ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यार्थीलाई निःशुल्क साइकल वितरण, विद्यालय जान सहज


एबीसी न्यूज
फाल्गुन ६, २०७४ आईतबार   ९ : ०८   बजे

 उदयपुर, ६ फागुन ।  उदयपुर चौदण्डी नगरपालिका—२ बेल्टारका सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत् विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरिएको छ ।

बेल्टारबाट टाढा–टाढा घण्टौँ लगाएर विद्यालय तथा क्याम्पस अध्ययन गर्न जान बाध्य हुने ५० जना विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरेको चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्र राईले बताउनुभयो ।

वडानम्बर २ को आयोजनामा नगरपालिकाले अहिले ५० जना विद्यार्थीका लागि साइकल वितरण गरिसकेको र अब बाँकी दुईसय साइकल निःशुल्क वितरण गर्ने लक्ष्य रहेको सो वडाका वडाअध्यक्ष सन्तोष सुबेदीले बताउनुभएको छ ।

अहिले वडा नम्बर २ का दुई सयभन्दा बढी विद्यार्थी विद्यालय र क्याम्पस जान घण्टौँ पैदल हिड्नुपर्ने वाध्यता छ, त्यस्ता विद्यार्थीलाई लक्षित गरी तत्काल ५० जनालाई साइकल वितरण गरिएको र अब बाँकी दुई सय विद्यार्थीका लागि दुई महिनाभित्रमा साइकल वितरण गरिसकिने उहाँले बताउनुभयो ।


“देशका कर्णधार विद्यार्थी भएका कारण अहिले उनीहरुले विद्यालय जानका लागि कष्ट भोग्न नपरोस् भनेर नगरपालिकाको बजेटबाट नै व्यवस्थापन गरेर साइकल वितरण अभियान शुरु गरेका छौं,” प्रमुख राईले भन्नुभयो — “अहिले करिब रु चार लाखको साईकल वितरण गरिएको छ र निकट भविष्यमै रु बीस लाखको मूल्य बराबरको साइकल वितरण गर्ने लक्ष नगरपालिकाले नगरपालिकाको छ ।”

नगरपालिकाले साईकल वितरण गरेपछि अफूहरु एक घण्टा पैदल हिँडेर क्याम्पस जान बाध्य हुनुपर्ने समस्याबाट मुक्त भएको बेल्टार प्रगति टोलका कक्षा ११ मा अध्ययनरत् छात्रा सम्झना भुजेल बताउँछन् ।

भुजेल भन्छन्, “घरबाट बसाहा उच्चमाबि जान दैनिक हिँडेर एक घण्टा लाग्ने गथ्र्यौ, कहिले टेम्पुमा सय रुपैयाँ भाडा तिरेर जाने आउने गरेको र कहिले पैसा नहुँदा घण्टौँ लगाएर पैदल हिँडेर आउनजान बाध्यता थियो, तर नगरपालिकाले साइकल व्यवस्था गरेपछि अब २० मिनेटमा क्याम्यस पुग्ने र बीस÷पच्चीस मिनेटमा घर आउन सक्ने भएका छौँ ।”

अर्का कक्षा ९ मा अध्ययनरत् विद्यार्थी शिवराज राईले पनि नगरपालिकाले साइकल वितरण गरेपछि आफूहरुलाई विद्यालय जान सहज भएको बताउँछन् ।

राई भन्छन्, “नगरपालिकाले हामीलाई पढाउन र केही गर्नका लागि विद्यालय जान सहज होस् भनेर साइकल वितरण ग¥यो, हामी पनि पढेर पछि ठूलो मान्छे भएपछि यो नगरपालिका र नगरको सेवा गरेर यो गुन तिर्ने छौँ ।”

नगरपालिकाले टाढा विद्यालय जानुपर्ने विद्यार्थीका लागि साइकलको व्यवस्थापन गरेर उपकार गरेको र अब विद्यार्थीहरुको पढाईमा समेत सुधार हुनसक्ने तथा विद्यार्थीहरु हिँडेर थकाईको कारण पढ्न नसक्ने अवस्थाबाट मुक्त भएको अभिभावक सान्तराज कटुवाल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेकपा नेता भीम रावलको कडा आलोचना

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेकपा नेता भीम रावलको कडा आलोचना

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

प्रधानमन्त्रीको ‘आत्मघाती’ अभिव्यक्ति : नेपालले भारतको जग्गा मिच्यो भन्ने झुट संसद् रेकर्डबाट हटाउन माग

प्रधानमन्त्री बालेनको गम्भीर कूटनीतिक भुल : ‘नेपालले भारतको जग्गा मिचेको छैन’- पूर्वराजदूत आचार्य

आक्रोशित आशिका तामाङलाई रास्वपाकै सांसदले बाहिर पठाए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group