ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्यालेस्टिनीहरूप्रति इजरायलको नीतिको विरोधमा प्रदर्शनका बीच राष्ट्रपति हर्जोगको अष्ट्रेलिया भ्रमण


एबीसी न्यूज
माघ २८, २०८२ बुधबार   १० : ०३   बजे

काठमाडौं २८ माघ, इजरायली राष्ट्रपति आइज्याक हर्जोग सिड्नी पुग्नुभएको छ । उहाँको यो चार दिने अष्ट्रेलिया भ्रमण गत डिसेम्बरमा बोन्डी बीचमा भएको आतंकवादी हमलापछि यहुदी समुदायप्रति समर्थन जनाउने उद्देश्यले गरिएको हो । यद्यपि प्यालेस्टिनीहरूप्रति इजरायलको नीतिका कारण यो भ्रमण विवादित समेत बनेको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) काअनुसार हर्जोगले एक विज्ञप्ति जारी गर्दै हमलापछिको परिस्थितिमा समुदायप्रति ऐक्यवद्धता प्रकट गर्न र शक्ति प्रदान गर्न अष्ट्रेलियाभरका यहुदी समुदायहरूको भ्रमण गर्ने बताउनुभएको छ । अष्ट्रेलियाका गभर्नर जनरल र प्रधानमन्त्रीको निमन्त्रणामा आउनुभएका हर्जोगले अष्ट्रेलियाली यहुदी समुदायका नेताहरूसँग प्रमुख सामुदायिक कार्यक्रमहरूमा भाग लिने र वरिष्ठ राजनीतिज्ञहरूसँग भेटघाट गर्ने अपेक्षा गरिएको छ । साथै प्यालेस्टिनीहरूप्रति इजरायलको नीति र कदमलाई लिएर केही अष्ट्रेलियाली समूह र सर्वसाधारणबाट हर्जोगको भ्रमणको विरोध भइरहेको छ । १ हजार भन्दा बढी अष्ट्रेलियाली यहुदीहरूले हर्जोगलाई यहाँ स्वागत छैन भन्दै एउटा खुला पत्रमा हस्ताक्षर गरेका छन् । हर्जोगले भ्रमण गर्ने तय भएका सिड्नी, क्यानबेरा र मेलबर्न लगायतका धेरै अष्ट्रेलियाली सहरहरूमा विरोध प्रदर्शनको योजना बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’

ट्रम्पले ‘तस्बिर खिच्न बिन्ती गरिन्’ भन्ने अभिव्यक्तिप्रति प्रधानमन्त्री मेलोनीको कडा प्रतिवाद

इजरायल–हिजबुल्लाहबीच पुनः युद्धविराम: दक्षिण लेबनानमा हिंसा चर्किएपछि अमेरिका–इरान वार्ता रद्द

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group