ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहाडमा अझै प्रयोग हुन्छ ढिके नून


admin
माघ २९, २०७४ सोमबार  ४ : ०६ बजे

चितवन, २९ माघ । आयोडिनयुक्त नूनको प्रयोगमा जोड दिए पनि चितवनको पहाडी क्षेत्रमा भने अझै ढिके नूनको प्रयोग रोकिएको छैन ।

पहाडी इलाकामा बस्ने चेपाङ समुदायमा उचित चेतना नपुग्दा ढिके नून कै प्रयोग भइरहेको हो । स्थानीय दलबहादुर चेपाङ गाउँमा ढिके नूनको माग अझै जारी रहेको बताउनुहुन्छ ।

चालू फेब्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा मनाउने कार्यक्रमअन्तर्गत चितवनमा पनि आयोडिनयुक्त नूनको प्रयोगमा जोड दिँदै चेतनामूलक कार्यक्रमका साथ आयोडिन महिना मनाउने क्रम जारी छ ।

पहाडी क्षेत्रमा अझै आयोडिनयुक्त नूनको प्रयोग कम हुने गरेकाले त्यसलाई केन्द्रित गर्दै साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड चितवनले यसपालि गाउँ केन्द्रित र सर्वसाधारणमा केन्द्रित कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिनुभयो ।

उहाँले गाउँमा ढिके नूनको प्रयोग अझै रहेकाले यसमा आयोडिन उडेर जाने भन्दै आयोडिनयुक्त पोका नून प्रयोग गर्न गाउँगाउँमा सचेतना कार्यक्रम चलाइएको बताउनुभयो ।

चितवनको रत्ननगर, कविलास, शिवनगर, नवलपुरका स्कुलमा पुगेर विद्यार्थीलाई आयोडिनको महत्वबारे समेत जानकारी गराएको दाहाल बताउनुहुन्छ ।

आयोडिनको कमीले गलगाँड आउने, गर्भ तुहिने, मृत बच्चा जन्मने, जन्मिएका पनि अपांग हुनसक्ने, लुलो र सुस्त बच्चा जन्मन सक्ने, मानसिक तथा बौद्धिक क्षमतामा कमी तथा आलस्यपनलगायत समस्या देखिने हुन्छ ।

एक स्वस्थ मानिसलाई दैनिक कम्तीमा १२५ माइक्रोग्राम आयोडिन आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दिल्ली ट्रान्जिटमा परराष्ट्रमन्त्री खनाल, नियोग उपप्रमुख डा.थापाले गरे विमानस्थलमा स्वागत

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दिल्ली ट्रान्जिटमा परराष्ट्रमन्त्री खनाल, नियोग उपप्रमुख डा.थापाले गरे विमानस्थलमा स्वागत

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन वैशाख २१ गतेदेखि

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

कांग्रेस मिलाउन गगनको खुट्टा पनि ढोक्छु ः नेता, थकाली

प्रधानमन्त्री बालेनले स्वास्थ्यमन्त्री निशा मेहतालाई गराए सचेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com