काठमाडौँ, २९ माघ । सरकारले खटाएका कर्मचारी समयमै कममा नजादा प्रदेशका कामकारबाही प्रभावित भएको छन् ।
प्रदेश नं. ७ मा सरकारले १०५ जना कर्मचारी खटाएको भए पनि अहिलेसम्म ३४ जना मात्र उपस्थित हुँदा प्रदेशका कामकारबाही प्रभावित भएको छ।
सरकार सञ्चालनका लागि २ सय ८७ जना कर्मचारीको अन्तरिम दरबन्दी स्वीकृत गरेर १ सय ५ जनालाई कार्यक्षेत्रमा खटाइसकेको हो ।
प्रदेशको पहिलो बैठक सम्पन्न भएर सभामुख चयन प्रक्रिया शुरु भइसक्दा समेत कर्मचारीहरु अस्थायी राजधानी धनगढीमा पुगेका छैनन् ।
अन्तरिम दरबन्दीअनुसार कर्मचारी उपस्थित नभए पनि विभन्नि मन्त्रालयको निर्माण, स्तरोन्नति लगायतका कामले गति लिन नसकेको मुख्य मन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । भौतिक तथा पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा अहिलेसम्म एक जना पनि कर्मचारी पुगेका छैनन् । प्रदेश सरकारका ९ वटा अंगमध्ये प्रदेशसभा तथा प्रदेश संसद सचिवालय, प्रदेश प्रमुखको कार्यालयसहित ४ वटा मन्त्रालय सीमित कर्मचारीको भरमा छ ।
प्रतिक्रिया दिनुहोस्