ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश २ मा सरकारले खटाएका कर्मचारी बाटैमा हराए, दरबन्दी कति, हाजिर कति (विवरण सहित )


एबीसी न्यूज

काठमार्डौ,२९ माघ । प्रदेश २ मा सरकारले खटाएका कर्मचारी कार्यक्षेत्रमा नपुग्दा काम प्रभावित बनेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव हरि फुँयालका अनुसार मुख्यमन्त्री कार्यालयसहित अन्य मन्त्रालय तथा सचिवालयमा २१४ जना कर्मचारी खटाइएका छन् ।
 

दरबन्दीअनुसारका कर्मचारी व्यवस्थापन गर्न सामान्य प्रशासन मन्त्रालयलाई ध्यानाकर्षण गराइरहेको उनले बताए ।

‘धेरैजसो कर्मचारीले पत्र बुझिसकेका छन्, अब केही दिनमै हाजिर हुुन्छन्,’ उनले भने । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले र अर्थ मामिला तथा योजना मन्त्रालयका सचिव आइतबार जनकपुर आइपुगेका छन् ।

भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि र कृषि तथा सहकारी मन्त्रालयमा एकजना पनि कर्मचारी हाजिर नभएको उनले बताए ।

मन्त्रालयका भवनहरूको मर्मत—सम्भार भइरहेकाले कार्यालय व्यवस्थापन हुन नसकेको उनको भनाइ छ ।

प्रदेश प्रमुखको सचिवालयका अधिकांश कर्मचारी हाजिर भइसकेको सचिव लावण्य ढकालले बताए । निजी सचिवालयका कार्यालयको मर्मत—सम्भार कार्य अन्तिमचरणमा रहेको र दरबन्दीअनुसारका अधिकांश कर्मचारी आइसकेको उनले बताए ।

कुन मन्त्रालयमा कति कर्मचारी ?
मन्त्रिपरिषद् कार्यालयका सचिव फुयाँलका अनुसार प्रदेश २ का सबै मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभा सचिवालयमा २८६ जना कर्मचारीको दरबन्दी छ । त्यसबाहेक कार्यालय सहयोगी ४० र ३२ चालक रहनेछन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवसहित २१, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा २३, अर्थ मामिला तथा योजना मन्त्रालयमा १८, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा २४, सामाजिक विकास मन्त्रालयमा ३०, उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालयमा २९ र भूमि, कृषि तथा सहकारी मन्त्रालयमा २९ जना कर्मचारीको दरबन्दी रहेको छ ।

प्रदेश प्रमुखको कार्यालयमा कार्यालय सहयोगी र चालकबाहेक १३ र प्रदेश सभा सचिवालयमा २७ जना कर्मचारीको दरबन्दी छ ।

६ फागुनभित्रै सभामुख र उपसभामुखको निर्वाचन 
प्रदेश सभाको बैठक २९ माघमा बस्दै छ । बैठकले सभामुख निर्वाचनको मिति तोक्ने भएको छ । २ फागुनमा सभामुखको निर्वाचन हुनेछ ।

सोही दिनको बैठकले उपसभामुख निर्वाचनका लागि ६ फागुनको मिति तोक्ने प्रदेश सभा सचिवालयका सचिव वंशीराज पौडेलले जानकारी दिए ।

दरबन्दी कति ? हाजिर कति ?
०   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, दरबन्दी २१, हाजिर ६
०   आन्तरिक मामिला तथा कानुन मन्त्रालय, दरबन्दी २३, हाजिर दुई (सचिव र उपसचिव)
०   अर्थ मामिला तथा योजना मन्त्रालय, दरबन्दी १८, हाजिर एक (सचिव)
०   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, दरबन्दी २९, हाजिर दुई (सचिव र सुब्बा)
०   भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, दरबन्दी २४, हाजिर ०
०   सामाजिक विकास मन्त्रालय, दरबन्दी ३०, हाजिर ०
०   भूमि र कृषि तथा सहकारी मन्त्रालय, दरबन्दी २९, हाजिर ०
०   प्रदेश सभा सचिवालय, दरबन्दी २७, हाजिर ०
०   प्रदेश प्रमुख सचिवालय, दरबन्दी १३ (कार्यालय सहयोगी र चालकबाहेक), हाजिर सबै

प्रशिक्षण दिन आएको टोलीको भरमा प्रदेश सभा 
प्रदेश सभालाई सहज रूपमा सञ्चालन गर्न ५१ कर्मचारी आवश्यक हुन्छ । तर, सरकारले तत्कालका लागि २७ कर्मचारीको दरबन्दी तोकेको छ । तर, ती कर्मचारी अहिलेसम्म हाजिर हुन सकेका छैनन् ।

प्रदेश सभाको पहिलो बैठक प्रदेश सभा सचिवालयका कर्मचारीलाई प्रशिक्षण दिन आएका संघीय संसद् सचिवालयका सहसचिव वंशीराज पौडेलको नेतृत्वमा आएका चारजना कर्मचारीले सम्हालेका थिए ।

प्रदेश सभा सचिवालयमा खटाएका कर्मचारी नै हाजिर नभएपछि बाध्यतावश उनीहरूले पहिलो बैठक गराएका थिए ।

मुख्यमन्त्री कार्यालयमा ६ कर्मचारी
प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव राजेश्वरमान सिंह, सचिव हरि फँुयाल, उपसचिव टीकामणि न्यौपानेसहित ६ जना मात्र कर्मचारी हाजिर भएका छन् ।

कम्प्युटर अपरेटर र दुईजना कार्यालय सहयोगी स्थानीयस्तरबाटै व्यवस्था गरेको सचिव फुँयालले जानकारी दिए । ‘२१ जना कर्मचारीको दरबन्दी रहे पनि अहिलेसम्म ६ जना मात्रै हाजिर भएका छन्, बाँकी कर्मचारी आइपुगेका छैनन्,’ उनले भने ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को
कार्यालयको भवन जनकपुर चुरोट कारखानाभित्र व्यवस्था गरिएको छ । तर, अहिलेसम्म ती भवनको मर्मतसम्भार हुन नसकेकाले तत्कालका लागि सहरी विकास तथा भवन डिभिजन कार्यालयको तालिम कक्षमा तत्काल मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सञ्चालन भइरहेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिव देवीराम भण्डारी र उपसचिव रोहित दाहाल मात्र हाजिर भएका छन् । सो मन्त्रालयमा २३ जना कर्मचारीको दरबन्दी छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा २९ जनाको दरबन्दी रहे पनि अहिलेसम्म एकजना सुब्बा मात्र हाजिर भएको सचिव फुयाँलले बताए ।नयाँ पत्रिकामा बाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

मध्यरातमा दुर्गा प्रसाईं पक्राउ

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com