काठमाडौ १६ माघ । बाग्लुङको बाग्लुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाले फोहर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सम्झौता गरेका छन् ।
बाग्लुङ नगरपालिकामा भएको एक कार्यक्रममा दुवै नगरपालिकाका मेयर र कोरियाको एएलके ईसीओु कम्पनीसँग प्रारम्भिक सम्झौता भएको हो ।
कोरियाको वातावरण विभागअन्तर्गतको ुएएलके ईसीओु कम्पनीका प्रमुख खो यु सेप र प्रमुख कार्यकारी अधिकृत जङ डेटोङ तथा बाग्लुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठ र कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले सम्झौतामा हस्ताक्षर गरे।
नकुहिने फोहरको दिगो व्यवस्थापनका लागि कोरियाली प्रविधि भित्र्याउने नगरपालिकाको लक्ष्य छ । कोरियाली कम्पनीले ुजिरो वेस्ट म्यानेजमेन्टु का लागि प्रविधि उपलब्ध गराउने छ । साथै प्राविधिक सीपका लागि पनि तालिम दिने छ ।
कम्पनीले फोहर व्यवस्थापन गर्ने उपकरण नगरपालिकालाई बिक्री गर्ने, कम्पनीले तीन वर्ष निःशुल्क मर्मत गरिदिने तथा आवश्यक तालिम लिन चाहने प्राविधिकलाई कोरियामै लगेर व्यावहारिक ज्ञान दिनेछ । केही समय कोरियाका प्राविधिकले यहीँ आएर उपकरण चलाउने तालिमसमेत दिनेछन् ।बाग्लुङ नगरपालिकाले कालीगण्डकी र काठेखोला छेउको खुर्तुकेमा फोहर फाल्दै आएको छ । कुश्मा नगरपालिकाले पनि बाग्लुङ पोखरा सडकको छमर्के नजिकै फोहर फाल्दा दुर्गन्ध फैलिएको छ ।
प्रतिक्रिया दिनुहोस्