बैतडी, ५ फागुन। पुरचौँडी नगरपालिका– ५ कुवाकोटमा शुक्रबार ना४क ५७६५ नं को स्काभेटर दुर्घटना हुँदा चालक कञ्चनपुर भीमदत्तनगरपालिका– ९ का ३८ वर्षीय रामबहादुर रावलको मृत्यु भएको छ ।
अपराह्न सडक निर्माण गर्ने क्रममा सडकबाट १२० मि तल खसेको थियो । गम्भीर घाइते चालकलाई उपचारका लागि लैजाने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्