ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ह्विल चियरको जिन्दगी’ सार्वजनिक


admin
श्रावण ८, २०७४ आईतबार   १२ : ४६   बजे

काठमाडौँ, ८ साउन । साँगास्थित स्पाइनलइन्जुरी पुनःस्थापना केन्द्रमा कृष्णप्रसाद भण्डारीद्वारा लिखित ‘ह्विलचियरको जिन्दगी’ कृति विमोचन गरिएको छ ।
मेरुदण्ड पक्षाघात भएका करिब ६० बिरामीका बीचमा सोही समस्याबाट पीडित सिन्धुपाल्चोककी छ वर्षीया सलिना श्रेष्ठ र मुगुकी आठ वर्षीया वन्दना रावलले शनिबार उक्त कृतिको लोकार्पण गरे ।
सो अवसरमा समालोचक डा देवी नेपालले अरूलाई अपाङ्ग देख्ने मानसिक अपाङ्गहरूले यो समाज र सिङ्गो देशलाई धोका दिएका छन् भन्दै भण्डारीको लेखनले हरेक मान्छेलाई उत्साहपूर्ण जीवन जिउने कला सिकाएर आशावादी, सङ्घर्षशील एवं सकारात्मक समाज निर्माणमा ठूलो योगदान दिएको बताउनुभयो ।
दृष्टिविहीन सरिता लामिछानेले शारीरिक अपाङ्गता भएकाहरूभित्र अनन्त सम्भावना र चौतर्फी अनुभूति हुने हुँदा कसैले पनि निराश र हतार हुन नहुने विचार व्यक्त गर्नुभयो । नेपालीमा एमए र बीएडसम्मको शिक्षा हासिल गरी शिक्षण पेसामा संलग्न रहेकै समयमा तीनवर्ष अगाडिबाट मेरुदण्ड पक्षाघातको शिकार हुनुभएका स्रष्टा भण्डारीले उक्त घटनापछि आफ्नो जीवनले नयाँ मोड लिएको र सो मोडलाई सिर्जनात्मक कार्यमा रूपान्तरण गर्न र आफूजस्तै परिस्थितिवश अपाङ्गता स्वीकार्न बाध्य भएकाहरूको हतास मानसिकतामा उत्साह भर्न कृति तयार पारिएको जानकारी दिनुभयो ।
सो कृतिमा मेरुदण्ड पक्षाघात भएपछि पनि आफूभित्र अद्भुत क्षमता निर्माण गरी देश र विदेशमा समेत चर्चित बन्न पुगेका देवी आचार्य, ऋषिराम ढकाल, किशोरबहादुर शाही, छिरी शेर्पा, सोनिका ढकाल, प्रवीण श्रेष्ठ, तिलक पोखरेल, हिमाल अर्याल, रामबहादुर तामाङ, रमेशचन्द्र पाण्डे, लाली तामाङ, कृष्ण चौधरी, लक्ष्मी कुँवर, कृष्ण गौतम र शिव न्यौपानेका सङ्घर्षपूर्ण जीवनकथा समेटिएका छन् । कृतिको प्रकाशन गोदावरी बुक हाउसले गरेको हो ।

रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

पहिलो हाफमा कोलम्बियाको अग्रता

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group