ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘काठमाडौँलाई केही महिनामै मास्कमाडौँ मुक्त गरिने’

एबीसी न्यूज

काठमाडौँ, ५ फागुन।  उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

वाग्मती सफाइ महाअभियानको २४९औँ हप्तामा आज पशुपति राममन्दिर अघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ३५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो ।

पशुपति क्षेत्रमा शिवरात्रिका अवसरमा धेरै भक्तजनको उपस्थिति रहेकाले धेरै फोहर जम्मा भएको थियो । पशुपति क्षेत्रबाट व्यवस्थापन गरिएका फोहर दुई मेट्रिक टन काठमाडौँ महानगरपालिकाको गाडीमा व्यवस्थापन गरी अरू फोहर पशुपति क्षेत्र विकास कोषले नै व्यवस्थापन गर्ने भएको छ ।

सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, कोषका सदस्य सचिव डा प्रदीप ढकाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाको संस्थागत सहभागिता थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २१०औँ हप्तामा गोठाटार पुलमुनिको क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइसँगै नदी किनारको बगैँचा पनि सफाइ गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो ।

रुद्रमती सफाइको २०५औँ हप्तामा गौशाला–रातोपुल–ज्ञानेश्वर–कमलपोखरीसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो ।

‘सफाइमा आफ्नो घर वरपर सफा राखौँ, फोहर नफालौँ’ भन्ने जागरण फैलाइएको थियो । अभियानमा काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीले आफ्नो घरअघि फोहर फालेमा जरिवाना गरिने जानकारी गराउनुभयो । अर्को हप्तादेखि सडकमा फोहर फाल्ने स्थानीयवासीलाई वडाका कर्मचारीले जरिवाना रसिद काट्नेछन् । यसरी जम्मा भएको कोष सफाइमै लगाइनेछ ।

बिजुलीबजारबाट गोपीकृष्णपुलसम्मको नदी किनार दायाँबायाँ सडक निर्माण गर्दा किनारमा जम्मा भएको फोर रुद्रमतीमै फाल्दा यो क्षेत्र प्रदूषित बनेको समाजका उपाध्यक्ष गिरीले बताउनुभयो । काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडक निर्माणको जिम्मेवारी दिएको निर्माण व्यवसायीले फोहर नदीमा फालेको उहाँले जानकारी दिनुभयो ।

रुद्रमतीको गोपीकृष्ण पुलबाट बिजुलीबजारसम्मको ६ किमी क्षेत्र बढी फोहर भएकाले महानगरपालिकाको सहयोगमा १५ दिनसम्म पाँचजना सफाइकर्मी परिचालन गरी अर्को हप्तादेखि फोहर उठाइने भएको छ । यसका लागि महानगरपालिकाको वातावरण विभागले सहयोग गर्ने वचन दिएको समाजले जनाएको छ ।

विष्णुमती सफाइको १७६औँ हप्तामा आज तारकेश्वर र टोखा नगरपालिकाको सीमास्थित ठूलो पुल क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइका क्रममा घरमा पालिएका कुकुर मरेपछि बोरामा हालेर नदी किनारमा फालेर दुर्गन्ध फैलिएको अवस्थामा भेटिएको अभियन्ता रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नदी किनारको आधा किमीको दूरीमा चारवटा कुकुर बोरामा हालेर फाल्दा हिँड्न नसक्ने गरी दुर्गन्ध फैलिएको उहाँले बताउनुभयो । नदी किनारको सडकमा मानिस नाक थुनेर हिँड्दा पनि तारकेश्वर र टोखा नगरपालिकाले फोहर फाल्ने एवम् मरेका जनावर फाल्नेलाई कारबाही नगरेको सफाइ अभियानले जनाएको छ ।

चक्रपथ सफाइको ४५औँ हप्तामा धूम्बाराहीचोकबाट चप्पल कारखानासम्मको सडक क्षेत्रमा सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । आजको सफाइमा जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितसहित ५०० जनाभन्दा बढी अभियन्ताको सक्रियता थियो । सडकको दायाँबायाँ भागमा निर्माण गरिएका दुईवटा चिया बेच्ने टहरा सफाइका क्रममा भत्काइएको अभियन्ता तिलक बस्नेतले बताउनुभयो ।

कार्यक्रममा मन्त्री पण्डितले उपत्यकालाई केही महिनामै मास्क नलगाई हिँड्न सकिने बनाउने प्रतिबद्धता व्यक्त गर्दै उपत्यकालाई प्रदूषणरहित बनाउन यहाँ बस्ने सबैको सक्रिय सहयोग र समन्वय आवश्यक पर्ने छ भन्नुभयो । हाल राजधानी काठमाडौँमा मास्क नलगाई हिँड्ने मानिस भेट्न मुस्किल छ । यसले गर्दा राजधानी मास्कमाडौँ बनेको अभियन्ताको गुनासो छ ।

सफाइमा तीनवटै सुरक्षा निकाय, गायत्री परिवार, ग्रिनसिटी अस्पताललगायत संस्थाको सहभागिता रहेको कार्यक्रम संयोजक लोकबहादुर टण्डनले बताउनुभयो । चक्रपथको वाफल खण्ड सफाइको २७औँ हप्तामा बालाजुचोकबाट स्वयम्भू साना भ¥याङसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सडकमा फालिएका रिचार्ज कार्ड, पान पराग, सुर्ती एवम् खैनीका खोल पनि व्यवस्थापन गरिएको सफाइ संयोजक ताराबहादुर कुँवरले सुनाउनुभयो ।

वाग्मतीको तिलगंगा क्षेत्र सफाइको १५४औँ हप्तामा जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरिएको अभियन्ता आशा पाण्डेले बताउनुभयो । मीनभवन क्षेत्रको आलोकनगरमा पनि ४५औँ हप्ताको सफाइ अभियानका क्रममा जनचेतनामूलक कार्यक्रमसहित एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता प्रमिला पौडेलले जानकारी दिनुभयो ।

2018-02-17 15:31

– पूर्णप्रसाद मिश्र

काठमाडौँ, ५ फागुन (रासस) ः उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com