ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वी चितवनमा धार्मिक पर्यटकको ओइरो


एबीसी न्यूज

 

चितवन, ६ फागुन ।  युवा पुस्तामाझ लोकप्रिय प्रेम दिवस (भ्यालेन्टाइन डे) मनाउन यहाँ आएका युवा तन्नेरी फर्किन नपाउँदै पूर्वी चितवन धार्मिक पर्यटकले भरिभराउ भएको छ ।

तेस्रो पर्यटकीय गन्तव्य सौराहामा प्रेम दिवसमा आयोजना गरिएको खाना महोत्सव सकिएको पर्सिपल्ट सोही क्षेत्रको जिरौनामा कृष्ण प्रणामीहरुले आयोजना गरेको बृहत् धार्मिक कार्यक्रममा स्वदेशी तथा विदेशी पर्यटकको ओइरो लागेको हो ।

रत्ननगर नगरपालिका– ११ जिरौनामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर (धर्मधाम) को स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको श्रीमद्भागवत कथा अनुष्ठानमा सहभागी हुन् धार्मिक पर्यटक भित्रिएका हुन् ।

झण्डै रु पाँच करोड लगानी गरेर यस क्षेत्रमा उत्कृष्ट मन्दिर निर्माण गरिएकाले पनि स्वदेशी र विदेशी भक्तजन यहाँ आएका हुन् । स्वर्णमहोत्सव एवं नवनिर्मित मन्दिर समुद्घाटन मूल समारोह समितिका संयोजक तिलकराज शर्माका अनुसार आज यहाँ आयोजित बृहत् धार्मिक ¥यालीमा चार सय भन्दा बढी भारतीय प्रणामी सहभागी भएका छन् ।

त्यसैगरी, क्यानडा, अष्ट्रेलिया, बेलायत र अमेरिकामा बसोवास गर्ने प्रणामी पनि कार्यक्रममा सहभागी भएका छन् । प्रणामीको मूल धर्मस्थल भारतको गुजरातबाट धर्माचार्य १०८ श्रीकृष्णमणिजी महाराजसहित १० जना पीठाधीश यहाँ आइसक्नुभएको सह–संयोजक श्याम बरालले जानकारी दिनुभयो ।

सहभागी भक्तजनमध्ये केहीलाई स्थानीय घरमा बसोवासको व्यवस्था गरिएको छ भने केही नजिकै रहेको सौराहामा बस्दै छन् । टाँडी र सौराहाका १६ वटा होटलमा सुलभ शुल्कमा बसोवासको व्यवस्था मिलाइएको बरालले बताउनुभयो ।

धार्मिक कार्य भए पनि यस क्षेत्रको पर्यटकीय प्रवद्र्धनका लागि सहभागी हुने भक्तजनलाई सौराहा, चितवन राष्ट्रिय निकुञ्ज हुँदै मनिखोला, बुलबुले ताल, गैँंडा ताल, शान्तिकुञ्ज पार्क, सिराइचुली, उपरदाङगढी लगायतका क्षेत्रमा भ्रमण गर्न चाहने तीर्थालुलाई सोही अनुसारको व्यवस्थापन गरिने आयोजकले जनाएको छ ।

धार्मिक महोत्सवमा सहभागी हुन आजसम्म १५ जिल्लाबाट प्रणामीहरु आइसकेका छन् । संयोजक शर्माका अनुसार भारतबाट मात्रै पाँच हजार प्रणामी आउने अनुमान छ । देशका विभिन्न जिल्लाबाट एक लाख हाराहारी तीर्थालु आउने अनुमान गरिएको छ ।

महायज्ञको पहिलो दिन आजको ¥यालीमा बकुलहर बजारबाट मन्दिरसम्म झण्डै ६ किलोमिटर भक्तजनको लाम रहेको युवा परिषद्का अध्यक्ष धर्मराज खनालले जानकारी दिनुभयो । ¥यालीमा सौराहा घुम्न आएका विदेशी पर्यटक पनि सहभागी भएका छन् । सो स्थलमा निर्माण गरिएको धर्मधाम मन्दिरको यही फागुन ८ गते उद्घाटन गरिँदैछ । महायज्ञ फागुन १२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत, नयाँ मौद्रिक नीति (पूर्णपाठ)

सरकारसँग सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुनील पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, १५ करोड ८८ लाख बिगो

रसुवामा बाढीले भत्काएको सडक निर्माणमा नेपाली सेना सक्रिय

भारत बाहेकका देशमा जानेले अबदेखि ३ हजार अमेरिकी डलर सटही गर्न पाउने

लघुवित्तको १५ प्रतिशत बढी लाभांश वितरणको विद्यमान व्यवस्था पुनरवलोकन गरिने

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको कार्यान्वयन स्थिति कस्तो छ ?

हुलाकी र मध्यपहाडी राजमार्गका होटल व्यवसायीलाई २ प्रतिशत प्रिमियममै कर्जा प्रवाह हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com