
काठमाडौं, ५ फागुन ।काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनमा शनिबार विहान साढे ३ बजेतिर स्थानीय अमृतनारायण महर्जन र अमृतलाल रञ्जितको घरमा आगलागी हुदाँ १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीय जीवनकाजी श्रेष्ठ भएको प्रहरीले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीले काठमाडौं, ललितपुर र भक्तपुरबाट आएका दमकलको सहयोगमा आगो निययन्त्रणमा आए पनि घरभित्र फसेका ६५ वर्षीय जीवनकाजी श्रेष्ठको आगोमा जलेर मृत्यु भएको हो ।बाक्लो बस्ती र साँघुरा गल्लीका कारण आगो नियन्त्रणमा समस्या भएको थियो । आगलागीबाट दुबै घर जलेर पूर्णरुपमा नस्ट भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्