काठमाडौ २५ पौष । राष्ट्रिय सभा सदस्य चुनावका लागि आज र भोलि दाबीविरोध र उजुरीमा छानबिन हुँदैछ । अस्ति मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध हिजो परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन हुने निर्वाचन आयोगले जनाएको छ । अस्ति ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका थिए । तीमध्ये दुई जना उम्मेदवारविरुद्ध उजुरी परेको छ ।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा माओवादी केन्द्रका दलित समूहका उम्मेदवार विष्णुबहादुर विकविरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।भट्टविरुद्ध अपाङ्गतासम्बन्धी प्रमाण नपुगेको तथा विकविरुद्ध प्रतिनिधि सभा सदस्यको बन्दसूचीमा नाम भएको उजुरी परेको छ । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आउँदो माघ ११ गते मतदान हुनेछ । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश सभाका सदस्य र पालिकाका प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्ष मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्