ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकीकृत पार्टीले तत्काल दल दर्ता नगर्ने


admin

काठमाडौं, ८ फागुन । पार्टी एक भएको राजनीतिक घोषणा गरेका दुई दल एमाले र माओवादी केन्द्रले दल एकीकरणको लागि तत्काल निर्वाचन आयोगमा निवेदन नदिने भएका छन् ।

सोमबार सात बुँदे सहमतिमा हस्ताक्षर गरेर पार्टी एकताको घोषणा गरेपनि दुई दलले कानुनी मान्यता पाउन भने सरकारको पूर्णता, प्रतिनिधिसभाको सभामुख, उपसभामुख, राष्ट्रियसभाको अध्यक्ष, उपाध्यक्ष र दुवै सदनका समितिले पूर्णता पाएपछि मात्र निर्वाचन आयोगमा निवेदन दिने भएका हुन्।

राजनीतिक दल सम्बन्धी ऐनले दलहरुले एकीकरण भएको घोषणा गरेको ४५ दिनभित्र प्रमाणपत्रका लागि निर्वाचन आयोगमा निवेदन दिनुपर्छ। अहिले दुईवटा दलका रुपमा रहेका एमाले र माओवादी केन्द्रले दुई दलको हैसियतमा प्राप्त गर्ने सुविधान लिइसकेपछि मात्र कानुनी रुपमा एकीकरणका लागि प्रक्रिया सुरु गर्ने भएका हुन्।

एमाले नेता प्रदीप ज्ञवालीले फागुन २१ गते बोलाइएको संघीय संसदको अधिवेशनपछि मात्र कानुनी प्रक्रिया सुरु हुने जानकारी दिए । उनले देश सञ्चारसँग भने, ‘एकीकृत पार्टीको पहिलो बैठक आज वा भोलि ९मंगलबार वा बुधबार०सम्म बस्छ । तर, एकीकरणका लागि कानुनी प्रक्रिया भने संसद अधिवेशनपछि सुरु गर्छौ ।’ संविधानअनुसार प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दल र लिंगको हुनुपर्ने व्यवस्था छ ।

राष्ट्रियसभामा फरक दल नभए पनि अध्यक्ष र उपाध्यक्ष फरक लिंगको हुनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभामा फरक फरक दलबाट चयन गरेपछि राष्ट्रियसभामा पनि त्यही मान्यताअनुसरण गर्नुपर्ने बाध्यता दलहरुलाई छ । संसदको अधिवेशन अघि नै एमाले र माओवादी एकीकरणको कानुनी मान्यताका लागि प्रक्रिया अघि बढाएमा कांग्रेसलाई महत्वपूर्ण पद छाड्नुपर्ने ‘लोभ’ का कारण दुई दलको महत्वपूर्ण पद लिएपछि मात्र एकीकरणका लागि निवेदन दिने भएका हुन् । सभामुख उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष मात्र नभइ दुवै दनमा हुने समितिको नेतृत्व पनि दलगत आधारमा भागवण्डा गर्ने यसअघिको प्रचलन छ ।

संविधानको धारा ९१९१० मा संघीय संसदको अधिवेशन सुरु भएको १५ दिनभित्र राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, सभामुख र उपसभामुख चयन गरिसक्नुपर्छ । जसअनुसार फागुन २१ ग्ते पहिलो बैठक बस्ने भएकले चैत ६ गतेभित्र दुवै सदनले नेतृत्व पाइसक्नुपर्छ । तर, संसदीय समितिको सभापति चयनका लागि भने थप समय लाग्ने निश्चित छ ।

अर्कोतर्फ एमाले माओवादी एउटै पार्टी भएको कानुनी मान्यता पाउन चैत २२ गतेभित्र आयोगमा निवेदन दर्ता भइसक्नुपर्छ ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा १० ले पार्टी एकता गर्ने घोषणा भएको ४५ दिनभित्र आयोगमा निवेदन दर्ता हुनुपर्ने व्यवस्था गरेकाले चैत २२ सम्म एमाले माओवादीले केन्द्रीय समितिको निर्णयसहित एकताका लागि आवेदन दिनुपर्ने छ । एकीकरणका लागि आवेदन दिएको ४५ दिनभित्र आवश्यक छानबिन गरी आयोगले दल एकीकरण भएको प्रमाणपत्र दिनेछ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com