काठमाडौं, २६ चैत्र । शैक्षिक सत्र २०८३ को विद्यार्थी भर्ना अभियान वैशाख १५ गतेदेखि शुरू हुने भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज सूचना निकालेर विद्यार्थी भर्ना वैशाख १५ गतेदेखि र पठनपाठन वैशाख २१ गतेदेखि शुरू हुने जनाएको हो ।यसअघि सरकारले वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरे पनि भर्ना अभियान कहिलेदेखि हुने भन्ने स्पष्ट भएको थिएन ।यसअघि वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरू हुने गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्