरु यस अघि नै निस्कनै नसक्ने गरी अमेरिकी नवउदारवादी प्रणालीमा जकडिइसकेका छन् ।
यो अन्तरदृष्टिले हामीलाई ट्रम्पको आन्दोलन जस्ता आन्दोलनहरूको निरन्तर गुनासो र तिनीहरूको समान रूपमा निरन्तर लोकप्रियतावादको सन्दर्भ बुझ्नका लागि एक राम्रो सन्दर्भ सामाग्री उपलव्ध हुन्छ । साम्राज्य स्तरमा जे हुन्छ, त्यो स्थानीय स्तरमा पनि हुन्छ, अमेरिका र वैश्वीकरणका नियमहरू बनाउने पश्चिमी युरोपेली समाजहरू भित्र पनि हुन्छ नै । गैर–प्राविधिकहरू, चाहे तिनीहरू पुरानो श्रमिक वर्गका असन्तुष्ट सदस्यहरू हुन् वा कर्पोरेट मानव संसाधन प्रबन्धकहरूको प्रगतिशील पवित्रताको बारेमा हाँसोठट्टा गर्ने मानिसहरू, उनीहरूले आफ्ना मागहरूसँग प्रणालीलाई उल्झाउन अनुमति पाउने छैनन् ।
हामीसँग अब लोकतान्त्रिक रूपमा व्यवस्थित आर्थिक नीति नभएकोले, यस्ता अनुचित परिणामहरू उत्पादन गर्नु आश्चर्यजनक मान्न सकिंदैन । न त यो त्यस्तो आश्चर्यजनक छ कि बंधक संकट, कोभिड, युक्रेन युद्ध र तथाकथित बाइडेनफ्लेशनको पछाडिका यस्ता अनुचितताले स्ट्रिकले औंल्याएजस्तै “वैश्वीकरण विरोधी प्रवृत्तिहरू“ भन्दै नोभेम्बर ५ मा आक्रोश पोखिएको नयाँखाले पुरानै संरक्षणवादी रुढीवादी दक्षिणपन्थ जसको कतै पनि लय नमिल्ने मालको जन्म हुन पुग्यो ।
“वैश्विक अर्थतन्त्र“ त्यस्तो ठाउँ हो जहाँ सामान्य मानिसहरूसँग कुनै प्रभाव हुँदैन। १९७० को दशक पछि वामपन्थी दलहरूले यस्ता समस्याहरूलाई बेवास्ता गरे, स्ट्रिकले सुन्दर तरिकाले तथ्याङ्क सहित उल्लेख गरेका छन् । उनीहरूले आफ्नो पुरानो संरचना, जो औद्योगिक श्रमिकहरूको वरिपरि केन्द्रित थियो र मुख्य रूपमा श्रमिकहरूको अधिकार र जीवन स्तरसँग सम्बन्धित थियो, बुद्धिजीवीहरूले घुसपैठ गर्न र उल्टाउन अनुमति पाए, जो मुख्य रूपमा मूल्य प्रणालीहरू, जस्तै मानव अधिकार र हालै वोकिज्म भनेर चिनिने सिद्धान्तहरूको सेटलाई प्रचार गर्ने अर्कै धुनमा चिन्तित थिए।
यो परिवर्तनको बुद्धिमत्तालाई विवादमा राखेर स्ट्रिकले अमेरिकी डेमोक्र्याटहरू र अन्यलाई, जो आफूलाई (प्रायः गलत रूपमा) वामपन्थी ठान्छन्, सबैभन्दा बढी रिस उठाउने पुस्तकको रचना गरेका छन्। उनको निष्कर्ष छः लोकतन्त्र संकटमा छ, तर केवल किनभने यो तिनै अभिजात वर्गहरूले बाधा पु¥याइरहेका छन् जो यसको पक्षमा छन् भनी दाबी गर्छन्। जनतामाझ, लोकतन्त्र फलिरहेको छ। मतदाता सहभागितामा दशकौंसम्मको ह्रास पछि, विगत २० वर्षमा सहभागितामा तीव्र र स्थिर वृद्धि भएको छ — कम्तीमा ती दलहरूका लागि जसका उम्मेदवारहरूले वास्तविक जन भावनालाई प्रतिबिम्बित गर्छन्। यस्तो भएको बेला, उदार टिप्पणीकारहरू (जो स्ट्रिकले “मानक मोडलका दलहरू“ लाई समर्थन गर्छन् भन्ने ठान्छन्) ले लोकतन्त्रको परिभाषा परिवर्तन गरेका छन्, उनी थप व्याख्या गर्छन् ः उनीहरूले उच्च निर्वाचन सहभागितालाई असन्तुष्टिको चिन्ताजनक अभिव्यक्ति, “लोकतन्त्रलाई बलियो बनाउनुको सट्टा खतरामा पार्ने“ ठान्छन्। यो पुस्तकमा नेपालको सन्दर्भ नभएपनि उपरोक्त विश्लेषण नेपालका लागि पनि तोकेर भनेजस्तै प्रतित हुन्छ ।
नयाँ तरिकाले उल्टो–पुल्टो लोकतन्त्रको अवधारणाले नयाँ राजनीतिक रणनीति अघि ल्याएको छ । मानक–प्रकाशन दलहरूका हितहरू र एजेण्डाहरूलाई मिडिया र वैश्वीकरणका अन्य ठूला व्यक्तित्वहरूले टुप्पी कसरेर सुदृढ गर्छन्। यी अभिनेताहरू “नयाँ राजनीतिकरणको लहरको विरुद्ध लड्छन्,“ स्ट्रिक लेख्छन्, “उनीहरूको निशानामा रहेको सम्पूर्ण हतियारहरूको शस्त्रागारसहित — प्रचारमूलक, सांस्कृतिक, कानुनी, संस्थागत सवै यसैदिशामा केन्द्रित गर्ने मुर्खत गरिरहेका छन् ।
स्ट्रिकले सम्भवतः युरोपमा तथाकथित वामपन्थी आन्दोलनहरू — सिरिजा, पोडेमोस, फ्रान्सको ला फ्रान्स इन्सोमिस — को बाटोमा राखिएका अवरोधहरूलाई उल्लेख गरिरहेका छन्। तर उनको अवलोकन तथाकथित दक्षिणपन्थी दलहरूमा पनि उत्तिकै लागू हुन्छ। हाल, मारिन ले पेन, (जुन दलले गत गर्मीयाममा भएको फ्रान्सको राष्ट्रिय निर्वाचनमा सबैभन्दा धेरै मत प्राप्त गरेको थियो) ले जसले भ्रष्टाचारको आरोपमा मुद्दा सामना गरिरहेकी थिइन्, हालै एक अदालतले उनलाई पाँच वर्षसम्म राजनीतिमा भाग लिन प्रतिबन्ध लगाउने फैसला सुनाएको छ । जर्मनीमा यो महिना, बन्डेस्टागमा फेब्रुअरीमा राष्ट्रिय निर्वाचनबाट प्रमुख प्रतिपक्षी दल बनेको छ । हालै त्यहाँको संघीय सरकारले यो दललाई चरमपन्थी खतराको सूचीमा राख्ने वित्तिकै ह्वाइट हाउसलाई समेत आक्रोशित बनाएको छ ।
खतराहरू पनि छन्, पक्षपातपूर्ण अभियोजकहरूले, अमेरिकी राष्ट्रपति निर्वाचनको तयारीका क्रममा ट्रम्पलाई उनका बहीखातासँग सम्बन्धित ३४ वटा अपराधहरूमा दोषी ठहराए, एक यस्तो नयाँ कानुनी सिद्धान्तमा जुन एक हजार अमेरिकीहरूमा एक जनाले पनि उनलाई के दोषी ठहराइएको थियो भनेर व्याख्या गर्न सक्थे। अमेरिकीहरूको बहुमतले मतपेटिकामा यो दोषलाई प्रभावकारी रूपमा रद्द गरिदियो। तिनै ट्रम्पलाई उनकै शब्दमा ‘नेभर इभर’को ऐतिहासिक अनुमोदन ग¥यो ।
स्ट्रिकको नयाँ पुस्तक ट्रम्पको विजयको बारेमा केन्द्रित छैन । तर उनको सन्देश वा उनको चेतावनी, असम्बन्धित भने मान्न मिल्दैन । वामपन्थले पपुलिज्मलाई अँगाल्नुपर्छ, जुन केवल वैश्वीकरणको विकल्पको लागि संघर्षलाई दिइएको नाम हो। वैश्वीकरण आफ्नै विरोधाभासहरूमा ढल्दै जाँदा, सबै गम्भीर राजनीति अब एक वा अर्को तरिकाले पपुलिस्ट बन्दै गएको स्ट्रिकको सुझाव छ । यद्यपि स्ट्रिकले चिन्हित गरेको पपुलिज्म कल्याकारी राज्यको आत्मनिर्भर अर्थतन्त्रतिरको संकेत हो ।
स्ट्रिक सविस्ता जोड दिंदै लेख्छन् : २००८ को वित्तीय संकटको समयसम्ममा, वैश्वीकरण, यसको नयाँ अवतार हाइपरवैश्वीकरणको रूपमा, ठप्प भएको थियो। राष्ट्रिय राजनीतिक अर्थतन्त्रहरूको एकसाथ नियमनमुक्तिकरण मार्फत वैश्विक राजनीतिक अर्थतन्त्रको केन्द्रीकरण — विश्वमा अमेरिकी राजनीतिक अर्थतन्त्रको मोडलको विस्तार — कोभिड–१९ महामारी र युक्रेन युद्धभन्दा धेरै अघि नै रोकिएको थियो। कथित रूपमा कुनै विकल्प नभएको ठाउँमा वैकल्पिकताको लागि तीव्र संघर्ष शुरू भयो, बजार शक्तिहरूलाई खुला गर्नेमा सीमित वैश्वीकरणको अस्वीकारमा राजनीतिको पुनस्र्थापनाको लागि व्यापक खोजमा। अचानक, नवउदारवादी स्थापनाले राष्ट्रिय अर्थतन्त्रहरूको एकीकृत विश्व अर्थतन्त्रमा विलय र त्यससँगै राष्ट्रिय राज्यको सार्वभौमिकताको स्थानमा सुपरनेशनल वैश्विक शासनको बढ्दो घृणासँग जुझ्नुप¥यो। परिणामस्वरूप एक गतिरोध उत्पन्न भयो जसमा कुनै पनि दिशामा अघि बढ्न असम्भव देखिन्थ्यो, चाहे माथितिर पूर्ण वैश्वीकरणतर्फ होस् वा तलतिर नवीकरण गरिएको राष्ट्रवादतर्फ। टाढाबाट, यो अवस्थाले भ्लादिमिर लेनिनको ’क्रान्तिकारी अवस्था’ को परिभाषालाई सम्झाउँथ्योः ’जब “तल्ला वर्ग“ हरू पुरानो तरिकामा बाँच्न चाहँदैनन् र “उच्च वर्ग“ हरू पुरानो तरिकाले चल्न सक्दैनन्।’ परिणाम त क्रान्ति नै हो । आजको भाषामा नयाँ उथलपुथलकारी आन्दोलन र नयाँ प्रणालीका जन्म हो । यही कगारमा विश्व उभिएको छ ।
स्ट्रिकले सुझाएजसरी बुझ्नु पर्ने मुख्य सन्देश यो हो । नयाँ विश्व व्यवस्थाको रूपमा केन्द्रीकृत नवउदारवादको संकट, केवल लोकतान्त्रिक वैधताको कमीको कारणले मात्र होइन, तर प्राविधिक प्रभावकारिताको कमीको कारणले पनि थियो, जस्तै कि आर्थिक व्यवस्थापनका बारम्बारका संकटहरूले प्रमाणित गरेका छन् । यद्यपि, नवउदारवादी युगको अन्त्यतिर नवउदारवादी शासनको असफलता तीव्रताले स्पष्ट हुँदै गयो, तलदेखि विभिन्न रूपहरूमा ’पपुलिस्ट’ विद्रोहलाई आह्वान गर्दै बुद्धिजीवीहरूको विश्वासघातले नवउदारवादलाई उन्मूलन गर्न र सामाजिक (उदारबाट भिन्न) लोकतन्त्र पुनस्र्थापना गर्न इच्छुक र सक्षम प्रो–लोकतन्त्र गठबन्धनको गठनलाई अवरुद्ध गरेको छ । आवश्यकता यही ठहराव खोल्नुमा छ । भर्खरैमात्र ओली–देउवा गठबन्धनले वाचन गरेको नवउदारवादी बासी नीति कार्यक्रमले नेपालको अर्थराजनीतिक शासकीय टाट पल्टाईलाई सवैभन्दा नाङ्गो ढंगले उदाङ्गो पारेको छ । अब केही दिनमा आउने बजेटले चौतर्फी आक्रोश निम्त्याउने निश्चत छ । किन कि आम मानिसले यस्ता बेतुके अर्थहीन नीति कार्यक्रम बुझ्दैनन, तर बजेट बक्तव्यको नियत र नियती भने शासकले भन्दा बढी जनताले महसुस गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्