ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेल स्टेसनमा रोएपछि शेख हसिनालाई लाग्यो, ‘गोहीको आँसु खसाएको’ आरोप


एबीसी न्यूज

काठमाडौं ११ साउन । सरकारविरोधी प्रदर्शनका क्रममा तोडफोड भएको रेल स्टेसनमा रोएपछि बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले ‘गोहीको आँसु’ झारेको भन्दै उनको आलोचना भएको छ।

देशव्यापारी सरकारविरोधी प्रदर्शनका क्रममा हालै कम्तीमा डेढ सयजनाको ज्यान गएको थियो। विद्यार्थी प्रदर्शनमाथि सुरक्षाफौजले अनावश्यक बलप्रयोग गरेको आरोप छ।

सरकारी जागिरमा आरक्षण प्रणाली खारेज गर्न माग गर्दै सो आन्दोलन भएको थियो।

 

तर, आन्दोलनमा मारिएका र तिनका परिवारप्रति उत्तिकै सहानुभूति नदेखाएको भन्दै हसिनाको आलोचना भएको हो।

सो तस्बिर बिहीबार मिरपुर मेट्रो स्टेसनमा लिइएको थियो। जहाँको टिकट मेसिन र कन्ट्रोल स्टेसन आन्दोलनमा भत्किएको छ। त्यहाँ उभिएर हसिनाले भक्कानिँदै आँखा पुछ्दै गरेको देख्न सकिन्छ।

‘मान्छेको जीवन सहज बनाउने सुविधा भत्काउने कस्तो मानसिकता होरु ढाका सहर ट्राफिक जामले अस्तव्यस्त थियो। मेट्रो रेलले राहत दिएको थियो। आधुनिक प्रविधिले बनेको यो स्थानको विमान म स्वीकार्न सक्दिनँ,’ स्थानीय सञ्चारमाध्यले हसिनाको भनाइ उधृत गरेका छन्।

त्यसपछि सामाजिक सञ्जालमा उनको आलोचना सुरु भएको हो।

‘हामीले सयौँ विद्यार्थी गुमायौँ। तर, प्रधानमन्त्री शेख हसिनालाई मेट्रो रेलका लागि रुने फुर्सद छ, सदाका लागि बिदा भएका मान्छेका लागि छैन,’ एक एक्स प्रयोगकर्ताले लेखेका छन्।

‘रेलका लागि गोहीका आँसु चुहाउने, मान्छेका लागि खोइरु’ अर्काले भनेका छन्।

कतिपयले यसलाई प्रदर्शनमा भएका मृत्युबाट ध्यान भंग गर्ने कोसिस भनेका छन्।

बंगलादेशमा स्वतन्त्रता सेनानीका दरसन्तानका लागि ३० प्रतिशतसहित ५६ प्रतिशत आरक्षणको व्यवस्था थियो। आन्दोलनका माझ गत आइतबार सर्वोच्च अदालतले आरक्षणलाई ७ प्रतिशतमा झारिदिएको छ।

अब स्वतन्त्रता सेनानीका दरसन्तानले ५ प्रतिशत आरक्षण पाउँदा अल्पसंख्यकले १ र अपांगता भएकाले १ प्रतिशत आरक्षण पाउनेछन्। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com