काठमाडौं , ४ फागुन । प्रदेश ६ को उपसभामुखमा सांसद पुष्पा घर्ती मगर निर्बिरोध चयन हुनुभएको छ । वाम गठबन्धनको भागबण्डामा माओवादीको भागमा परेको उपसभामुखमा माओवादीबाट उहाले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
उपसभामुखका लागि अरु कसैको पनि उमेदवारी नपरेकोले पुष्पा निर्बिरोध हुनुभएको हो । उपसभामुखका लागि माओवादीबाट आकांक्षा देखाएकी कृष्णा शाहले पनि समर्थन गरेपछि पुष्पा सर्बसम्मत बन्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्