ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन चीनियाँ स्प्रिंग फेस्टिभल एउटा ‘विश्वव्यापी क्षण’बन्दैछ ? 


ग्लोबल टाइम्स सम्पादकीय

 

सर्पको वर्षको स्प्रिंग फेस्टिभलको समय आएपछि, कुनै पनि ठाउँमा रहेको वा दैनिक जीवनमा पनि, स्प्रिंग फेस्टिभलको घण्टीले चीनियाँहरूको मनमा गहिरो नोस्टाल्जिया र आकांक्षालाई जागृत गर्दछ। स्प्रिंग फेस्टिभल, जसले चीनियाँहरूको हृदयमा सबैभन्दा महत्त्वपूर्ण परम्परागत पर्वको रूपमा स्थान पाएको छ, यसलाई अर्थतन्त्र, संस्कृति, समाज र प्रविधिको प्रगतिले सशक्त बनाएको छ, जो चिनिया आधुनिकीकरणको चम्किलो प्रतीकको रूपमा खडा भएको छ। अघिल्लो समयमा, स्प्रिंग फेस्टिभलको यात्रा सकिंदा हरियो रंगका ढिलो ट्रेनहरूमा भिडिएको यात्रा थियो।

आज, देशको समग्र बहु–स्तरीय परिवहन नेटवर्क ६० लाख किलोमिटरसम्म फैलिएको छ, र स्प्रिंग फेस्टिभलको सयमा यात्रासंख्या रेलवे यात्रीहरु ५१ करोडभन्दा बढी हुने अनुमान लगाइएको छ। शंघाई–सूझोऊ–हुजू र जिनिङ–डाटोंग–युआनपिङ जस्ता नयाँ रेलवे लाइनहरू सञ्चालनमा आएका छन्। ३० हजारभन्दा बढी चार्जिङ स्टेशनहरू र लगभग ५० हजार चार्जिङ स्पेसहरू राजमार्गहरूमा उपलब्ध छन्, जसले नयाँ ऊर्जावाला वाहनहरुलाई सेवा प्रदान गर्दछन्।
१६ घरेलु सी-९१९ ठूला विमानहरूले स्प्रिंग फेस्टिभलका लागि ‘हट फ्लाइट’का रुपमा सामेल भएका छन्। शंघाई, तियानजिन, र गुआंगझौ जस्ता शहरहरूमा क्रूज यात्राको नयाँ झंकार देखिएको छ, जहाँबाट ‘समुन्द्र मार्फत स्प्रिंग फेस्टिभल यात्रा’१ लाख पर्यटकहरूले पार गर्ने अनुमान छ। स्प्रिंग फेस्टिभलको समयमा चीनियाँहरूको घर फर्क्ने यात्रा बढी सुविधाजनक र सुखद भएको छ, जसले चीनको परिवहन अवस्थालाई सुविधायुक्त सेवका रुपमा रूपान्तरणका परिणामहरूलाई प्रमाणित गर्दछ। चिनिया आधुनिकीकरणले स्प्रिंग फेस्टिभलको खुशीलाई बढाएको कुरा एकल आयाममा मात्र सिमित भएको छैन। स्मार्ट बत्तीहरू, वास्तविकता बढाउने प्रकाश प्रदर्शनहरू, र डिजिटल मन्दिर मेलाहरूले त्यस पर्वलाई प्रविधिको आधुनिकीकरणले भरपूर रूप दिएका छन्।
‘रोटेशन छुट्टी’ र ‘इन्टिेलिजेन्स लोजिस्टिक्स’जस्ता नवाचारहरूले गुणस्तरीय विकासका माध्यमबाट स्प्रिंग फेस्टिभलको सम्पूर्णता अनुभव गर्न मानिसहरूलाई सक्षम बनाउँछन्। स्प्रिंग फेस्टिभल गाला देखि चीनियाँ नयाँ वर्षका चलचित्रहरू, र खेलहरू, लाइभ स्ट्रिमहरू देखि माइक्रो–नाटकहरूसम्म, सांस्कृतिक जीवन जीवन्त र विविध छ। बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय हवाई अड्डाले वृद्ध र गर्भवती महिलाहरूसँगै विशेष हेरचाह ब्रेसलेटहरू प्रदान गर्दछ, जबकि शेनझेन उत्तरी स्टेशनले ‘सजिलो यात्रा’सेवा प्रारम्भ गरेको छ, जसले यात्रुहरूलाई भारी सामान लिएर जाने कठिनाईबाट मुक्त गर्दछ। जनताको जीवनलाई केन्द्रित गरेर, चिनिया आधुनिकीकरणले हाम्रो स्प्रिंग फेस्टिभल समारोहहरूमा न्यानोपन थपेको छ। इ सी (चीनियाँ चन्द्र क्यालेन्डर अनुसार) स्प्रिंग फेस्टिभलले पहिलो ‘विश्व अमूर्त सांस्कृतिक धरोहर संस्करण’स्प्रिंग फेस्टिभल हुनेछ। चीनियाँ नयाँ वर्ष ‘विश्वको नयाँ वर्ष’ पनि बनेको छ, यो केवल एउटा छाप मात्र होइन तर जीवन्त वास्तविकता हो।

आगामी विश्वव्यापी ‘स्प्रिंग फेस्टिभल सप्ताह’को समयमा, यदि हामी लन्डनको ट्राफलगर स्क्वायरमा घुम्ने, सान फ्रान्सिस्कोमा एउटा ठूलो परेड हेर्ने, फ्रङ्कफर्टको मन्दिर मेलामा कागज काट्ने कला र चिनिया चासनी चित्रकला सिक्ने, सिङ्गापुरको चाइनाटाउनमा नयाँ वर्षका सामान किन्ने, वा नागासाकीमा हिउँदे रात्रिलाई अवलोकन गर्ने हजारौं बत्तीहरू हेर्ने, र टोरोन्टोमा संगीत समारोहमा चीनियाँ लोकगीत ‘जास्मिन फूल'(मो ली हुआ) को स्वर सुन्ने, हामीले स्प्रिंग फेस्टिभलको विश्वव्यापी प्रभावलाई गहिरै अनुभव गर्ने र महसुस गर्ने छौं। हालसम्ममा, विश्वभरका लगभग २० देशहरूले पहिले नै स्प्रिंग फेस्टिभललाई सार्वजनिक छुट्टीको रूपमा मान्यता दिएका छन्, र परम्परागत क्रियाकलापहरूबाट यस पर्व मनाउने देश र क्षेत्रहरूको संख्या २०० सम्म पुगेको छ। स्प्रिंग फेस्टिभलले ‘साधारण मानिसहरूका घरहरूमा उडेर पुगेको’ छ, सभ्यताको आदान–प्रदानले गहिरो अर्थ बोकेको छ। स्प्रिंग फेस्टिभल प्रिय र सम्मानित छ।
चीनियाँहरूले सधैं यस पर्वका लागि सर्वाधिक आदरपूर्ण समारोह र सबैभन्दा राम्रा शुभकामनाहरू बचत गर्छन्। एउटा कप, एउटा कागज काट्ने कला, एउटा मिलन भोज – सबैले चीनियाँहरूको गहिरो स्नेह र खुशीले भरिएको जीवनका लागि आकांक्षालाई प्रतिबिम्बित गर्दछन्। जब फरक सांस्कृतिक पृष्ठभूमिबाट आएका मानिसहरू ड्रगन र लायन नाच, खिड़की कागज काट्ने कला, कप र पारम्परिक टांग र हान कपडाहरूमा आकर्षित हुन्छन्, तब उनीहरू वास्तवमा चीनियाँहरूको जीवनको उत्साहले आकर्षित हुन्छन्। जब मानिसहरू ‘ह्याप्पी चाइनिज न्यू इयरू भनेर आफ्नो शुभकामना दिन्छन्, भिन्न सांस्कृतिक पृष्ठभूमिबाट पनि, मानवताको साझा सम्मान विश्वव्यापी रूपमा प्रतिध्वनित हुन्छ। स्प्रिंग फेस्टिभलमा विशाल समावेशनशीलता छ।
उद्यपी उत्तर–दक्षिणमा चलन फरक फरक छन्, चीन र विश्वले एउटै स्प्रिंग फेस्टिभल मनाउँछन्, र यसले चीनियाँ सांस्कृतिक विचारधाराको ‘सद्भाव र एकता’ लाई प्रतिबिम्बित गर्दछ। यो विचारधारा हाम्रो फरक संस्कृति र सभ्यताहरूको प्रतिको दृष्टिकोणमा परिलक्षित हुन्छ, जसले सद्भाव, विविधतामा एकता, र सहयोगलाई प्राथमिकता दिने धारणा अभिव्यक्त गर्दछ।
स्प्रिंग फेस्टिभल विश्वले बढी आत्मीयतापूर्वक स्वीकार गरिरहेको छ, विरासत, नवाचार, र विश्वव्यापी समुदायसँगको पारस्परिक संलग्नताका माध्यमबाट आफैंलाई पुनर्जीवित गर्दै। हामी आशा गर्छौं, चीनको समग्र राष्ट्रिय शक्तिको बृदिका साथै र खुलापनको विस्तारका साथ, ‘अमूर्त सांस्कृतिक धरोहर क्रियाकलापहरूमा जाने र असल चीनियाँ नयाँ वर्ष मनाउने’भन्ने कुराले ‘चाइना ट्राभल’मेन्युमा लामो समयसम्म मन पराइनेछ ।
घर फर्क्ने लामो यात्राबाट ‘टाढाबाट यो क्षण साझा गर्ने’समयसम्म, स्प्रिंग फेस्टिभल बढी विश्वव्यापी क्षण बन्दैछ, जसले संस्कृति र विचारधारालाई प्रतिनिधित्व गर्दछ। नयाँ वर्षमा साथीहरू र परिवारको संगसँगतिबाट प्राप्त गरिएको न्यानोपन, नयाँ वर्ष स्वागत गर्ने आशा, र सामंजस्यपूर्ण विश्वका लागि आकांक्षालाई विश्वभरका बढी मानिसहरूसँग साझा गरिएको छ। स्प्रिंग फेस्टिभलमा निहित सांस्कृतिक आत्माले नयाँ वर्षमा विश्वलाई प्रेरित र एकत्रित गर्ने शक्तिबन्न पाउँछः यो हाम्रो साझा शुभकामना र आशा हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com