ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेरिस ओलम्पिक उद्घघाटनकै दिन राजधानीको मुख्य रेल स्टेशनमा आक्रमण, युरोप नै आतंकित !


ABC News

 

काठमाडौं ११ साउन । पेरिस ओलम्पिक उद्घाटन समारोह हुनुभन्दा केही घन्टाअघि फ्रान्सका सबैभन्दा व्यस्त रेल लाइनहरूमा आक्रमण भएको छ । आक्रमणबाट राजधानीभर अराजकता मच्चाउने ‘दुर्भावनापूर्ण कार्यहरू’ भएको भन्दै इमान्युअल म्याक्रों सरकारले प्रतिक्रिया जनाएको छ । फ्रान्सको उच्च गतिको रेलवे नेटवर्कमा भएको तोडफोडको औपचारिक अनुसन्धान शुरु भएको बताइएको छ ।

राज्यको स्वामित्वमा रहेको रेलवे अपरेटर, एसएनसीएफले रेल लाइनहरुमा आगो लगाउनेहरूले पेरिसलाई देशको पश्चिम, उत्तर र पूर्वसँग जोड्ने उच्च गतिको टिजिभी लाइनहरूलाई अवरुद्ध पारेका छन् । यो आक्रमणले गर्दा सप्ताहन्तमा देशभरि यातायात गम्भीर रूपमा अवरुद्ध हुनेछ।

धेरै रेल सेवाहरू रद्द गर्नुका साथै कम्तिमा सबै सप्ताहन्तको समय मर्मत गर्दा लाग्ने बताइएको छ ।

A traveler waits inside the Gare du Nord train station at the 2024 Summer Olympics, Friday, July 26, 2024, in Paris, France.
source : AP

आक्रमणको अहिलेसम्म कसैले जिम्मेवारीको दावी नगरेको ले मोन्डे दैनिकको अनलाइनले उल्लेख गरेको छ । कतिपय फ्रान्सेली मिडियाले अज्ञात गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै चरम वामपन्थी वा अराजकतावादी समूहहरू, जसले विगतमा पनि रेल नेटवर्कमा आक्रमण गरेका थिए उनीहरुको नै आक्रमणमा हात हुनसक्ने दावी गरेका छन् ।
फ्रान्सका यातायात मन्त्रीले ‘समन्वित दुर्भावनापूर्ण कार्यहरू’को निन्दा गरेका छन्

लगभग ८ लाख सेवाग्राहीहरु सप्ताहन्तमा अपेक्षित अवरोधबाट प्रभावित हुनेछन्, रेल अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com