अछाम , २९ माघ । श्रीमतीको हत्या गरेको आशंकामा कमलबजार नगरपालिका –२, का ३५ वर्षीय केशव खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
३३ वर्षीया पवित्रा खडका आइतबार राति आफ्नै घरमा मृत अवस्थामा भेटिएपछि प्रहरीले हत्या भएको आशंकामा श्रीमान केशव खड्कालाई पक्राउ गरेको हो । मृतक पवित्राको टाउकोलगायत शरीरका विभिन्न भागमा गहिरो चोट देखिएकोले उनको मृत्यु नभई हत्या भएको हुन सक्ने आशंकामा श्रीमानलाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो। डिएसपी न्यौपानेका अनुसार शव नजिकै दाउरा पनि भेटिएकाले दाउरा प्रहार गरेर हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउनु भएको छ । मृतक खड्काका दुई छोरा र दुई छोरी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्